एनसेलको सीम चलाउनु हुन्छ ? यस्ता छन् भ्वाईस र डेटा अफरहरु
काठमाडौं । एनसेल प्रयोगकर्ताहरुले विभिन्न डाटा प्याक तथा भ्वाईस प्याकको सुविधा उपयोग गर्दै आएका छन् । एनसेलले ग्राहक समक्ष प्याकसँग सम्बन्धित विभिन्न किसिमको एसएमएस समेत पठाउँने गर्छ । आज हामीले एनसेल मार्फत ग्राकहरुले लिने भ्वाईस प्याक तथा डाटा प्याकको बारेमा चर्चा गरेका छौँ । भ्वाईस प्याक एनसेलले ग्राहकहरुलाई अंग्रेजी नयाँ बर्ष २०२० को अवसरमा दैनिक, साप्ताहिक, मासिक तथा अन्य किसिमका भ्वाईस प्याक उपलब्ध गराउँदै आएको छ । ग्राकहरुले १७११८ डायल गरी एनलेलको सो प्याक खरिद गर्न सक्छन् । डेली प्याक दैनिक ११ रुपैयाँ ४९ पैसामा १२ मिनेसम्म कुरा गर्न मिल्ने प्याकको सुविधा ऐनसेलमा रहेको छ । सो प्याक दिएका ग्राहकहरुले १२ वटा नाईट एसएमएस पठाउन मिल्ने एनसेलको वेवसाईटमा उल्लेख छ । यस्तै, १५ रुपैयाँ ३२ पैसामा भने ग्राहकहरुले २२ मिनेट कुरा गर्न सक्ने छन् । यस प्याक खरिद गर्दा २२ वटा नाईट एसएमएस पठाउन सकिन्छ । डेली प्याकोलागि २४ घण्टाको समय तोकिएको छ । थ्री डे प्याक ग्राहकरुले ३ दिनकालागि प्याक दिन सक्ने आफ्नो वेव साईटमा उल्लेख गरेको छ । सो प्याक अनुसार ग्राहकहरुले ३१ रुपैयाँ ९२ पैसामा ५५ मिनेट कुरा गर्न सक्नेछन् । साथै, ५५ वटा नाईट एसएसएसको सुविधा यस प्याक अन्र्तगत पाउँन सकिन्छ । थ्री डे प्याक ३ दिनको अवधिसम्म तोकिएको प्याक हो । विक्ली प्याक विक्ली प्याक अन्र्तगत एक हप्ताका लागि लिइने प्याकहरु पर्छन् । सो प्याक अनुसार ग्राहकहरुले ६२ रुपैयाँ ५७ पैसामा ७५ मिनेट कुराकानी गर्न सक्छन् । यसको साथै यस प्याक खरिद गर्दा ७५ वटा नाईट एसएमएसको सुविधा उपलब्ध छ । विक्ली प्याकमा ७१ रुपैयाँ ५१ पैसामा ग्राहकहरुले १ सय २५ मिनेट कुराकानी गर्न सक्छन् । साथै, १ सय २५ वटा नाईट एसएमएसको सुविधा यस प्याकमा छ । विक्ली प्याकलाई ७ दिनको समय तोकिएको छ । मन्थ्ली प्याक या्े प्याकमा २ सय ४ रुपैयाँ ३ पैसामा ग्राहकहरुले ४ सय २५ मिनेट कुराकानी गर्न सक्ने छन् । उक्त प्याकमा ४ सय २५ वटा एसएमएस गर्न मिल्ने व्यवस्था छ । ३ सय ६ रुपैयाँ ४६ पैसामा ग्राहकहरुले ७ सय मिनेट कुराकानी गर्न सक्नेछन् । सो प्याकमा ७ सय २० वटा एसएमएस गर्न मिल्ने व्यवस्था छ । मन्थ्ली प्याकको लागि ३० दिनको समय तोकिएको छ । टाईम बेस्ड प्याक एनसेलले टाइम बेस्ड प्याक समेत ग्राहकहरु समक्ष उपलब्ध गराउँदै आएको छ । सो प्याक अन्र्तगत ग्राहकहरुले डे, अनलिमिटेड डे तथा नाईट प्याक खरिद गर्न सक्नेछन् । डे प्याक एनसेलको टाईम बेस्ड प्याक लिदा ग्राहकहरुले ८ रुपैयाँ ९४ पैसामा ३५ मिनेट कुरा गर्न सक्छन् । सो सुविधा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मलाई तोकिएको छ । डे अनलिमिटेड यस प्याक अन्र्तगत ग्राहकहरुले १५ रुपैयाँ ३२ पैसामा ७ सय २० मिनेट कुरा गर्न सक्छन् । सो सुविधा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मलाई तोकिएको छ । नाईट प्याक ८रुपैयाँ ९४ पैसामा ग्राहकले १ सय मिनेट कुरा गर्न सकिने सुविधा एनसेलमा छ । उक्त नाईट प्याकका लागि बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मको समय तोकिएको छ । नाईट एसएमएस एनसेलले भ्वाईस प्याक लिने ग्राहकहरुकोलागि नाईट एसएमएसको सुविधा समते तोकेकाा छ । नाईट एसएसएसकोलागि बेलुकाको १० बजेदेखि बिहानको ६ बजेसम्म गर्न सकिन्छ । ग्राहकहरुले एउटा एनसेलको नम्बरबाट अर्को एनसेलकै नम्बरमा मात्र सो सुविधा उपयोग गर्न मिल्ने व्यवस्था छ । बाँकी रहेको भ्वाईस प्याक कसरी हेर्ने ? ग्राहकहरुले आफ्नो बाँकी रहेको भ्वाईस प्याकको बारेमा जानकारी लिन एस टाइप गरी १७११८ एसएसएस गर्न सक्नेछन् । न्यू प्याक रेट्स एनसेलमा कुनै प्याक सुविधा नलिई ग्राहकले आफ्नो मेन व्यालेन्सबाट डाटा चलाउँदा २ रुपैयाँमा २ एमबी, ५ रुपैयाँमा ७ एमबी, १० रुपैयाँमा १७ एमबी तथा २० रुपैयाँमा ३७ एमबी डाटा सित्तैमा प्राप्त गर्न मिल्नेपनि रहेको छ । कल आयो पैसा पायो अन्र्तराष्ट्रिय कल आउँदा एनसेलका ग्राहकहरुले २० रुपैयाँ बोनस पाउँने व्यवस्था छ । प्रतिमिनेट २ रुपैयाँका दरले फोन लागेको १ मिनेट पछिदेखि अन्तिम ११ मिनेटसम्म गरेर ग्राहकले बोनस पाउँन सक्छन् । रिचार्जमा चमत्कार एनसेलको यस योजना अन्र्तगत ग्राहकहरुलाई केही तोकिएको कोड परेमा पहिलो १० लाख, दोस्रो १० तथा तेस्रो १० लाख रुपैयाँ लगायतका पुरस्कारको व्यवस्था गरिएको छ । अनलिमिटेड डे भ्वाइस एण्ड डाटा अफर अनलिमिटेड डे भ्वाइसको अफर ग्राहकहरुले १५ रुपैयाँ ३२ पैसामा प्राप्त गर्न सक्नेछन् । उक्त अफर ग्राहकहरुले बिहान ५ बजेदेखि बेलुकाको ५ बजेसम्म प्रयोग गर्न सक्ने छन् । सो योजनाको अवधि २४ घण्टासम्म कायम रहन्छ । यस्तै, वान आवर अन लिमिटेड डाटा प्याक २२ रुपैयाँ ६० पैसामा पाउँन सकिने व्यवस्था छ । पहिलो सिम पहिलो सिम योजना एनसेलले एसइइ परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरेर ल्याएको हो । यस योजना अन्र्तगत पहिलो पटक एनसेल सिम लिएका ग्राहकहरुले केही विषेश छुट पाउँन सक्छन् । पहिलो पटक एनसेलको सिम लिएका विद्यार्थी ग्राहकहरुले एक महिनासम्म कुनै निश्चित ५ नम्बरमा सित्तैमा कुरा गर्न सकिन्छ । त्यसपछि ९९ पैसामा निश्चित गरेको ५ वटा