मतदाता शिक्षामा दुई अर्ब बजेट, निर्वाचन आयोगको कमजोरीले बदरमत सयमा ९ वटा

काठमाडौं । निर्वाचन आयोगले मतादाता शिक्षामा २ अर्ब १० करोड रुयैयाँ बजेट खर्चेको तयारी गरेको थियो । तर, समाय अभाव देखाउँदै आयोगले मतादाता शिक्षा सञ्चालनको काम गर्न सकेन । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने सकेसम्म मतदाता शिष दिएको दाबी गरे । आयोगले बैशाखभर लागि २१ हजार मतादाता शिक्ष स्वयंसेवी कार्यकर्ता खटाएको थियो । तर, निर्वाचन दुई चरणमा हुने भएपछि पहिलो चरणको स्थानीय निर्वाचनका लागि ६ हजार ६ सय ४२ मतदाता शिक्ष स्वयंसेवी कार्यकर्ता खटाएको थियो । ती स्वयंसेवी मदताता शिषँमा भन्दा पनि आफ्नो दलको प्रचारमा लागेको आरोप छ ।  यसर्थ मतदाता शिक्षा कमजोर भएकाले पनि १ सय मत गणना गर्दा ९ मत बदर भएको हो । नयाँ पत्रिका दैनिकबाट ।

‘नोट चल्ने, भोट चल्ने ?’ कसरी बन्छ नेपाल ? भवन भट्ट

भवन भट्ट आवाधिक निर्वाचन लोकतन्त्रको सौधर्य हो र आधारभूत सिद्धान्त पनि हो । निर्वाचनमा जनताले आफ्नो मतदान गर्न पाउने अधिकार नै सबैभन्दा पहिलो आधारभूत अधिकार हो । त्यो अधिकार नेपालमा पनि छ । तर, हामी नेपाली नागरिक जो विविध कारणबस बिदेसिएका छौ र बैदेशिक रोजगारीको लागि आफ्नो देश भन्दा टाढा रहेका छौ, हामीले भने यो अधिकारबाट बन्चित हुनु परेको छ । देश दशक लामो द्वन्द्व र राजनीतिक अस्थिरतामा भएको बेला हामीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र तहस नहस हुनबाट जोगाएको छ र अझै पनि त्यो क्रम जारी नै छ। राष्ट्रभित्र शिपमुलक शिक्षाको अभाव रहेकोले बिदेशी भूमिमा आएर शिप र शिक्षा लिएर राष्ट्र निर्माणमा सहभागी हुन फर्किने योजनामा हामी मध्ये कैयौ छौ, तर राज्य र सरकारले हाम्रो अधिकारको बारे कति सोचेको छ ? शायद छैन । घर परिवार समाज र राष्ट्रले हामीले पठाउने नोट भने खुशी खुशी स्विकार्ने तर हाम्रो भोट गर्ने अधिकारको भने चर्चा समेत गरेको देखिदैन । तसर्थ, लामो समयदेखि सामाजिक सन्जालमा बहस भैरहेको यो मुद्दालाई औपचारिक रुपमा अझै गम्भिर रुपले बहस गर्ने उदेश्यले ‘नोट चल्ने भोट नचल्ने?’ अभियान सुरु गर्दैछौ । “नोट चल्ने भोट नचल्ने? “अभियानको क्रममा हामीले सामाजिक सन्जालमा बहस, राष्ट्रिय संचार माध्यमामा छलफल र बिदेशमा रहेको नेपालीहरुबीच चर्चा गरेर भविस्यमा हुने निर्वाचनमा नेपालीहरुले बिदेशबाटै मतदान कसरी गर्न सकिन्छ भन्ने सम्भावनामा पनि छलफल र अध्ययन गर्ने कार्यक्रम रहेको छ । यो अभियान केवल गुनासो गर्ने मात्र हैन नेपालीको आधारभूत अधिकारको सम्मानको लागि एक पहल हो । आसन्न निर्वाचन को तयारीमा रहेको सरकार, राज्य ब्यबस्था, राजनीतिक दल र नेपाली समाजलाई यो ‘नोट चल्ने भोट नचल्ने?’ अभियानबाट हामी हाम्रो देश नेपालको भविस्यप्रति कति सरोकार राख्दछौ र आफ्नो संलग्नताको लागि कति आतुर छौ भन्ने कुराको सन्देश दिन खोजेका छौ । धन्यवाद। भवन भट्ट, उपाध्यक्ष गैर आवसिय नेपाली संघ (अन्तराष्ट्रिय समन्वय परिषद्)

