डव्लुटियोको ११ औ मन्त्रीस्तरीय सम्मेलन अर्जेन्टिनामा
काठमाडौं । विश्व व्यापार संगठन(डव्लुटियो)को ११ औ मन्त्रीस्तरीय सम्मेलन आगामी डिसेम्बर १० देखि अर्जेन्टिनामा हुने भएको छ । डव्लुटियोको सदस्य भएका देशहरुको सहभागितामा प्रत्येक दुई/दुई वर्षमा हुने मन्त्रीस्तरीय सम्मेलन तीन दिनसम्म अर्जेन्टिनामा हुन लागेको हो । सदस्य राष्ट्र नेपालले विगतमा भएका सहमति र आगामी दिनमा उठाउनुपर्ने एजेण्डाबारे छलफल गर्न मंगलबार राजधानीमा पुर्व तयारी गोष्ठीको आयोजना गरेको छ । बाणिज्य मन्त्रालयको आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सह–आयोजनामा भएको छलफलमा नेपाल जस्ता भुपरिवेष्ठित अति कम विकसित राष्ट्र (एलडीसी) का आयात, निर्यातका अवस्था, सम्भावना, चुनौतीबारे छलफल भएको थियो । छलफलका अधिकांश वक्ताले अति कम विकसित राष्ट्रहरुसँग समन्वय र लविङ गरेर साझा एजेण्डा कार्यान्वयन गर्न र निर्यातमूखी अर्थतन्त्रमा केन्द्रित भई अघि बढ्न सुझाव दिएका थिए । व्यापार सहजीकरण सम्झौता, इ–कमर्श लगायतमा नेपालले आफ्नो अडान राख्दै उत्पादनलाई वृद्धि गर्नका लागि आवाज उठाउन तथा विगतमा भएका सम्झौताका आधारमा नेपालले पाएको सुविधाको उपयोगका लागि कार्यान्वयन योग्य स्वदेशी योजना र कार्यक्रम गर्न वाणिज्य मन्त्रालयलाई सुुझाव दिएका थिए । विशेष गरी सम्मेलनमा ई कर्मश, व्यापार सहजीकरण कार्यान्वय, लगानी, डिउटी फ्रि, भन्सार अवरोध जस्ता कुरालाई एजेन्डाका रुपमा राखिएको छ । व्यापार विज्ञ एंव पुर्व सचिव पुरुषोतम ओझाले डव्लुटियोको सदस्यपछि नेपालले गरेको प्रतिवद्धता कार्यान्वयनमा ल्याउन नसकेको बताए । डव्लुटियो विश्व व्यापारको नियमन बनाउने संस्था भएकाले त्यसबाट नेपालले कसरी सुविधा लिन सकिने कुरामा छलफल गर्न अति आवश्यक रहेको उनको भनाई थियो । विश्व बजारमा व्यापार विस्तार गर्नका लागि उत्पादन र उत्पादक्त्वमा जोड दिइनुपर्ने बताउँदै उनले स्वदेशी सामान निर्यात गर्दा भन्सारमा देखिएका अवरोध हटाउदै जानुपर्ने बताए । “डव्लुटियोबाट भूपरिवेष्टित मुलुक नेपालले पाउने सुविधा लिन सकेको छैन, व्यापार विज्ञ ओझाले भने“विगतमा गरिएका प्रतिवद्धतालाई कार्यान्वयनमा जानुपर्छ ।” नेपाललाई सामान निर्यात गर्नका लागि डिउटी फ्रि र कोटा फ्रि सुविधा भएपनि भन्सार अवरोधले गर्दा सामान निर्यात गर्न धेरै समस्या हुने गरेको उनले बताए । पछिल्लो दुई दशकमा नेपालको व्यापार घाटा भयावह अवस्थामा पुगेकाले निर्यात बढाएर व्यापार घाटा कम गर्न अति आवश्यक रहेको उनको भनाई छ । अर्थविज्ञ विज्ञ डा पोषराज पाण्डेले डव्लुटियोको आगामी डिसेम्बरमा हुन लागेको ११ औ मन्त्रीस्तरीय सम्मेलनमा नेपालको व्यापारलाई कसरी विस्तार गर्ने विषयमा जोड दिइनुपर्ने बताए । यस अघिको सम्मेलनमा व्यापार प्रवद्र्धनका लागि नेपालले पाएका सुविधा कार्यान्वयनमा लैजानपर्नेमा उनले जोड दिए । निर्यात बढाउने काम बाणिज्य मन्त्रालयको मात्र नभएर यसको लागि सम्बन्धित निकायको सहभागिता अपरिहार्य रहेको भन्दै पाण्डेले गुणस्तरीय उत्पादनको निर्यात बढाएर व्यापार घाटा कम गर्न सकिने बताए । नेपालले अमेरिकामा सामान निर्यातको लागि पाएको भन्सार छुट सुविधा पुर्णरुपमा उपभोग गर्न नसकेको भन्दै उनले निर्यातयोग्य वस्तुको पहिचान गरेर निर्यात प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । यस अघि भएको दोहा राउन्डले कृषिजन्य वस्तु निर्यातमा अनुदान, घरेलु उत्पादनमा अनुदान दिने, भन्सार अवरोध हटाउने भनेपनि अझै सहमतिमा पुग्ने नसकेको उनको भनाई छ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले डव्लुटियोको सदस्य बनेपछि नेपाललाई के फाइदा र के बेफाइदा भयो भनेर सरोकारवाल निकायबीच छलफल गर्न अति जरुरी रहेको बताए । चरम राजनीति, बन्द हडतात, ऊर्जा अभाव लगायतका कारणले विश्वमा प्रतिष्पर्धा गर्ने सामानको उत्पादन गर्न नसक्दा निर्यात बढाउन नसक्दा मुुलुकको व्यापार घाटा बढ्दै गएको उनको भनाई छ । “डूव्लुटियोको सदस्य भएपनि विश्वबजारको जुनसुकै ठाउँमा पनि व्यापार गर्न पाइने भनिएपनि मुलुकमा भएको राजनीति अस्थिरताले निर्यात बढाउन सकिएन,”उनले भने“ छिमेकी मुलुकमा उद्योग क्षेत्रमा सवै किसिमका सुविधा भएपनि नेपालमा नहुँदा निर्यात बढाउन सकिएको छैन ।” व्यापार घटाउनका लागि उद्योगको पुर्वाधार विकास गर्नका लागि डव्लुटियोले कसरी सहयोग गर्न सक्छ भनेर सम्झौता गर्न जरुरी रहेको उनको भनाई छ । बाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले डव्लुटियोको सदस्य भएकाले नेपालले किन सुविधा लिन सक्यो सकेन भनेर छलफल गर्न जरुरी रहेको बताए । मुलुकको व्यापार घाटा कम गर्नका लागि नेपालले भएका भन्सार छुट सुविधा प्रयोग गरेर जतिसक्दो निर्यात बढाउन अति आवश्यक रहेको उनले बताए । एक दशक अघि देखि मुलुकको व्यापार घाटा ओरालो लागिरहेकाले पनि यसलाई कसरी कम गर्ने भन्ने विषयमा विशेष जोडदिनुपर्ने उनको भनाई छ । आगामी डिसेम्बरमा हुन लागेको सम्मेलन तिन दिन सम्म हुने छ । नेपाल सन् २००४मा डव्लुटियोको सदस्य भएको थियो । विभिन्न १६४ देश डव्लुटियोको सदस्य बनेका छन । डव्लुटियोको सदस्य भएका देशले विश्वबजारमा व्यापार गर्न खुल्ला छ ।
पैसा धेरै खर्च भो ! जोगाउन अपनाउनुहोस् यस्तो उपाय
यदि तपाईले ध्यानपूर्वक पैसा खर्च गर्नुभयो भने तपाईले पैसा बचाउन सक्नुहुन्छ । खर्च तपाईका आर्थिक योजनाको एउटा महत्वपूर्ण हिस्सा हो । तर कहिले र कहाँ खर्च गर्ने, कति खर्च गर्ने र कसरी खर्च गर्ने यो सब कुरामा ध्यान दिएर बुद्धिमानी ढंगले पैसा खर्च गर्नुपर्छ । त्यसैले, बुद्धिमानीका साथ खर्च गर्नका लागि योजना बनाएर तपाईले धेरै पैसा जोगाउन सक्नुहुन्छ र अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ । यसका लागि तपाईले केही वित्तीय अनुशासन पालना गर्नपर्छ । बुद्धिमानीका साथ पैसा खर्च गर्दा अवकाशको जिवनपछि ठुलो कोष जम्मा गर्नसकिन्छ । खर्च गर्नुभन्दा अगाडी योजना बनाउनुहोस् तपाईको व्यक्तिगत वित्तिय कारोबारका प्रत्येक चरणमा योजना बनाउनु जरुरी छ । सुरुमा आफ्नो सबै खर्चहरुको एउटा सूची बनाउनुपर्छ । वस्तुहरुको महत्वका अनुसार प्राथमिकताका वस्तु, अर्थात सबैभन्दा बढी महत्वपूर्ण वस्तुको नाम उक्त सूचीमा माथी र कम महत्वपूर्ण वस्तुको नाम सबैभन्दा तल लेख्नुपर्छ । अब हिसाब गर्नुहोस् – लगानीपछि, बीमाको प्रीमियम तिरेपछि, कर्जा चुकाएपछि र अन्य नियमित आवश्यक बिलहरुको भुक्तान गरेपछि अन्य वस्तुमा खर्च गर्नका लागि तपाईसँग कति पसा जोगिन्छ ? तपाईसँग भएका पैसाको परिमाणका आधारमा आफ्नो सूचीमा सबैभन्दा माथीका वस्तुहरुको पैसा छुट्टै राख्नुहोस् । सूचीमा सबैभन्दा तलका वस्तुहरुको लागि बचत गर्न सक्ने/नसक्ने कुरा ख्याल राख्नुपर्छ । तपाईको लक्ष्यअनुसार कम भन्दा कम खर्च गर्नुमा केन्द्रित हुनुपर्छ । खर्च गर्नु भन्दा अगाडी लगानी गर्नुपर्छ र खर्च गर्ने समयमा बचत गर्नुपर्छ । हातमा धेरै पैसा हुँदा धेरै खर्च गर्न मन लाग्छ । त्यसैले, खर्च गर्नुभन्दा पहिला लगानी गर्नुपर्छ । तपाईको आफ्नो भावी आवश्यकताका बारेमा थाहा पाउनु जरुरी छ । पैसा पाउने बितिकै सबैभन्दा अगाडी त्यो पैसाले आफ्नो लगानीसम्बन्धी आवश्यकता पूरा गर्नुपर्छ । त्यसपछि आफ्नो कर्जा चुकाउनुपर्छ । अन्तमा बचेको पैसाको प्रयोग आफ्नो मनचाह वस्तु खरीदका लागि गर्नपर्छ । धेरै पैसा जोगाउन डिस्काउन्टको पनि लाभ उठाउनुपर्छ, अनलाइन तुलना गर्ने तथा क्रेडिट कार्ड क्यासब्याक अफरहरुको पनि लाभ उठाउने कोसिस जारी राख्नुपर्छ । अफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च नगर्नुहोस् आफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च गर्नुमा तपाईको कर्जाको जालोमा फस्न सक्नुहुन्छ । केही मानिस खर्च गर्ने समयमा आफ्नो वित्तीय क्षमतालाई नजर अन्दाज गर्छन् । उधारो लिने साधन जस्तो क्रेडिट कार्ड तथा पर्सनल लोन आफ्नो क्षमताभन्दा अधिक खर्च गर्नका लागि प्रेरित गर्छ । कहिलेकाही