मार्जिन कारोबारको अर्को गाँठो फुक्यो, छुट्टै डिम्याट खोल्न नियमावली स्वीकृत
काठमाडौं । मार्जिन कारोबारमा देखा परेको अर्को कानुनी जटिलता अन्त्य भएकोे छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र केन्द्रिय सेवा नियमावली २०६८ मा संसोधन गरी त्यस्तो जटिलता अन्त्य गरेको हो । यो सँगै मार्जिन कारोवारका लागि छुट्टै हितग्राही खाता (डिम्याट) खोलेर अघि बढ्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बाटो खुलेको छ । अब सिडिएससीले मार्जिन कारोबारको लागि छुट्टै हितग्राही खाता खोल्ने व्यवस्था गर्नुपर्ने छ । सो खाताको आधारमा धितोपत्र दलाल (ब्रोकर) हरुले आफ्ना ग्राहकहरुसँग मार्जिन कारोबार गर्न पाउँने छन् । नियमावली स्विकृत भएसँगै मार्जिन कारोबार प्रकृया अघि बढ्ने र यसले पूँजी बजारको दायरा बृद्धी हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने विश्वास बोर्डले व्यक्त गरेको छ । मार्जिन कारोवार संचालनका लागि लगानीकर्ताहरुले निरन्तर दवाव दिँदै आएपनि धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैक, सिडिएससी जस्ता संस्थाहरुबीच समन्वय नहुँदा यो प्रकृया वर्षौ देखि अड्किएको थियो । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिफारिसमा नेपाल राष्ट्र बैकले केही ब्रोकरहरुलाई मार्जिन कारोबार गर्न स्विकृती दिइ सकेको छ ।
३ अंकले बढ्यो नेप्से, ४३ करोडको कारोबार
काठमाडौ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परिसूचक ३.८७ अंकले बढेको हो । ०.३२ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९४.७७ बिन्दुमा पुगेको हो । बिहिबार सेयर बजारमा १६८ कम्पनीले कारोबार गरेका छन् । १४ लाख २२ हजार १ सय १२ कित्ता सेयर किनबेच हुँदा ४३ करोड ६४ लाख ४४ हजार ६ सय ८८ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेका सबै ३ सूचक राता देखिएका छन् । वित्तीय समूह ३.६, उत्पादन मूलक समूह १९.४५, र अन्य समूह २.१४ अंकले घटेका छन् । बैक समूह ६.१, होटल समूह ६.४२, विकास बैक समूह ३.१७, जलविद्युत समूह ४.३, निर्जीवन बीमा समूह २५.२ , माईक्रो फाइनान्स समूह २.८१, जीवन बीमा समूह ८.३९ र म्यूचुअल फण्ड समूह ०.०९ अंकले घटेका छन । पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ३.४२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
१.३३ अंकले घट्यो नेप्से, २७ करोडको कारोबार
काठमाडौ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १.३३ अंकले घटेको हो । ०.११ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९६.४१ बिन्दुमा पुगेको हो । बिहिबार सेयर बजारमा १७० कम्पनीले कारोबार गरेका छन् । ९ लाख ७५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २७ करोड ७३ लाख ५९ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको छ । बजार घटेका दिन नेप्सेका सबै २ सूचक हरियो देखिएका छन् । बैक समूह ०.८६ र विकास बैक समूह २.९ अंकले बढेका छन् । ट्रेडीङ्ग समूह २.३७, होटल समूह ०.०७, जलविद्युत समूह ३.०४, वित्तीय समूह १.६९, निर्जीवन बीमा समूह १०.७१, उत्पादन मूलक समूह ३२.२२, अन्य समूह ०.१५, माईक्रो फाइनान्स समूह १.८४, जीवन बीमा समूह ५०.२४ र म्यूचुअल फण्ड समूह ०.०२ अंकले घटेका छन । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, युनाइटेड फाइनान्स लिमिटेड लगानीकर्ताले ६.४१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।