बेष्ट फाइनान्सको ८ लाख कित्ता हकप्रद सेयर लिलामीमा, माघ १० गते अन्तिम दिन
काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले साविक सिनर्जी फाइनान्स लिमिटेडतर्फको संस्थापक र सर्वसाधरणतर्फको बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाको कूल ८ लाख ५ हजार ८४.४७ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न बिक्री गर्न सर्वसाधारणका लागि आवेदन खुल्ला गरेको छ । हकप्रद सेयर खरिदका लागि पुस ११ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने बताइएको छ । कम्पनीले असार २५ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर जारी गरी आवेदन माग गरेकोमा पुर्ण आवेदन नगरेपछि कम्पनीको संस्थापकतर्फ ५ लाख ५७ हजार ७ सय ७४ दशमलब ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४७ हजार ३ सय ९ दशमलव ९० कित्ता लिलाम बिक्रीका लागि सुचना जारी गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । कम्पनीले सेयरको न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको हुँदा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम सय कित्ता र अधिकतम सम्पुर्ण कित्ताका लागि कम्पनीको सम्पुर्ण शाखा र बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
लाभांश पाउने भएपछि सांग्रिलाका लगानीकर्ता खुसी, सेयर मूल्य ५ प्रतिशतले बढ्यो
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीलाई ९.५० लाभांश वितरण गर्ने भएपछि सेयरधनीहरु खुसी देखिएका छन् । लाभांश घोषणापछि बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य ५ प्रतिशतसम्मले बढेको छ । बोनस घोषणा लगत्तै कम्पनीको सेयर मूल्य बढ्नुले लगानीकर्ताहरु खुसी भएको भन्ने बुझिन्छ । त्यस्तै, बुधबारको कारोबारमा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता १४५ रुपैयाँसम्म पुगेको छ । मंगलबार प्रतिकित्ता १३७ रुपैयाँमा कारोबार भएको बैंकको सेयर मूल्य बुधबार २ बजेसम्म ५ प्रतिशतले बढेर प्रतिकित्ताँ १४४ रुपैयाँसम्म पुगेको छ । बजारमा उक्त डेभलपमेन्ट बैंकको सेयर बच्नेको भन्दा किन्नेको बढी चाप देखिएको छ । बैंकले बुधबार सूचना जारी गर्दै सेयरधनीलाई ४ प्रतिशत बोनस र ५.३० प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । डेभलपमेन्ट बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । ४ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ ।
लिवर्टी इनर्जी कम्पनीले साढे ३७ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । लमजुङ जिल्ला स्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय तथा सर्वसाधारणको लागि कुल ३५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले सो मात्राको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले उक्त पुँजीको १० प्रतिशतका दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता सेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई बिक्री गर्ने छ । त्यस्तै, थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको सेयर जारी गरी बाँडफाँट गरे पश्चात कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ हुने कम्पनीले बताएको छ । यस कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिका (साविकफलेनी र ढोडेनीगा.वि.स) मा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सो को फिनिसिङ कार्य भईरहेको, पेनस्टक पाईप राख्ने काम अन्तिम चरणमा पुगिसकेको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रो मेकानिकल उपकरणहरु साईटसम्म ढुवानी भईरहेको तथा जडानको लागि समेत तयारी भईरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको काम हालसम्म करीब ८५ प्रतिशत सम्पन्न भई सकेको छ । साथै, आगामी चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।