मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सूर्यप्रसाद वराललाई क्षेत्रीय कार्यालय पोखराका प्रमुख वावुराम ढकाल, बुढिबजार शाखाका प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु वैंकिङ्क प्रमुख धु्रवराज घिमिरे र पोखरा–२७, का वडाध्यक्ष धनवहादुर नेपालीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम रु. २७३,९८३/–(दुई लाख त्रिहत्तर हजार नौ सय त्रियासी रुपैयाँमात्र) र काजकिरिया खर्च रु ५,०००/– (पाँचहजार मात्र ) समेत गरी रु.२७८,९८३/– (अक्षरुपी दुई लाख अठहत्तर हजार नौ सय त्रियासी रुपैयाँमात्र) बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकले भक्तपुरको कमलबिनायकमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा असोज १५ गते आन्ट्रप्रन्योर नेपालसँग सहकार्य गर्दै भक्तपुरको कमलबिनायकमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको हो । कार्यक्रममा त्यस क्षेत्रका ४० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।

लालीगुराँस बहुउद्देश्यीय सहकारीले मनायो २१ औँ वार्षिकोत्सव

ललितपुर । पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औ वार्षिक उत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही ,सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाद्वारा केक काटेर वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र शृयर सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१औ वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडि बढाउदै लैजाने बताए । संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए । २० वर्ष पूरा गरेको संस्थाले गएको वर्ष उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ९७औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नं.३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो । यो अवधीमा ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । चालु वर्ष भित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगंज, भक्तपुरको सुर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ । यसैबीच संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालिगुँरास मा.वि.मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, विभिन्न समिति र उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारी तथा शेयरसदस्य गरी जम्मा ५० जनाले रक्तदान गरेका थिए । सोही अवसरमा लालीगुँरास अस्पतालले निःशुल्क स्वाथ्य शिविर संचालन गरेको थियो ।