नम्बरमा प्रति मिनेछ ९९ पैसामा कुरा गर्न सक्छन् । यो योजना एक वर्षकोलागि लागू हुनेछ । यस्तै, ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्ज गर्दा ग्राहकहरुले सय एमबि डाटा, सय वटा एसएमएस प्राप्त गर्न सक्छन् । सो सुविधा २४ घण्टाकोलागि लागू हुन्छ । मेरो प्लान मेरो प्लान योजना विषेश गरेर युटुव चलाउन खोज्ने ग्राहकहरुलाई लक्षित छ । मेरो प्लान अन्र्तगत ९५ रुपैयाँ ७७ पैसामा २ जिबी तथा १ सय ९१ रुपैयाँ ५४ पैसामा ६ जिबी डाटा प्याक पाउँन सकिन्छ । यस्तै, मेरो प्लान मन्थ्ली मा २ सय ५४ रुपैयाँमा २ जिबी डाटा पाउँन सकिन्छ । सो मध्ये एकजिबी युटुवकालागि फ्री हुनेछ । ३ सय ८१ रुपैयाँमा ६ जिबी डाटा पाइन्छ सो मध्ये ३ जिबी युटुवकालागि सित्तैमा प्रयोग गर्न सकिन्छ । ६ सय ३७ रुपैयाँमा १२ जिबी डाटा पाउन सकिन्छ सो मध्ये ६ जिबी डाटा युटुवकालागि सित्तैमा चलाउँन सकिन्छ । १ हजार २० रुपैयाँमा ३० जिबी डाटा पाउँन सकिन्छ । सो मध्ये १५ जिबीबाट युटुवका सित्तैमा चलाउन सकिन्छ । १२ सय ७५ रुपैयाँमा ५० जिबी डाटा पाउन सकिन्छ, सो मध्येबाट २५ जिबीले सित्तैमा युटुव चलाउन मिल्छ । अनलिमिटेड गफ रातभरी यस योजनामा ८ घण्टासम्म कुरा गर्न सकिने व्यवस्था रहेको छ । ग्राहकहरुले उक्त अनलिमिटेड गफ रातभरी प्याक १२ रुपैयाँमा खरिद गर्न सक्ने छन् । बेलुका १० बजेदेखि बिहान ६ बजेसम्मलाई तोकिएको यस प्याकको अवधि भने २४ घण्टाकोलागि मान्य हुने व्यवस्था छ । विक्ली भ्वाइस प्याक विक्ली भ्वाइस प्याकमा १ सय २७ रुपैयाँ ७ सय मिनेटसम्म कुरा गर्न सकिन्छ । रिर्चाजमा ह्याप्पी आवर यस योजनामा सय वा सोभन्दा बढीको रिचार्ज गरेमा ह्याप्पी आवर मनाउँन पाइने छ । बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म कुनैपनि एनेसेल नम्बरमा कल गर्दा सो सुविधा पाउँन सकिन्छ । साथै, ह्याप्पी आवर भन्नाले प्रतिकल ग्राहकहरुले ९९ पैसासम्मको डिस्काउण्ट प्राप्त गर्न सक्छन् । दिनको समयमा फोनको प्रयोग गर्ने ग्राहकहरुको यस किसिमको योजनामा विषेश आकर्षण रहेको छ । होली अफर एनसेलले चाड पर्वलाई लक्षित गरेर समेत आफ्ना योजनाहरु ग्राहक समक्ष ल्याउँने गरेको छ । यस्तै, होलिको समयमा एनसेलले होली अफर संचालन गरेको थियो । उक्त योजना अनुसार सय रुपैयाँको रिचार्ज गर्दा सय एमबी डाटा ग्राहकले ३० दिनकालागि प्राप्त गरेका थिए । यस्तै, २ सयको रिचार्ज गर्दा सय एमबीको डाटा ३ महिनालाई दिइएको थियो । ५ सयको रिचार्ज गर्दा ग्राहकहरुलाई ३ सय एमबी डाटा तथा ५० मिनेटको बोनस टक टाइम ३० दिनकोलागि दिइएको थियो । साथै, हजारको रिचार्ज गर्दा ग्राहकलाई ५ सय