साउन २८ गते लक्ष्मी भ्यालु फण्ड १ को इकाईधनी दर्ता किताब बन्द हुने

काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड १ ले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन २८ गते १ दिनको लागि इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ । लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ ले आव २०७५/७६ का लागि इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने यस अघि नै घोषणा गरी सकेको छ ।

गुराँस लाइफले हकप्रद सेयर निष्काशन गर्ने, एनएमबी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीको २०७५ चैत २१ गते सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्तापुँजी रु. २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्तापुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरी सकिएको कम्पनीले जनाएको छ ।

४ अंकले घट्यो नेप्से, ४४ करोडको कारोबार

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गरिरावट आएको छ । नेप्से परिसूचक ४.५५ अंकले घटेको छ । ०.३६ प्रतिशतले घट्दा नेप्से परिसूचक १२५५.०९ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३२ लाख ५ हजार ४ सय ८१ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका २ सूचक मात्र हरियो देखिएका छन् भने अन्य सूचक राता छन् । बैक समूह २.८३, होटल समूह ३.८६, विकास बैक समूह ३.४४,जलविद्युत समूह १.८२, वित्तीय समूह ३.५२, उत्पादन मूलक समूह १६.०९, अन्य समूह २.९१, माईक्रोफाईनान्स समूह २७.०२, जीवन बीमा समूह २१.८४ अंकले घटेका छन् । निर्जीवन बीमा समूह ३.४९ अंकले बढेका छन् भने म्युचुअल फण्ड समूह ०.११ अंकले बढेका छन् । स्वाभिमान लघु वित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै आर्जन गरेका छन् । त्यस्तै, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।