चलचित्र ‘जाइरा’को पोस्टर नम्रताको जन्मदिनमा सार्वजनिक

काठमाडौं । चलचित्र ‘जाइरा’ को पोस्टर अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो ३३ औं जन्मदिनको सार्वजनिक गरे । भाद्र ६ गतेदेखि देशभर प्रदर्शन हुने भनिएको चलचित्र ‘जाइरा’को टिमले अभिनेत्री श्रेष्ठको जन्म दिनसँगै पोस्टर सार्वजनिक गरेको हो । उक्त पोस्टरमा फोकस्ड रहेकी श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको सो चलचित्रमा ‘लभ गर्ल’ को भुमिकामा रुचाइएकी नम्रता श्रेष्ठको विशेष भुमिका रहेको बताईन । जन्मदिनको अवसरमा केक काट्दै भन्छिन् ‘मैले मेरो भुमिकालाई शतप्रतिशत दिन सकिनँ भने दर्शकलाई थाहा हुन्छ, त्यसैले राम्रो अभिनय गर्ने प्रयास गर्छु । हरेक भुमिका चुनौतीपूर्ण र फिल्म ड्रिम प्रोजेक्स लाग्छ ।’ आफुले पुरानो पहिचान मेट्दै नयाँ कार्य गर्ने प्रयास गरिरहेको बताईन । उक्त चलचित्रको अभिनयमा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरलाई देख्न सकिन्छ ।

३ घण्टा बढी काम गर्दैन सनक्रिम, गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी: डा. स्मृति श्रेष्ठ

काठमाडौं। झरीको मौसम होस् वा चहकिलो घाम लागेको दिन, जाडो होस् वा गर्मी केही समय बाहिर बिताउँदा तपाईको संवेदनशिल छालालाई असर गर्ने गर्दछ। हामीलाई पहिलैबाट सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ भन्ने सुन्दै आएका छौं तर अझै पनि यसले कसरी काम गर्छ र हाम्रो छालालाई कसरी बचाउँछ भन्ने कुरामा हामी अस्पस्ट छौं। घाममा हाम्रो छालाको मिल्ने साथी भनेर सनस्क्रिनलाई भनिन्छ। सनस्क्रिन क्रिमको प्रयोगले छालालाई धेरै हदसम्म घामका नकरात्मक विकिरणको प्रभावबाट बचाउँछ। घामका किरणहरु देखिने र नदेखिने हुन्छन्। त्यसमा धेरै मात्रामा युभी रे हुने गर्दछ। यि विकिरणहरुले सिधै छालाको बाहिरी सतहलाई असर पार्दै छालाको कोशीकाहरुको बिकास दरमा प्रभाव पार्दछ। घामको किरण र छाला सम्पर्कमा आउँदा छाला डड्नुको साथै पछि गएर छाला चाउरिने, बिग्रिने र छालाको क्यान्सर पनि हुनसक्ने सम्भावना हुन्छ। हाम्रो छाला हाम्रो शरीरको संवेदनशिल भाग हो। घामको प्रत्यक्ष प्रभाव जहिले पनि छालालाई परिरहेको हुन्छ। लामो समयसम्म घामसँग छाला सम्पर्कमा रहँदा छालामा रातो डाबरहरु देखिने, चिलाउने, फोका जस्तो आउने गर्दछ। कसरी सनस्क्रिन क्रिम छान्ने ? बजारमा धेरै संख्यामा विभिन्न ब्राण्डका सनस्क्रिन क्रिमहरु पाइने गर्दछ। त्यसमा कुन हाम्रो छालाको लागि उपयुक्त हुन्छ भन्ने हामीले प्रयोग गरेपछी मात्र थाहा पाउन सक्छौं। त्यसमाथी बजारमा नक्कली ब्राण्डका ब्युटी प्रडक्ट छ्यापछ्यापती पाईन्छन् जसकारण हामी अझै धेरै सजक रहनुपर्छ। यसमा हाम्रो राम्रो छनोट हुन सक्छ मेडिकेटेड सनस्क्रिन क्रिम। यो सजिलै औषधी पसलमा पाउन सकिन्छ। तपाईले औषधी पसलको मानिससँग आफ्नो छालाको प्रकारको बारेमा बुझेर त्यही अनुरुप म्र्डिकेटेड सनस्क्रिन प्रयोग गर्न सक्नुहुन्छ। मेडिकल सनस्क्रिनमा किन्दा हामीले उक्त सनस्क्रिनमा भएको तत्वो र त्यसको एसपिएफ हेर्नुपर्ने हुन्छ। एसपिएफ भन्नाले घामको संरक्षण कारक ब्र्टिस असोसेसियन अफ डर्मेटोलोजिस्टको अनुसार एउटा सनस्क्रिनको एस्पिफ कम्तिमा पनि ३० भन्दा कम एसपिएफको प्रयोग नगर्नु भन्दछ। यस्तै एसपिएफ ५० भन्दा माथिका बजारमा पाईने सनस्क्रिन क्रिमको प्रयोग नगर्न छाला रोग बिशेषज्ञहरु बताउँछन्। धेरै सनस्क्रिनहरुले प्रयोग गरेको आधाघण्टामा आफ्नो काम गर्न थाल्दछ भने केहीले प्रयोग गरेको ५ मिनेटमै आफ्नो काम सुरु गर्दछ। यस्तै कुनै पनि सनस्क्रिन क्रिमले ३ घण्टा भन्दा लामो समय काम भने गर्दैन। त्यसैले दिनमा ३ पटक समय मिलाएर हामीले सनस्क्रिन आफ्नो छालामा प्रयोग गर्नुपर्छ। यो एक पटक लाउँदा आदा चम्चा देखी एक चम्चा लगाउनु पर्दछ। यो अन्य मोस्टराईजर क्रिम जस्तो थोरै प्रयोग गरेर काम गर्ने क्रिम भने होईन। साथै कुनै पनि सनस्क्रिन पूरा सुरक्षा भने होईन त्यसैले घरबाहिर जाँदा जहिले पनि तपाई छालामा सनस्क्रिन र हातमा छाता बोकेर निस्किनुहोला। गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी तपाईको छालाको रङले तपाईको छालालाई घामको किरणले कत्ति असर गर्छ र गर्दैन भन्ने निर्घारण गर्दछ। सबै प्रकारको छालालाई घामका विकिरणहरुले प्रभाव पार्ने भएता पनि गोरो छाला भएका मानिसलाई कालो छाला भएका मानिसको दाँजोमा बढी प्रभाव पार्ने गर्दछ। कालो छालामा मेलानोसाईट्स भन्ने तत्वो बढी हुनेगर्छ जसले मेलानिन उत्पादन गर्दछ। मेलानिन यस्तो तत्वो हो जसले युभी रे हरुलाई रोक्ने गर्दछ जसकारण कालो छाला भएका मानिसहरु घाममा सजिलै डढ्छन् तर घामको विकिरणको प्रभाव कम हुने गर्दछ। मेलानिन बढी भएको कारण कालो छाला भएका मानिसहरुको गोरो छाला भएका मानिसको दाँजोमा कम चाउरी पर्ने र क्यान्सर हुने सम्भावना कम हुन्छ। ( छाला रोग बिशेषज्ञ डा. स्मृति श्रेष्ठसँगको कुराकानीमा आधारित )