एमबी तथा सय मिनेटको कल बोनस ३० दिनकालागि उपलब्ध गराईएको थियो । पावर सिम पावर सिम ९९ रुपैयाँमा ग्राहकहरुले खरिद गर्न सक्छन् । उक्त सिम खरिद गरेपछि २ सय ५० एमबी अल टाइम तथा २ सय ५० एमबी फोर जी डाटा पाउँन सकिन्छ । सोही पावर सिम खरिद गर्दा ग्राहकहरुले सय वटा एसएमएस तथा १० मिनेटसम्म एनसेलको नम्बरमा कुरा गर्ने अफर प्राप्त गर्छन् । यो अफर एक साताको लागि उपयोग गर्न सकिन्छ । पिआरबिटी टोन राख्न चाहने ग्राहकहरुले एक महिनासम्म सित्तैमो सो टोन समेत राख्न सक्ने एनसेलको वेवसाईटामा उल्लेख गरिएको छ । अल्वेज अन डाटा डाटाको फन अल्वेज अन भन्ने स्लोगान सहित एनसेलले यो योजना संचालन गरि रहेको छ । विषेशत डाटा चलाउन इच्छुक ग्राहकहरुले यस प्याको खरिद गर्दै आएका छन् । एनसेलले वान डे, थ्री डे, सेभेन डे, तथा थर्टी डे प्याकहरु यस योजनामा संचालन गरिरहेको छ । वान डे यस योजनामा ग्राहकहरुले २५ रुपैयाँ ५४ पैसामा १ हजार एमबी डाटा पाउँन सक्छन् । थ्री डे यस योजनामा ५१ रुपैयाँ ८ पैसामा ग्राहकहरुले २४ सय एमबी डाटा पाउँन सक्छन् । सेभेन डे सात दिनको प्याकमा ९७ रुपैयाँ ४ पैसामा २१ सय एमबी डाटा पाउँन सकिन्छ । थर्टी डे प्याक ४ सय ८९ रुपैयाँ ५ पैसामा १५ हजार एमबी डाटा पाउँन सकिन्छ । साथै, थर्टी डे प्याकमा नै ९ सय ७९ रुपैयाँ ३८ पैसामा भने ३६ हजार एमबी डाटा पाउन सकिन्छ । स्टे सेफ यस योजनामा कोरोनामाथिको जित स्टे होम स्टे सेफ भन्ने नाराको साथमा एनसलेले अघि सारेको हो । १० जिबी माईक्रोसफ्ट टिम डाटा यस योजनामा उपलब्ध छ । यस्तै, चार जिबी अल टाइम डाटा तथा २ जिबी युटुुव भिडियो चल्ने डाटा एनसेलले उक्त योजनामा संचालन गरि रहेकोे छ । १ सय ९१ रुपैयाँ ५४ पैसा पर्ने उक्त प्याक प्रयोग गर्न सकिन्छ । भ्वाइस तथा डाटामा ग्राहकहरुलाई केन्द्रित गरेर योजना बनाइ रहेको एनसेलले यो योजना समेत ल्याउँदै आएको छ ।
सरकार भन्छः भर्ना नलेऊ, निजी विद्यालय भन्छन्: पैसा असुल्न होइन, विद्यार्थी यकिन गर्न असारदेखि भर्ना लिँदैछौं
काठमाडौं । निजी विद्यालयले असार १ गतेदेखि विद्यार्थी भर्ना सुरु गर्ने भएका छन् । यसअघि जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भनिएपनि सरकारले लकडाउन बढाएका कारण स्थगित भएको विद्यार्थी अभियान अब असार १ गतेदेखि सुरु गर्ने बताइएको छ । एन प्याबसनका अध्यक्ष रितु राज सापकोटाले सरकारले लकडाउनको समयावधि बढाएसँगै आफुहरुले पनि विद्यार्थी भर्नाको निर्णय परिवर्तन गर्नु परेको बताए । आफुले असार १ गतेदेखि सुरु गर्ने भनिएको विद्यार्थी भर्ना अभियानमा शिक्षा मन्त्रलाय पनि सहमत भएको उनको