फेसबुकले अस्ट्रेलियामा समाचारमा लगाएको प्रतिबन्ध हटायो

#gallery-1 { margin: auto; } #gallery-1 .gallery-item { float: left; margin-top: 10px; text-align: center; width: 33%; } #gallery-1 img { border: 2px solid #cfcfcf; } #gallery-1 .gallery-caption { margin-left: 0; } /* see gallery_shortcode() in wp-includes/media.php */ एजेन्सी । अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरूले समाचार सेयर गर्न पाउने भएका छन् । सोमबार अस्ट्रेलिया सरकारसँग फेसबुकको सम्झौता भएपछि प्रयोगकर्ताहरूले फेसबुकमा समाचार सेयर गर्न पाउने भएका हुन् । यो सँगै अस्ट्रेलियामा फेसबुकले लगाएको न्युज फिडमाथिको प्रतिबन्ध फुकुवा भएको वासिङटन पोस्टले लेखेको छ । अस्ट्रेलिया सरकारले ल्याएको नयाँ नितीप्रति असहमति जनाउँदै फेसबुकले गत सातादेखि सेयर गर्ने सेवा बन्द गरेको थियो । सोमबार भएको सम्झौतामा दुबैले मध्यमार्गि बाटो रोजेका हुन् । अष्ट्रेलियाको सरकारसँग छलफलपछि हामी प्रकाशकलाई सहयोग गर्ने समझदारीमा पुगेका छौं । त्यसमा साना तथा ठूला प्रकाशकहरु पनि समाबेश हुनेछन् । फेसबुकका क्याम्पबेल ब्रोनले भनेका छन् । गुगल तथा फेसबुकले समाचार सामग्री प्रयोग गरेबापत निश्चित रकम तिर्नुपर्ने मुद्दा अष्ट्रेलियाको सिनेटमा विचाराधीन छ । अष्ट्रेलियाको कानुनमा सहमति जनाएर गुगलले निश्चित रकम तिर्न तयार रहे पनि फेसबुक भने पछि हटेको थियो ।

आईप्लेक्स मलमा शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर संचालन

काठमाडाैं । शाओमीले साेमबार नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर संचालनमा ल्याएकाे गरेको छ । शाओमीले काठमाडौंको आईप्लेक्स मलमा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा,नारायणघाट,नेपालगन्ज र इटहरीमा रहेका छन् । सर्भिस सेन्टरकाे उद्घाटनकाे अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने आफ्नाे प्रतिबद्धतालाई अझ मजबुद बनाउने बताए । उक्त नयाँ सर्भिस सेन्टरकाे समुद्घाटनकाे अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा फ्री सर्भिस क्याम्प ,वारेन्टी कार्ड भएका र नभएका सम्पूर्णका लागि एक हप्तासम्म प्रदान गर्ने जनाएकाे छ ।

नेपाली इन्टरनेट हिरो: जसले ७० भन्दा बढी कम्पनीको कमजोरी पत्ता लगाएर जिते १० हजार डलर

