साताको शेयर बजारः एक अर्ब ५४ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा यस साता एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोबार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १७९ दशमलव १७ बिन्दुमा झरेको थियो । उक्त दिन कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.८६ बिन्दुले घटेर एक हजार १६८.०६ बिन्दुमा झ¥यो । कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता शेयर ३६ करोड ७७ लाख छ हजार ६३८ मूल्यमा खरीद बिक्री भए । त्यस्तै साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुग्यो । सो दिन कूल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरिद बिक्री भए । गत बुधबार कारोवार मापक नेप्से परिसूचक ४.१५ बिन्दुले बढेर एक हजार १७२.९८ बिन्दुमा पुग्यो । उक्त दिन कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भए । यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक ०।२ बिन्दुले घटेर एक हजार १७२.७८ बिन्दुमा पुगेर बजार बन्द भयो । सो दिन कूल १५८ कम्पनीको आठ लाख ७४ हजार ८४ कित्ता शेयर २६ करोड ८८ लाख ६५ हजार ८०९ मूल्यमा खरीद बिक्री भए ।
शेयर बजारमा सामान्य सुधार, २४ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर १ हजार १ सय ७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन ३१.६ र जीवन बीमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१, विकास बैंक ६.८६, जलविद्युत् ३१.४८, वित्त ०.७९, निर्जीवन बीमा ५८.०६, अन्य ३.३९ र लघुवित्त १२.९९ विन्दुले बढेका छन् । स्टकका अनुसार आज सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले गुमाएका छन् ।
शेयर बजारको केन्द्र बन्दै बुटवल, दैनिक १ करोड बढीको कारोबार
खस्यौली । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ । सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि शेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोवार बढ्न थालेको स्थानीयले बताएका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका साथै बुटवलका विभिन्न दलाल कार्यालयमा शेयर बजारप्रतिको रुचिले बुटवललाई शेयर ‘हब’ का रूपमासमेत बुझ्न थालिएको रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारी बताउँछन् । “बुटवल आर्थिक ‘हब’ को रूपमा स्थापित भइसकेकाले र शेयर बजार बैंकसँग सम्बन्धित भएकाले बुटवलको छनोट भएको हुन सक्छ”, उनले भने । तिवारीका अनुसार प्रदेश नं ५ को अस्थायी राजधानी, पश्चिम क्षेत्रकै व्यापारिक केन्द्र बजार केन्द्रित व्यवसाय भएकाले बुटवलमा शेयर (ब्रोकर) दलाल कार्यालय यस क्षेत्रमा स्थापित भएका हुन् । एशियन सेक्युरिटिज प्रालि, २६ नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारका लागि बुटवल अनुकूल बजार भएकाले शेयर दलाल कार्यालय यहाँ स्थापना भएको उल्लेख गर्दै व्यापारिक केन्द्रसमेत भएकाले पूँजी बजारका लागि बुटवल उदाउँदो बजार हुँदैछ भने । शेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् । शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताइएको छ । यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने बताइएको छ । यस अवस्थामा बजारले करीब छ महिनादेखि एक वर्षसम्मको समय लिन्छ । खासगरी पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफसिजन’ मानिन्छ । अबका केही महीनापछि बजार ‘बुलिस’ हुने बताइएको छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक एक करोड बढीको कारोवार हुने गरेको छ । बुटवलस्थित विभिन्न कलेजका व्यवस्थापन सङ्कायका विद्यार्थी, केही कर्मचारी, प्राध्यापकलगायत शेयर बजारमा अभ्यस्त हुन थालेका छन् । दलाल (ब्रोकर) कार्यालयले यस क्षेत्रमा झण्डै डेढ वर्षदेखि शेयर खरिद तथा बिक्री गर्दै आएका छन् । रासस