भनाई छ । यसअघि निजी विद्यालयहरुले देशमा लकडाउन भएपनि सामाजिक दुरी कायम गरेर विद्यार्थी भर्ना लिने निर्णय गरेका थिए । तर, त्यसको चौतर्फि आलोचना भएपछि त्यो स्थगित गरिएको थियो । तर, अझै पनि दैनिक सयौंको संख्यामा कोरोना भाइरसका बिरामी देदा परिरहेका छन् । यसले पनि विद्यार्थी भर्ना प्रक्रियामा प्रत्यक्ष असर पर्ने दखिन्छ । करिब साढे छ हजारको संख्यामा रहेका निजि विद्यालयको यो निर्णयप्रति अझै धेरै असहमत भने देखिएका छन् । जेठ १५ गते निजि विद्यालयका छाता संगठन प्याबसान, एन प्याबसन, संस्थागत विद्यालय अभिभावक संघ, अभिभावक संघ नेपाल, नेपाल राष्ट्रिय अभिभावक संघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले संयुक्त रुपमो विज्ञप्ती सार्वजनिक गर्दै भर्ना प्रक्रिया सुरु गर्ने सहमति भएमति भएको सापकोटाले बताए । ‘हामीले संयुक्त रुपमा सबै विषय छलफल गरेर नै भर्ना गर्ने निर्णय गरेका हौं, भर्ना भन्ने बित्तिकै सबैले पैसा मात्र बुझ्नु हुँदैन, हामीले विद्यार्थीको संख्या पत्ता लगाउन पनि भर्ना सुरु गर्न खोजिएको हो,’ उनले भने । हामीले विद्यार्थी भर्ना गर्नुको मुख्य उदेश्य हाम्रा विद्यार्थीहरु कति छन् भन्ने पत्ता लगाउनु भएको बताउँदै उनले अहिले धेरै विद्यार्थीहरु गाउँमा रहेको र धेरैले गाउँमै पढ्ने मनसाय गरिसकेकोले विद्यार्थीहरुको एकिन तथ्याकं पत्ता लगाउन पनि भर्ना सुरु गर्न खोजिएको उनले बताए । विद्यार्थीको संख्या पत्ता लगाएर विद्यालयले पनि सो अुनुरुपको तयारी र योजना गर्न सजिलो हुने उनको भनाई छ । भर्ना अघि बढाएपनि विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउने योजना आफुहरुको नरहेको उनले प्रस्ट पारे । ‘हालको लागि अनलाइन कक्षालाई नै निरन्तर दिने हाम्रो योजना हो, हामीले विद्यार्थीहरुको भर्ना लिनुको मुख्य उदेश्य भनेको अहिलेको स्थिती सामान्य हुने बित्तिकै विद्यालयहरु खोलेर हामी संचालन गरिहाल्नुलाई हो, यसलाई अन्यथा लिनु हुँदैन,’ उनले भने । जेठ १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठनपाठन संचालनको काम अगाडि बढाउन निर्देश्न दिएसँगै आफुहरुले पनि त्यही अनुरुप विद्यार्थी भर्ना सुरु गर्न लागेको उनले बताए । सिमित शिक्षक कर्मचारीको उपस्थितीमा आगामी शैक्षिक सत्रको लागि योजना बनाउनुको साथै शिक्षक कर्मचारीहरुलाई तालिम गराउन आफुहरुले सरकारसँग माग राखेको सापकोटा बताउँछन् । सरकारले नयाँ शैक्षिक सत्रबारे कुनै पनि सुचना प्रकाशित नगरेको अवस्थामा आफुहरु अगाडि सरेर विज्ञप्ती निकालेको उनले बताए । भर्ना तत्काल लिन सकिँदैनः शिक्षा