जन्मदिनमा अखिल सचिवले बाडे बालबालिकालाई शैक्षिक सामग्री

काठमाडौं । अनेरास्ववियुका केन्द्रिय सचीव सुदेश पराजुलीले आफ्नो जन्म दिनमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । अखिल सचिब पराजुलीले सोमबर नक्सालस्थित बालमन्दिरमा ८० जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् । उनले १० हजार मूल्य बराबरको कपि, कलम तथा दिवा खाजाका लागि बिस्कुट उपलब्ध गराएका हु्न् । उनले जन्म दिनलाइ प्रगतिशील ढङ्गले मनाउने उद्देश्यले अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको बताए । ‘हामीले प्रत्येक समयको सदुपयोग गर्नुपर्छ । व्यक्तिको जन्मदिनको बिशेष अर्थ हुन्छ, मैले यो दिन समाजका लागि नयाँ कामको आरम्भ गर्ने प्रयास गरेको हुुँ,’ अखिल सचिब पराजुलीले भने । उनले समाज बदल्ने अभियानमा सामेल सबैले सबै समयम समाजका लागि सोच्नु पर्ने धारणा पनि राखे ।

जाडोमा मोटरसाइकल यात्रा गर्दै हुनुहुन्छ ? यसरी गर्नुस् सुरक्षित बाइक राइडिङ

काठमाडाैं । जाडो मौसममा चिसो हावा चल्ने भएकाले मोटरसाइकल चलाउदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सवारी गर्ने चालकले शरीरको साथै मोटरसाइकलको पनि निकै हेरचाह गर्नुपर्छ । जाडोमा हावाले पानी चाँडै सोस्ने भएकोले मोटरसाइकलमा धुलो जमेर बस्ने सम्भावना हुन्छ । कतिपय मानिस जाडोमा बाइकलाई सुरक्षित राख्न छोपेर राख्छन् । वा गर्मी मौसम कहिले आउला भन्दै पुरै सिजन पर्खाईमा बस्छन् । मोटरसाइकका साथै शरीरलाई पनि स्वस्थ राख्न निम्नानुसार बानी अपनाउनुपर्छ । बन्दोवस्तीका साथ निस्कनुस् गियर अप भएर निस्कनु भन्नाले आफूलाई बन्दोवस्तसहित हिड्नु भन्ने बुझिन्छ । जाडोमा बाइक चलाउदा पूर्णरुपमा गियर-अप हुनै निकै आवश्यक छ । फुल लेग, फुल स्लिभका साथ आफूलाई अन्डरआर्मरले ढाक्न सकिन्छ । यसको साथमा ही नेक वार्मर, फग फ्री फेसशील्ड हेल्मेट जस्ता सामान पनि प्याक गर्नुपर्छ । यसले जाडोबाट बचाउने मात्र नभई सुरक्षाको दृष्टिकोणले पनि यो निकै महत्वपूर्ण छ । रोक्दै-रोक्दै जाँउ लामो दुरीको यात्रामा लगातार बाइक कुदाउनु जोखिमपूर्ण हुन्छ । बीच-बीचमा बाइक रोक्ने गरौं । सार्वजनिक शौचालयमा रोकिन नबिर्सौं । जहाँ हात सुकाउनका लागि ह्याण्ड ड्रायर्स राखिएका हुन्छन् । यदी शरीर काप्न थाल्यो भने रोकिएर एकछिन टहलिनु उपयुक्त हुन्छ । सरसफाई जाडोमा बाइक कुदाएपछि सरसफाई गर्नु जरुरी हुन्छ । जाडोमा धुलोले गियरमा समस्या आउन सक्छ । चियाँ, कफि र नास्ता  लामो दुरीको यात्रामा भोक महसुस नगराउन चियाँ कफि र खाजा लिइरहनुपर्छ । चियाँ र कफीले शरीरलाई न्यानो राख्न मद्दत गर्छ । बाइक मोड बाइकका लागि अतिरिक्त खर्च निकालेर यसमा ग्रिप राख्न सकिन्छ । ग्लव्स, फुट वार्मर्स जस्ता वस्तुको प्रयोगले बाइक चलाउदा चिसोबाट जोगाउनका साथै सुरक्षित राख्न मद्दत पुर्‍याउछ । सडकमा सावधानी बाइक चलाउँदा सडकमा पनि ध्यानराख्नु उत्तिकै आवश्यक छ । जाडोमा ब्रेकिंङका लागि विशेष ध्यान राख्नुपर्छ । छिटो ब्रेक लगाउनु सुरक्षित बाइक राइडिङमा सहयोगी हुन्छ । टायर ठन्डीमा टायर निकै चिसो रहन्छन् । केहि समयसम्म एक्सिलेरेटर डाउन-अप गरेर मात्र यात्रा सुरु गर्नु उपयुक्त हुन्छ । टायर प्रेशर पनि चेकजाँच गरिरहनुपर्छ । अन्डरवेयर थर्मल अन्डरवेयरको प्रयोगले जाडोमा पनि यात्रा सहज बनाउन सकिन्छ । लामो अन्डरवेयर निकै आरामदायी हुन्छ ।

