अनलाइन व्यापार नियमन गर्ने नयाँ कानून बन्दै

काठमाडौं । पछिल्लो समय अनलाइन व्यापार फस्टाउँदै गएको छ । तर त्यो अनलाइन मार्फत हुने कारोबारलाई नियमा गर्ने कानून नै छैन् । तर सरकारले अब अनलाइन व्यापारलाई नियमन गर्न कानून निर्माणका लागि मस्यौदा निमार्ण गरेको छ । नेपालमा दर्ता भएर सञ्चालन भएका करिब १ सय ५० वटा अनलाइन व्यापार कम्पनी छन्। तर कति वटा कम्पनीले अनलाइन व्यापार गरेका छन् भनेर बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई नै थाहा छैन् । लकडाउन सुरु भए पछि अनलाइन व्यापार बढेको छ । अनलाइन व्यापार बढेसँगै उपभोक्ताले पनि ठगिएको भने उजुरु दिनेहरु संख्या वृद्धि हुदै गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । बिनादर्ता अनलाईनमार्फत वस्तुको मार्केटिङ गर्न थालेपछि यसलाई नियमन गर्न कानून बनाउन लागिएको हो । विभागले कानूनको मस्याैदा तयारी गरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल ‘ई बिजनेश ल’ को मस्याैदादा कानून निर्माणका लागि पठाएको सुवेदीले बताए । कनून निर्माण भएर आउने ३/४ महिना लागने छ । मन्त्रालय मार्फत उक्त मस्र्यौदा संसदमा पठाउने छ र त्यस पछि कानून बनेर आउने छ । हाल अनलाईन व्यापारीका लागि भनेर निश्चित कानून छैन । अनलाइन व्यापार गर्ने कम्पनी उद्योग विभाग र वाणिज्य विभागमा दर्ता हुदै आहिरहेका थिए । तर कानूनले यसलाई प्रष्ट बनाउने छ । कानून निर्माण भए पछि अनलाइन व्यापारीलाइ पनि सहज हुने छ । विना दर्ता अनलाइन व्यापार गर्न पाइने छैन् । अहिले प्रभावकारी कानून नभएको कारणले विना दर्ता अनलाइन व्यापार गर्ने ट्रेन्ड नै चलेको छ । अनलाईनबाट होम डेलिभरी गर्न सकिदो रहेछ भनेर सबै किसिमको अनलाईन व्यवासाय सुरु गर्ने भएको छ । तर कानून निर्माण भए पछि सबै नियमन हुने सुवेदीले बताए । कानून निर्माण भए पछि उपभोक्ता र उत्पादकसँग सम्वन्धित अनलाईनमार्फत हुने बजारका धेरै कुराहरु कानूनले निर्देशन गर्नेछ । सूचना प्रविधिको प्रयोगसँगै मानिसले बस्तु किन्ने प्रक्रिया नि परिवर्तन हुदै गएको छ । उपभोक्ताले आफुलाई आवश्यक पर्ने बस्तु अनलाईनमार्फत नै अर्डर गर्ने ट्रेन्ड बढेको छ । विस्तरै अनलाइन मार्फत व्यापार गर्ने कारोबारी बढिरहेका छन् । अहिले १५० वटा अनलाइन व्यापार कम्पनीहरुले सेवा दिइरहेका छन् । ती अनलाइनले दिएको वस्तुको गुणस्तर, मुल्य र दर्ता भए नभएको लगायतका प्रश्न उठ्दै आएका छन् । केही अनलाइनहरुले आफुखुसी मूल्य राखेर बस्तुको विक्री गर्ने गरेका छन् ।  अनलाइन विक्रेता कम्पनीहरुले बिक्री गरेको बस्तुमा मूल्यमा ठगेको र गुणस्तर कम भएको भनेर उजुरी पर्ने गरेको छ ।

आईएमएस ग्रुपले स्मार्टडोकोमा गर्याे लगानी

काठमाडाैं । आईएमएस ग्रुपले नेपाली इ-कमर्स प्लेटफर्म स्मार्टडोकाेमा लगानी गरेकाे छ । कम्पनीले विगत चार वर्षदेखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पुर्याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ । यस कम्पनीको सुविधाहरुः जस्तै रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदि हुन् जसका कारण स्मार्टडोको सबैभन्दा मनपर्ने अनलाइन साइटहरूमध्ये एक मनिन्छ । ‘नयाँ युग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तीव्रगतिले विश्वव्यापी ई-कमर्समा ठूलो वृद्धि देखिएको छ त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप रुपमा लगानी गर्ने निर्णय गरेको छ । सम्पूर्ण विश्व महामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइन शपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई-कमर्सको व्यवसाय फस्टाउदै गई रहेका देख्छौं । तसर्थ, कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वर्ल्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्टडोकोमा लगानी गर्ने निर्णय गरेको छ ।’ आईएमएस ग्रुप अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने । उनले भने- ‘हाम्रो प्राथमिक उद्देश्य, स्मार्टडोको को ग्राहक अनुभवमा उल्लेखनीय बृद्धि गर्नु हो । हामी ग्राहकहरूको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत छौं । हाम्रो प्रमुख प्रयास ग्राहकहरूका जिज्ञासाहरुलाई सम्बोधन गर्नु र निर्देशित गर्नु हो । थप रूपमा हामी दुबै वेबसाइट र मोबाइल एप्लिकेशनलाई पुनः सुधार गर्दैछौं ताकि स्मार्टडोको प्रयोगकर्ताहरूलाई सहज र आकर्षक ईन्टरफेसको अनुभव होस् । साथसाथै स्मार्टडोको पुनः ब्रान्डिङ्ग गर्नको लागि हाम्रो शुरुवाती चरणको रूपमा स्मार्टडोकको नयाँ लोगो प्रस्तुत गर्न चाहन्छौं । हामीलाई पूर्ण विश्वास छ कि हाम्रा रहीरहेका र नयाँ ग्राहकहरूलाई सन्तुष्टि प्रादन गर्न सक्नेछौं ।’

