शे–फोक्सुण्डोमा निःशुल्क इन्टरनेट जडान

काठमाडाैं । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वर्ल्डलिङ्कले जनाएको छ । इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए । निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ ।

एनएमबी बैंकको क्यूआरकोड अब गैडाकोट एग्रोमार्टमा, विद्युतिय भुक्तानी गर्न सकिने

काठमाडौं । एनएमबी बैंकको क्यूआर कोडमार्फत गैडाकोट एग्रोमार्ट प्रालिमा विद्युतिय भुक्तानी गर्न सकिने भएको छ । एनएमवि वैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रालिमा संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेसँगै अब देखि विद्युतिय भुक्तानीमार्फत कारोबार गर्न सकिने भएको हो । गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका थिए उक्त कार्यक्रममा एनएमबि वैंक गण्डकी प्रदेशका एरीया म्यानेजर अमृत राज वास्तोलाले मन्तव्य राख्दै क्यूआर कोडबाट कारोवार गर्दा हुने फाईदा र यसको विकासका लागी नेपाल राष्ट्र वैंकले ल्याएको नीतिको वारेमा वोल्दै देशको कुनाकाप्चामा पनि यसवाट कारोवार गर्नका लागि एनएमबि बैंकले पहल गरेको र यसवाट कारोवार गर्न आवश्यक पर्ने सहयोग गर्न बैंक सदैव तत्पर रहेको जानकारी दिए । उक्त कार्यक्रममा गैडाकोट एग्रोमार्ट प्रालिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोवार गर्दा हुने जोखिम र विद्युतिय कारोवारले यसलाई कम गर्न सक्ने बताए । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुबाट ३७ वटा पसलका व्यापारीहरुलाई क्यूआर कोड वितरण गरीएको थियो । कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं. ४ का वडासदस्य श्री तेज प्रसाद घिमिरे, झपर्दि नमुना टोल विकास समितिका अध्यक्ष श्री हर्क बहादुर भुजेलको पनि उपस्थिति रहेको थियो ।

सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

काठमाडाैं । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्यूआर भुक्तानीलाई तीब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो । शनिबार सौराहामा एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गर्नुभयो । यो सँगै सौराहाका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरुलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए  । उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शीता कायम हुने बताए । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने बताए । उनले कार्ड लगायतका भुक्तानीले वर्षेनी अर्बौँ रुपैयाँ विदेशीने गरेको बताउदै क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफुहरुले प्राथमिकतामा राखेको बताए । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि बृद्धि हुने बताउनुभयो । उहाँले व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए । कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट संचालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो । कुमारी बैंक लिमिटेड टेक्नोलोजिमा आधारित बैंकिङ्गलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो । बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर तथा २२ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । फाेनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड २५ लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवाप्रदानगर्दै आएको छ । फोनपे विश्व विख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।