काठमाडौं । भरतपुर, चितवनका बिनित घिमिरे आफूलाई ‘इन्टनेट हिरो’ भन्न रुचाउँछन् । इन्टरनेटकै दुनियाँमा रमाउने बानी परेका उनले नसोचेकै उपलब्धी हासिल गरेका छन् । हालै मात्र फेसबुकको डिएनएस भल्नरेबिलिटी पत्ता लगाएबापत ५ सय डलर हात पारेका घिमिरेले अहिलेसम्म १० हजार डलर हात पारिसकेका छन् । सन् २०१५ देखि ‘इन्टरनेट हिरो’ नाम राखेका घिमिरे स्कुल पढ्दा कम्प्युटरकै क्षेत्रमै काम गर्न चाहन्थे । अधिकांस समय कम्प्युटर र इन्टरनेटमै रमाउँथे । उनले कम्प्युटर इन्जिनियर, सफट्वेयर इन्जिनियर बन्ने धोको पालेका थिए । नभन्दै उनको सपनाले साकार रुप लिदैछ । साइबर सुरक्षा अनुसन्धानकर्ता घिमिरेले हालै फेसबुकको डिएनएस भल्नरेबिलिटी पत्ता लगाए । उक्त भल्नरेबिलिटीलाई दुरुपयोग गरेर खराब पात्र सब डोमेन टेकओभर गर्न सक्ने पाएपछि फेसबुकलाई उनले रिपोर्ट गरेका थिए । सन् २०२० को डिसेम्बरमा फेसबुकलाई यो सुरक्षा कमजोरीबारे उनले रिपोर्ट गरेका थिए । उक्त कुरा स्वीकार्दै फेसबुकले घिमिरेलाई ५ सय अमेरिकी डलर (५८ हजार रुपैयाँ) पुरस्कार प्रदान गरेको छ । घिमिरेले बग पत्ता लगाउने काम सन् २०१७ देखि सुरु गरेका हुन् । त्यसको एक वर्षपछि त उनले रिवार्ड पाउन थाले । सुरुसुरुमा उनले जुन वेवसाइटहरुको कमजोरी पत्ता लगाए, तिनले रिवार्ड दिदैनथे । नगद रुपैयाँको साटो अन्य कुनै उपहार दिन्थे ।  कुनै पनि कम्पनीको वेवसाइट र सुरक्षा कमजोरी पत्ता लगाउनुलाई बग भनिन्छ । टेकोपेडियाका अनुसार बग भन्नाले कम्प्युटर प्रोगाम वा हार्डवेयर सिस्टममा आउने गल्ती वा खरावी हो । यसले वेवसाइट वा हार्डवेयर सिस्टममा अनपेक्षित परिणाम ल्याउन सक्छ । समयमै साइबर सुरक्षा नअपनाएको खण्डमा साइट वा प्रोगाम ह्याक हुन सक्ने सम्भाबना पनि रहन्छ । घिमिरेले पहिलो रिवार्ड सन् २०१८ को नोभेम्बरमा फेसबुकबाट पाए । त्यो चाहिं फेसबुकमा साथी नभएको व्यक्तिको प्रोफाइलमा कमेन्ट गर्न मिल्दैन । तर, उनले भेटाएको बगमा कसैले फेसबुकमा लाइभ स्ट्रीम गर्दा त्यसमा कमेन्ट गर्न मिल्थ्यो । त्यही कुरा फेसबुकमा उनले रिपोर्ट गरे । जुन कुरालाई आफ्नो कमजोरी स्वीकार्दै फेसबुकले घिमिरेलाई ७५० डलर रिवार्ड स्वरुप प्रदान गर्‍यो । घिमिरेले अहिलेसम्म ७० वटा कम्पनीका एक सय भन्दा बढी बग पत्ता लगाईसकेका छन् । त्यसबापत बिभिन्न कम्पनीहरुले गिफ्ट, प्रशंसा पत्र र नगद पैसा प्रदान गरेका छन् । हालसम्म नगद १० हजार डलर पाईसकेका छन् । साइबर सुरक्षामा यी युवाले पाएको सफलता देखेपछि धेरै कम्पनीले उनीमाथि नजर लगाएका छन् । मल्टिनेश्नल कम्पनी सहित अन्यले सेक्युरिटी इन्जिनियर, एप्लिकेशन इन्जिनियरका रुपमा उनलाई जब अफर गरेका छन् । अष्ट्रियन युनिभर्सिटीले त टिचिङ इन्सट्रक्टरका रूपमा काम गर्ने अवसर प्रदान गरेको छ । आफूले पाएको १० हजार डलर घिमिरेले पढाइ बाहेकका आफ्ना आवश्यकता पूरा गर्नमा खर्चिए । ‘इन्टरनेट, ल्यापटप, फोन र ग्याजेट किन्नमा खर्चिएँ ।’ घिमिरेले भने । आगामि दिनमा #DevSecNetSysServCloud  भन्ने टेक्नोलोजी करिअर स्ट्राटेजीलाई सुधार गर्दै लैजाने उनको सोच छ । विकास र सुरक्षा क्षेत्रमा एकदमै केन्द्रित हुने उनको सोच छ । नेटवर्किङ सिस्टम, क्लाउड कम्प्युटिङ लगायतका क्षेत्रलाई जोडेर साइबर सुरक्षा क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उनलाई विश्वास छ । त्यसबाहेक वेव डेभ्लप्मेन्ट, प्रोगामिङ, वेव नेटवर्क सुरक्षाका क्षेत्रमा अगाडी बढ्दै जाने उनको योजना छ । तत्कालै घिमिरेले नेपालमै बस्यो सोच बनाएका छन् । तर, विदेशी कम्पनीहरूले उतै बोलाउने, काम गर्ने अफर गरिहाले त्यसलाई अस्वीकार गर्ने पक्षमा पनि छैनन् । स्नातकोत्तर स्तरको अध्ययन गर्न विदेश नै जाने उनको सोच छ । घर परिवारबाट पनि उनले एकदमै राम्रो साथ पाईरहेका छन् । साथीभाइ, आफन्तहरूले उनलाई एकदमै सम्मान गर्छन् । ‘कलेजको पढाई बाहेकको समयमा साथीहरुले ३/४ घण्टा आफूलाई सिकाउँन आग्रह गर्छन् ।’ उनी भन्छन् । साइबर सुरक्षालाई राम्रो गर्न के–के गर्न सकिन्छ ? यसमा घिमिरेको उत्तिकै चासो छ । ‘सुरुमा त नेटवर्किङ र सर्भरको आधारभुत कुरा सिक्नुपर्छ ।’ उनी भन्छन्, ‘वेव डेभ्लप्मेन्ट, वेव साइट कसरी बन्छन्, त्यो सिक्ने । कुन क्षेत्रमा कस्तो प्रकारको बगहरु हुन सक्छ, त्यसबारे ज्ञान लिने । सफ्टवेयर प्रोगामतिर पनि त्यस्तै कुराहरू सिक्न सकिन्छ ।’ उनका अनुसार बग पत्ता लगाउन एकदमै प्रोफेसनल डेभ्लपर हुनु पर्दैन । तर, सफ्टवेयर र वेवसाइटको आर्किटेक्चर कस्तो हुन्छ, कस्तो ठाउमा बग हुन्छ, डेभ्लपरले कसरी फिक्स गर्न सक्छ यस्तो कुरा चाहि थाहा पाउनु जरुरी भएको उनले बताए । यही कुरा सिक्दै गर्दा क्रिप्टोग्राफी, डिजिटल, फरेन्सीक्स, इन्टेलिजेन्स ग्यादरिङहरु सिक्दै जान र सबै कुरा नोट गर्न उनी सुझाउँछन् । साइबर सुरक्षा क्षेत्रमा काम गर्न चाहनेहरुलाई अटोमेसन, स्क्रीप्टीङ, अनुसन्धानमा केन्द्रित हुन घिमिरेले जोड दिए । अरु प्राविधिक कुराहरुमा आफूले ज्ञान राखिरहने र त्यही कुरालाई अटोमेसन र स्क्रीप्टीङ गर्ने । तत्कालै घिमिरेले #DevSecNetSysServCloud  मा केन्द्रित छन् । ‘यो नयाँ खालको प्रविधि हो । अहिले विद्यमान डेभ्लप्मेन्ट र यस क्षेत्रको करिअर स्ट्राटेजीको विकल्प हो ।’ उनले भने ‘तर, यसले डेभ्लपमेन्टमा मात्र होईन, पुरै प्रविधी क्षेत्रमा प्रभावकारी तरिकाले काम गर्नका लागि सहयोग गर्छ ।’