मन्त्रालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल भर्नाको कार्यक्रम सुरु गर्न नसकिने बताएको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले तत्कालै विद्यालयमा हुने कुनै पनि गतिविधि गर्न नसकिने बताए । ‘प्याब्सन, एन-प्याब्सनले भर्ना लिन्छाैं भनेर हुँदैन, विद्यार्थीको भर्ना अहिले लिन मिल्दैन,’ उनले भने । पार्टीकुलर विद्यालयले गर्न खोजे त्यसलाई सम्बन्धित स्थानीय तहले हेर्ने उनको भनाई छ । कोरोना रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले गरेको निर्णय बमोजिम विद्यालयको पठन पाठन तथा भर्ना सुरु हुने उनले बताए । ‘असार १ गतेदेखि वैकल्पिक सिकाई (भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट) गर्ने भनेर हामीले भनेका छौं, भर्नाको विषयका बारेमा केही भनेको छैनौं, भर्ना गर्न पनि दिँदैनौं,’ उनले भने । यसअघि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको जोखिम कायमै रहेकोले नयाँ शैक्षिकसत्रमा विद्यार्थीको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाइने बताएका थिए । विद्यालय तहमा हरेक वर्ष वैशाख पहिलो सातादेखि नयाँ शैक्षिकसत्र शुरु हुँदै आएकामा यस वर्ष कोरोनाको जोखिम र गत चैत ११ देखि जारी बन्दाबन्दीका कारण शिक्षालय बन्द भई पठनपाठन प्रभावित हुँदै आएको छ । कतिपय विद्यालयले अल्पकालीनरुपमा भर्चुअल शिक्षा शुरु गरे पनि सबै ठाउँमा सूचना प्रविधिको पहुँच र शिक्षकको तत्परता नहुँदा विद्यार्थी र अभिभावक अन्योलमा छन् । सरकारले भर्चुअल र अनलाइन शिक्षाका लागि आवश्यक शैक्षिक सामग्री निर्माण गर्ने घोषणा पनि गरेको छ । हाल माध्यमिक शिक्षा परीक्षा (एसइई) सहित सबै तहका परीक्षा अनिश्चितकाल स्थगन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना जोखिमपछि वैकल्पिक माध्यमबाट शिक्षण सिकाइका लागि अल्पकालीन र दीर्घकालीन उपायबारे उच्चस्तरीय कार्यदल गठन गरी कार्य गरिरहेको छ ।
मोबाइल र ल्यापटपको माग वृद्धि
हेटाैडा । “लौ है छिटो लिनु पसल बन्द हुने बेला भो, पैसा घट्दैन लिए लिनु नत्र छोड्दिनु”, यी भनाइ हेटौँडास्थित एक मोबाइल व्यवसायीको हो । हेटौँडा–४ का ती व्यवसायीले हेटौँडा–४ की सुनिता पौडेललाई भनिरहँदा पौडेलले पनि सोही रकम तिरेर मोबाइल लिँदै थिए । उनले लकडाउनको समयमा छोरालाई अनलाइन शिक्षाका लागि मोबाइल खरिद गरिएको जानकारी दिए । घरमा चलाउँदै आएको मोबाइलले राम्रो काम नगरेपछि छोराको पढाइ नबिगार्नको लागि नयाँ मोबाइल किनेको उनको भनाइ छ । कक्षा ९ मा अध्ययन गर्ने छोरालाई विद्यालयले अनलाइन कक्षा शुरु गरेपछि नेट जोडेसँगै नयाँ मोबाइको आवश्यकता परेको उनले बताउए । त्यसैगरी हेटौँडा–९ कि विष्णु राईले आफ्नो बच्चालाई जसोतसो निजी विद्यालय पठाएको भए पनि हाल ल्यापटन किन्न र नेट जोड्दिन नसककेकाले अरुसरह पढ्न नपाएको गुनासो गरिन् । उनकाे श्रीमानले गाडी चलाउने र उनले एक उद्योगमा मजदुरी गर्ने गरेको बताउँदै यस्ता खर्च आफूहरुले गर्न गाह्रो भएको सुनाइन् । केही अभिभावक ल्यापटप र मोबाइल किन्न ब्यस्त छन् भने केही अभिभावक आफ्नो आर्थिक अवस्थाका कारण किन्न नसक्दा बच्चाको पढाइ बिग्रँनेमा चिन्तित देखिन्छन् । मोबाइल व्यवसायीले आफूले बिहान मात्र मोबाइल र ल्यापटप बेच्न नभ्याएका कारण साँझको समयमा घरघरमा पुर्याइदिने गरेको बताए । उनले बिहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्ने व्यापार गर्न भ्याइनभ्याइ भएको जानकारी दिँदै बन्दाबन्दीमा मोबाइलसँगै ल्यापटपको माग बढेको जानकारी दिए । बन्दाबन्दीका कारण शैक्षिक संस्था पूर्णरुपमा बन्द रहेका छन् । लकडाउनका कारण विद्यालयका पठनपाठन हुन नसकेपछि केही विद्यालय र क्याम्पसले पठनपाठन अनलाइनबाट सञ्चालन गरिरहेका छन् । यसै क्रममा मकवानपुरका सामुदायिक र निजी विद्यालयले निश्चित समय तोकेर अनलाइनबाट सञ्चालन गरिरहेका छन् । मकवानपुर जिल्लाका साथै सदरमुकाम हेटौँडाका केही निजी तथा सामुदायिक विद्यालयले अनलाइनबाट सञ्चालन गर्न थालेपछि मोबाइल र ल्याप्टपको बिक्रीवितरण र व्यापार बढेको बताइएको छ । अनलाइनबाट सञ्चालनका लागि इन्टरनेट, मोबाइल, ल्यापटप र कम्प्युटरको आवश्यकपर्ने र जुम, वाट्सअप, फेसबुक म्यासेनजरलगायतका न्यु मिडियाको सहयोगमा अनलाइन कक्षा हुने भएकाले अभिभावक मोबाइल र ल्यापटप किन्न आउने गरेको मोबाइल तथा कम्प्युटर व्यवसायीको भनाइ छ । बिहान व्यापार गर्न नभ्याएकाले फोनमा माग गर्नेलाई घरमा नै पुर्याउने गरेको उनीहरुको भनाइ छ । केही विद्यालयले दैनिक अनलाइन कक्षा सञ्चालन गर्ने पाइएकाले अभिभावकले अनलाइन कक्षाका लागि फोन गरेर मोबाइलका बारेमा सोध्ने गर्छन्, विशेषगरी राम्रो क्यामरा भएको १० देखि २० हजार मूल्यका मोबाइलको बढी बिक्ने गरेको मोबाइल व्यवसायी सुजन घिमिरेको भनाइ छ । उनले दैनिक पाँचदेखि १० वटा मोबाइल बिकेको जानकारी दिए । मोबाइल तथा ल्यापटपको व्यवसाय फस्टाउँदा निम्न वर्गको विद्यार्थीलाई यसले असर पुर्याएको बताइएको छ । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका पूर्वप्राचार्य ऋषिराम पोखरेलले यस्तो अवस्थाले निम्नवर्गका विद्यार्थीलाई मर्कामा पार्ने बताए । अनलाइन कक्षा फाइदाजनक भए पनि सबैको पहुँचमा नहुनुले दुःखित तुल्याएको उनको भनाइ छ ।