गायिका सुनिता कार्कीको नयाँ गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ । विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो । गीतिसङ्ग्रहलाई सङ्गीतकार सुरेश अधिकारी, वरिष्ठ पत्रकार सुमन खरेल, एनटिभी पल्सका प्रमूख मनोहरी थापा र गायिका कार्कीकी आमा तारा कार्की, चन्द्रकला भट्टराई, सञ्चारकर्मी सुभाष प्रधान र गीतकार तथा सञ्चारकर्मी तुलसी वस्नेतले संयुक्त रुपमा विमोचन गरेका थिए । म्युजिक नेपालको प्रस्तुति रहेको गीतिसङ्ग्रहमा समावेश गीतहरुमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सुरेश अधिकारीले दिएका छन् । सार्वजनिक कार्यक्रममा गायिका कार्कीले एल्बममा समावेस सबै गीतहरु प्रस्तुत गरेकी थिइन । गीतिसङ्ग्रह ‘सुनमाला’मा ‘दुनियामा‘’, ‘शितल हिमाली हावा’, ‘साथी नै चाहिँदा’, ‘शिर शिर सिरीरी’ लगायत पाँच वटा गीतहरु समावेश गरिएको छ । एल्वममा रहेका गीतहरु मध्ये दुनियामा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएका छन् । एक दशकदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध सुनिताको यसअघि ‘ए बतास‘’ बोलको गीत बजारमा आएको थियो । सो गीत इमेज अवार्डमा उत्कृटमा पर्न सफल भएको थियो । सङ्गीतकार सुरेश अधिकारीको शब्द र सङ्गीतमा यस अघि सुनिताले ‘कहिले हार कहिले जीत‘’ बोलको साङ्गीतिक सहकार्य गरेकी थिइन भने ‘सुनमाला’ दोस्रो सहकार्य हो । जोयस पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा लक्ष्मि, दृश्य, रोशनी र जोयसलाई फिचरिङ गरिएको छ । विशाल प्रजापतिले छायाँकन गरेको गीतको भिडियोलाई उज्जल ढकालले सम्पादन गरेका हुन् । भिडियो हेर्नुहोस ः “ए मेरो प्यारो परदेशी” Ye Mero Pyaro Pardeshi – Sunita Karki | New Nepali Song 2019/2076

आठौं एनएमबि बैंक हेरिटेज वाक सम्पन्न

काठमाडौं । एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्ष्यमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरेका हुन् । बैंकले विगत वर्षहरु देखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ । हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भूनाथमा पुगि समापन भएको थियो । स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे थियो । साथै, बैंकले आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कार्यालयहरु मार्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत संचालन गरेको छ ।

मेलिना राई र कुलेन्द्र वि.कको नयाँ गीत ‘दश तले घर’ सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र गायक कुलेन्द्र वि. कको नयाँ गीत सार्वजनिक भएको छ । लोकप्रिय सर्जक मुकुन्द पौडेलको शब्दमा र चर्चित गायक कुलेन्द्र वि.कको संगीतमा सो लोकगीत बजार ल्याएको हो । अभिनयमा सुनिल लामिछाने र अन्जली अधिकारीलाई देख्न सकिन्छ । कुलेन्द्र वि.कको ‘सालको पातको टपरी हुने’ पछिको यो लोकगति बजारमा ल्याएका मेलिना राईको ‘पान खायो मायाले’ पछिको अर्काे नयाँ गति रहेको हो । गीतको शब्दमा नेपाली समाजको चर्चा तथा परिचर्चा गरेका पाइनछ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको सो म्युजिक भिडियोलाई क्यामेरामा कैद् सुरेश श्रेष्ठ गरेका हुन् । गोरखा म्युजिक प्रा.लिबाट साे गीत उत्पादन गरिएको हो । म्युजिक भिडियो हेर्न तल क्लिव गर्नुहोस् । https://www.youtube.com/watch?v=ivuyw5vG_zI