आर्थिक पत्रकारलाई ७ लाख ५० हजार बीमाङ्कको जीवन बीमा निःशुल्क, अब मोटर बीमा भन्दा जीवन बीमा सस्तो

काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन) मा सदस्यता लिएका आर्थिक पत्रकारहरुको ७ लाख ५० हजार रुपैयाँ बीमाङ्कको निःशुल्क जीवन बीमा हुने भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत आर्थिक पत्रकार समाजमा आवद्ध २५४ जना पत्रकारहरुलाई जीवन बीमा निःशुल्क गर्ने निर्णय गरेको हो । २ लाख ५० हजार रुपैयाँ बीमाङ्क रहेको ‘स्मार्ट जीवन बीमा’ बीमा लेखमा २ लाख ५० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा र २ लाख ५० हजार पूर्ण अशक्तता बीमाको सुविधा थप गरी जनही ७ लाख ५० हजार रुपैयाँ बीमा हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । यो बीमा एक वर्षको लागि हुनेछ । त्यसपछि पुनः नविकरण गर्न सकिने सेजनका अध्यक्ष गोकर्ण अवस्थीले बताए । कम्पनीले सेजनसँग सहकार्य गरी जीवन बीमा गराउन गरेको सहयोग निकै महत्वपूर्ण रहेको उनले बताए । विहीबार राजधानीमा आयोजित कार्यक्रमा कम्पनीका अध्यक्ष रमेशप्रसाद गुप्ताले कुल १९ करोड ५ लाख बीमाङ्कको बीमा लेख सेजनका अध्यक्ष अवस्थीलाई हस्तान्तरण गरे । साङ्केतिक रुपमा एकमुष्ट बीमा लेख हस्तान्तरण गरिए पनि सेजनका सबै सदस्य विधिपूर्वक डकुमेन्टहरु कम्पनीलाई बुझाउनु पर्नेछ । डकुमेन्टहरु संकलन कार्य सेजन सचिवालयमार्फत हुने उनले बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पत्रकारहरुले ठूलो जोखिम लिएर काम गरिरहेको बताउँदै उनीहरुको जोखिम वहन गर्न सहयोग गर्ने उदेश्यले सेजनसँगको सहकार्यमा आर्थिक पत्रकारहरुको सामूहिक बीमा गराउने कार्य गरेको बताए । उनले नेपालमा बीमाको इतिहास ५० वर्ष लामो भए पनि स्वेच्छाले बीमा गर्ने, बीमा लेखहरु मध्ये पनि राम्रो बीमा लेख छानेर लिने अभ्यास कम भएको बताए । ‘हामी कोट किन्दा १० वटा हेरेर एउटा छान्छौं । तर बीमा गर्दा करकापको भरमा गर्छौ । कुन बीमा पोलिसी बढी राम्रो छ भनेर छान्ने प्रयास गर्दैनौं’–झाले भने । जीवन बीमालाई जनस्तरमा व्यापक रुपमा लैजाने उदेश्यका साथ कम्पनीले दैनिक १० रुपैयाँमा १० लाखको जीवन बीमा पोलिसी ल्याएको उनले बताए । ‘मानिसहरुमा जीवन बीमा महँगो छ भन्ने भ्रम छ । त्यो भ्रम हटाउन हामीले नयाँ पोलिसी ल्याएको छौं’ उनले भने–‘एउटा मोटर साईकल वा कारको बीमा भन्दा जीवन बीमाको  प्रिमियम (बीमा शुल्क) कम भएको पोलिसी हामीले ल्याएका छौं ।’ कम्पनीको अध्यक्ष रमेशकुमार गुम्ताले सेजनसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले देशमा आर्थिक विकासको वहस चलाउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्न आर्थिक पत्रकारले खेलेको भूमिकाको प्रशंशा गरे । नेपाल चम्बेर अफ कमर्शका महासचिव समेत रहेका अग्रवालले भने–‘आर्थिक पत्रकारहरुको भूमिकाले निजी क्षेत्रलाई उत्साहित गरिरहेको छ । हामीलाई नयाँ काम गर्न प्रेरित गरिरहेको छ ।’