लकडाउनमा बढ्यो मोबाइल र ल्यापटपको मूल्य

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउनको कारण नेपाली बजारमा ल्यापटप तथा मोवाइलको मूल्यमा वृद्धि भएको छ । माग बढेसँगै बजारमा ल्यापटपको अभावसमेत हुन थालेको छ । लकडाउनका कारण कार्यालयहरु संचालन हुन सकेनन् । सोही कारण घरबाट नै कार्यालयका कामहरु गर्नु पर्ने (वर्क फ्रम होम) को अवस्था आयो । यसरी घरबाट काम गर्दा स्टाफ, कर्मचारीहरुलाई ल्यापटपको आवश्यकता हुनु स्वभाविक जस्तै बन्न पुग्यो । तर लकडाउनका कारण विदेशबाट नेपालमा आयात गरिने ल्यापटप, मोवाइल लगायतका सामाग्रीहरु विगतका दिनमा जस्तो सहज रुपमा भित्रिएका छैनन् । विश्वभरी नै कोरोना महामारीको असर बढ्दो अवस्थामा रहदा प्रविधिको प्रयोग तथा आवश्यकता पनि बढ्दो छ । डिजिटल कारोबारहरु ग्राहकको प्राथमिकतामा पर्न थालेसँगै ल्यापटपको माग बढ्न थालेको जानकारहरु बताउँछन् । अनलाइन कक्षाहरु संचालन हुन थालेसँगै विद्यार्थीहरुलाई ल्यापटप समेत भरपर्दो माध्यम बन्दै गएको छ । विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मका विद्यार्थी जुम कक्षादेखि आफ्ना प्रोजेक्ट वर्क गर्न ल्यापटपको सहयोग लिदै आएका छन् । के भन्छन् जानकारहरु ? आईएमएस ग्रुपका अध्यक्ष तथा सामसुङ मोवाइल बेच्दै आएका दिपक मल्होत्राका अनुसार पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएका कारण मोबाइलको मूल्य बढेको हो । ‘डलरको विनिमय दर बढेका कारण मोवाईलको मूल्य ५ प्रतिशतले बढेको छ, लकडाउनका कारण चोरी पैठारी नभएका कारण मोवाइलको व्यापार तथा मूल्य बढेको हो’, मल्होत्राले भने । भिभो मोवाइलका डिजिटल म्यानेजर पियुष गिरीका अनुसार लकडाउनका कारण लामो समयदेखि मोवाइल किन्न नपाएका ग्राहकहरु बजारमा आएका र एकाएक आकर्षण देखिएको कारण मोवाईलको माग बढेको हो । मूल्य भने विश्वव्यापी रुपमै बढेको उनको भनाइ छ । ‘अहिले मोवाइलको मूल्य नेपाली बजारमा मात्रै होइन विश्वव्यापी रुपमा नै बढेको छ, कोरोना महामारीका कारण लामो समयसम्म ग्राहकहरुले मोवाइल किन्न पाएनन्, अहिले लकडाउनको अवस्था केही सहज हुन थालेपछि ग्राहकहरुको माग बढ्यो र मोवाइलको मूल्य बढ्न पुग्यो’, भिभो मोवाइलका डिजिटल म्यानेजर गिरीले विकासन्यूजसँग भने । पुतलिसडकस्थित आईटी ग्लोबलमा ल्यापटप पसल संचालन गर्दै आएका प्रकाश कार्कीका अनुसार लकडाउनका कारण ल्यापटको माग बढेको र मूल्यमा पनि वृद्धि भएको हो । ‘लकडाउनका कारण अन्र्तराष्ट्रिय उडानहरु बन्द हुन पुगे सोही कारण विदेशबाट ल्याइने सामानहरु स्वतः कम हँुदै गए, अन्य बेलामा पनि मोवाइल ल्यापटपको मूल्यमा हेरफेर हुने गर्छ, अहिले भने विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी तथा अमेरिकी डलरको भाउँको प्रभाव नेपाली बजारका ल्यापटपहरुमा देखिएको हो’, आईटी ग्लोबलका ल्यापटप बिक्रेता कार्कीले विकासन्यूजसँग भने । ल्यापटप लगायतका सामाग्रीहरु विदेशबाट भित्र्याउन विगतमा जस्तो सहज नभएको र समय पनि केही बढी लाग्ने गरेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुले ल्यापटप, मोवाइलको मूल्य ठ्याक्कै कतिले वृद्धि भयो भन्ने अंकमा नबताए पनि पछिल्लो समय आकर्षण भने राम्रै रहेको जानकारी दिएका छन् ।