नेपालमा कोरियाली चलचित्र महोत्सव शुरु, युवा पुस्ताको गायन, नृत्य र पहिरहनमा बढ्दो प्रभाव

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा आफ्नो प्रभाव बढाउदै गएको दक्षिण कोरियाले कात्तिक ९ गते विहीबारदेखि नेपालमा कोरियाली चलचित्र महोत्सव (फिल्म फेस्टिवल) आयोजना गरेको छ । ६ दिनसम्म चल्ने सो महोत्सवमा ६ वटा चलचित्रहरु प्रदर्शन भइरहेकाछन् । दी फेटल इन्काउन्टर, अ हार्ड डे, कुण्डो–एज अफ दी रामपन्ट, क्रसिङ, म्यारिज व्ल्यू र माई लभ, माई प्राइड नामक चलचित्रहरु प्रदर्शनी भईरहेका छन् । हरेक दिन ६ वटै फिल्महरु हेर्न सकिने नेपालस्थिति दक्षिण कोरियाली दूताबासले जनाएको छ । ती चलचित्रहरु कात्तिक ९, १० र ११ गते क्वीएफएक्स, लविम महलमा प्रदर्शन हुनेछन् । त्यस्तै, कात्तिक १६ र १७ गते काठमाडौं विश्वविद्यालयमा र कात्तिक १८ गते पोखरामा प्रदर्शन हुनेछन् । सन २०१४मा बनेको दी फेटल इन्काउन्टर, सन २०१३ मा बनेको अ हार्ड डे, २०१४ मा बनेको कुण्डो–एज अफ दी रामपन्ट द्वन्द्वमा आधारित चलचित्र हुन् । २००८ मा बनेको क्रसिङ नाटकमा आधारित चलचित्र छ भने २०१३ मा बनेको म्यारिज व्ल्यू र २०१४ मा बनेको माई लभ, माई प्राइड रोमाञ्चक चलचित्र हुन् । पुराना तर निकै चर्चित यी चलचित्रहरुले कोरियाको विभिन्न पक्षलाई चित्रण गरेको र निकै रोचक रहेको नेपालको लागि दक्षिण कोरियाली राजदूत पार्क योङ सिकले बताए । पछिल्लो समय कोरियाली फिल्मको प्रभाव नेपालमा निकै देखिएको छ । पहिला भारतीय चलचित्रलाई मात्र पछ्याउने नेपाली चलचित्र निर्माताहरु अहिले दक्षिण कोरियाको चलचित्रलाई निकै पछ्याउन थालेका छन् । पछिल्लो समयमा नेपाली युवा पुस्ताले गाउने भाका, नृत्य तथा पहिरहनमा कोरियाली चलचित्रका प्रभाव उल्लेख्य देख्न सकिन्छ ।