काठमाडौ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परिसूचक ३.८७ अंकले बढेको हो । ०.३२ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११९४.७७ बिन्दुमा पुगेको हो । बिहिबार सेयर बजारमा १६८ कम्पनीले कारोबार गरेका छन् । १४ लाख २२ हजार १ सय १२ कित्ता सेयर किनबेच हुँदा ४३ करोड ६४ लाख ४४ हजार ६ सय ८८ रुपैयाँको कारोबार भएको छ ।
बजार बढेको दिन नेप्सेका सबै ३ सूचक राता देखिएका छन् । वित्तीय समूह ३.६, उत्पादन मूलक समूह १९.४५, र अन्य समूह २.१४ अंकले घटेका छन् ।
बैक समूह ६.१, होटल समूह ६.४२, विकास बैक समूह ३.१७, जलविद्युत समूह ४.३, निर्जीवन बीमा समूह २५.२ , माईक्रो फाइनान्स समूह २.८१, जीवन बीमा समूह ८.३९ र म्यूचुअल फण्ड समूह ०.०९ अंकले घटेका छन ।
पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.२८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ३.४२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।