मानिस आफ्नो वित्तीय योजनाकम यस्तो ऋणको प्रभावको बारेमा सोच्दैन र अनावश्यक वस्तुमा खर्च गर्छन् । यस्तो परिस्थितिमा उधारो तिर्नु पनि ठुलो चुनौती बन्न सक्छ र आवश्यम वस्तु खरिदमा भने समझौता गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले आफ्नो वित्तीय क्षमताका अनुसार पैसा खर्च गर्नुपर्छ । आफ्नो बानीव्यहोरामा पनि ध्यान दिनुपर्छ बीचबीचमा आफ्नो खर्च गर्ने बानीमा पनि ध्यान दिनु निकै आवश्यक हुन्छ । यो काम कुनै वित्तीय विशेषज्ञबाट गर्नु फाइदाजनक हुन्छ । कतिपय अवस्थामा आफ्नो खर्च बढी रहेको पत्तै हुँदैद्द । यदि तपाईलाई योजनाबाहेकको खर्च गर्नुपर्यो भने योजनालाई थोरै एडजस्ट गर्नुपर्छ ।
रुपन्देहीमा सुरु भयो स्मार्ट कक्षा, २१ वटा आधुनिक कम्प्युटरका साथ प्रभावकारी शिक्षा प्रणाली
बांकासिहा । रुपन्देही जिल्लाको मायादेवी गाँउपालिका-४ को एउटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालनमा आएको छ । बांकासिहा गाँउमा अवस्थित सुण्डी माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थीले प्रभावकारी तवरले शिक्षा लिइरहेका छन् । कोरिया इन्भाइरोमेन्ट कोर्पोरेशन (के-इको)को १६ लाख रुपैयाँ बराबरको आर्थिक सहायतामा उक्त कक्षा सञ्चालन भएको हो । अहिले विद्यालयमा २१ वटा नयाँ आधुनिक कम्प्युटर तथा बाउन्डरी वाल छन् । चर्चित कोरियाली परवतारोही कप्तान उम होङ गील, के-इकोका चुङचेओङ क्षेत्रका कार्यकारी निर्देशक किम जोङ युब, विद्यालय निरीक्षक लक्ष्मण ज्ञवाली, उपाध्यक्ष तारादेवी यादव, सुण्डी माध्यामिक विद्यालय व्यवस्थापन कमिटीका सभापति अरुण कुमार तिवारी, हेडमास्टर सत्तिश चन्द्रमणी त्रिपाठी लगायतले बुधबार स्मार्ट कक्षाको उद्घाटन गरेका थिए । के-इकोले कम्प्युटर कक्षका लागि २१ वटा फर्निचर पनि उपलब्ध गराएको छ । यस विद्यालयमा मुशहर, लोध, हरिजन, धवाल जस्ता करिब सात सय जना सिमान्तकृत वर्गका विद्यार्थीहरु अध्ययनरत छन् । त्यस्तै, डङ गोकले शैक्षिक सामग्री विकास केन्द्रबाट स्विकृत शैक्षिक सफ्टवेयर सहितको एउटा नयाँ स्मार्ट बोर्ड प्रदान गरेका छन् । दुई वर्ष अगाडी कोरियाली अन्तराष्ट्रिय गैरसरकारी संस्था उम होङ गील ह्युम्यान फाउण्डेसनले विद्यालयका पूर्वाधारको निर्माण गरेको थियो । कार्यक्रममा बोल्दै उमले विद्यार्थीलाई नेपालको सक्षम नागरिक बन्नका लागि कडा मिहिनेत गर्न आग्रह गरेका छन् । त्यस्तै विद्यार्थीले स्मार्ट कक्षाबाट फाइदा लिन सक्नेमा किमले विश्वास व्यक्त गरेका छन् । उनले भने,’भगवान बुद्धको जन्मभुमी लुम्बिनीमा बस्ने मानिसहरुको सेवा गर्न पाउँदा निकै खुशी लागिरहेको छ ।’