इन्टरनेट सेवाको मूल्य नबढ्ने, यस्ता छन् मन्त्री परिषद्का १४ निर्णय

काठमाडौँ । सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट(लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय गरेको छ । विहीबार मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले विभिन्न ४ देशका लागि राजदूत शिफारिस लगायतका १४ वटा निर्णय सुनााए । यस्ता छन् निर्णयः १. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ । २. सार्वजनिक खरिद (सातौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ । ३. इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट(लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय गरिएको छ । ४. सिरहा भन्सार कार्यालय विस्तारका लागि थप ४ विगाहा र ठाढी भन्सार कार्यालय विस्तारका लागि २ विगाहा ११ कट्ठा १४ धुर क्षेत्रफलको जग्गा प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम स्वीकृति प्रदान गरिएको छ । ५. देहायको अवसरमा स्मारिका सिक्का टक्मरी गरी चलन–चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइएको छ– क) धितोपत्र बोर्डको रजत जयन्ती ख) शिख धर्मका संस्थापक गुरू नानकको जन्म जयन्ती ग) वाङ्मय शताव्दी पुरूष सत्य मोहन जोशीको सतवार्षिक जन्मोत्सव । ६. नेपाल–कम्बोडिया व्यापार तथा लगानी सम्बन्धी संरचनात्मक सम्झौता स्वीकृत गरिएको छ । ७. काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा न्याय परिषद्को सिफारिस बमोजिम उच्च अदालत, पाटनका माननीय न्यायधीश श्री मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णय गरिएको छ । ८. जि–टु–जी (सरकार–सरकार) प्रक्रियाबाट भारत सरकारसँग युरिया र डिएपी मल खरिद गर्न स्वीकृति दिइएको छ । ९. नेपाल प्रहरी महानगरीय प्रहरी प्रभाग–कमलपोखरी, काठमाडौंलाई हालको कामनपा मालिगाउँस्थित ‘शिक्षाको लागि खाद्य कार्यक्रम’को भवन र परिसरमा स्थानान्तरण गरी भोगाधिकार प्रदान गर्ने र सानोठिमी, भक्तपुरस्थित शिक्षा परिसरमा रहेको साविक शैक्षिक जनशक्ति विकास केन्द्रको भवन (हाल राष्ट्रिय युवा परिषद् रहेको भवन) र परिसरको आधामा राष्ट्रिय युवा परिषद् र बाँकीमा ‘शिक्षाको लागि खाद्य कार्यक्रम’को कार्यालय सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ । १०. अध्यागमन कार्यालय, बेलहिया, भैरहवाको र प्लान्ट क्वारेन्टाइन कार्यालयका सरकारी जग्गालाई एकीकृत गरी सो जग्गामा एकीकृत रूपमा अध्यागमन कार्यालय र प्लान्ट क्वारेन्टाइन कार्यालयसमेत रहने गरी भौतिक पूर्वाधार विकास गर्ने निर्णय गरिएको छ । ११० राजदूत नियुक्तिका लागि निम्न बमोजिम सिफारिश गरिएको छ– क) डा. वंशिधर मिश्र– बंगलादेश ख) डा नारदनाथ भारद्वाज– कतार ग) महेशराज दाहाल– अष्ट्रेलिया घ. दावा फुटी शेर्पा– स्पेन । १२. प्रस्तावित नेपाल वन निगम लिमिटेड स्थापना र सञ्चालन गर्न स्वीकृति दिइएको छ । १३. एकीकृत स्वास्थ शिक्षा सम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको छ । १४. संयुक्त अरव इमिरेट्स सरकार र मौरिसस सरकारसँग MOU मा हस्ताक्षर गर्न नेपाल सरकारका तर्फबाट माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई अख्तियारी दिइएको छ ।