सिटिजन्स बैंकद्धारा चितवनको आश्रमलाई ३ लाखको आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनमा रहेको नव सेवा आश्रमलाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रुपैयाँको चेक बैंकका हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु आवश्यक रहेको साथै अध्यात्मले मानिसलाई जीवनयापन गर्न सजिलो बनाउने जानकारी गराएका छन् । हालसम्म आश्रमले विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधीउपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ । साथै हाल ५४ जनाले उक्त आश्रममा सेवा लिई राखेको र ६४ जनालाई उपचार पश्चात परिवारमा पुर्नमिलन गराइएको आश्रमकी अध्यक्षले जानकारी गराएकी छिन् । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बताएको छ ।

धादिङमा मेसी र अर्जेन्टिनाको समर्थनमा मोटरसाइकल र्याली

काठमाडौं । धादिङमा विश्वकप २०१८ को चर्को चहल पहल शुरु भएको छ । विश्वकप शुरु हुन केहि घण्टा बाँकी रहँदा अर्जेन्टिना समर्थकहरुले मेसी र उनको टीम अर्जेन्टिनालाई समर्थन गर्दै मोटरसाइकल र्याली निकालेको हो । साँझ ५ बजे ससाहबाटबाट शुरु भएको र्याली पुच्छार बजार बिच बजार हुँदै शहर परिक्रमा गरेको अर्जेन्टिनाका समर्थक अर्जुन कमार श्रेष्ठले बताए । र्यालीमा समर्थकहरुले अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका थिए । र्यालीमा ४५ वटा मोटरसाइकलले सहभागिता जनाएको थियो ।

अल्फबिटा कन्सलटेन्सीद्धारा आयोजित रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्तदान

काठमाडौं । अल्फाबिटा कन्सलटेन्सीले रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । मंगलबार विहान १० देखी दिउँसाे २ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । नेपालमा पनि रगतको अभावमा ज्यान गुमाउनेको अवस्थालाई मध्यनजर गर्दै आज अल्फाबिटा कम्पेक्समा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कन्सलटेन्सीले समाज सेवालाई पनि प्राथमिकतामा राख्दै उक्त कार्यक्रम गरेको हो । हाल यस कन्सलटेन्सीले विद्यार्थीलाई विदेश अध्ययनका लागि सेवा प्रदान गरिरहेको छ ।