मिथिला लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य १२ रूपैयाँले बढ्याे
काठमाडौं । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६४३.३३ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ८९७.६७ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि मंगलबार खुलेको पहिलो कारोबारमा संस्थाको सेयर मूल्यमा वृद्धि भइरहेको छ । करिब एक बजेसम्म संस्थाको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले बढेर ६५६ रुपैयाँमा कारोबार भइरहेको छ । सो दिन प्रतिकित्ता ६४३ रुपैयाँदेखि संस्थाको सेयर कारोबार खुला भएको थियो ।
साेमबारको बजार ११ अंकले हैन, ३ अंकले मात्रै बढेको हो : नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले पुस मसान्तको दिन भएको कारोबारबाट देखिएको परिसूचकलाई समायोजन गरेको छ । अपर तामाकोशीको शेयरमूल्य ५० प्रतिशत वृद्धि भएर कारोबार भएपछि उच्च मूल्यमा बढेको देखिएको परिसूचकलाई सो मूल्य समायोजन गर्दा करिब ११७८.०३ विन्दु कायम भएको छ । सोमबार कारोबार बन्द हुँदा यो अंक करिब ११८६.८० अंक देखिएको थियो । सोमबार भएको कारोबारमा २३५ रुपैंयासम्मको कारोबारलाई मात्र मान्यता दिइएको छ । त्यसभन्दा बढी मूल्यमा भएको कारोबार रद्द गरिएको छ । अपर तामाकोशीको अघिल्लो दिनको क्लोजिङ मूल्य २३५ रुपैंया कायम गरिएको छ ।
नेपाल टेलिकमको ५५ रुपैयाँ नगद लाभांश पारित, माघ १ गतेदेखि नै वितरण गर्ने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रस्तावित ५५ रुपैयाँ नगद लाभांश पारित भएको छ । कम्पनीको पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम लगानीकर्ताले आर्थिक वर्ष २०७४।७५ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ५५ रुपैयाँका दरले नगद लाभांश पाउने भएका छन् । उक्त लाभांश रकम माघ १ गते(भोलि)देखि एनएमबी बैंकमार्फत सेयरधनीहरुलाई वितरण गर्ने सभाले जानकारी दिएको छ । यसैैगरी, सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ. व. २०७५/७६ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ । २०७५ असारसम्ममा मुलुकमा कम्पनीको भ्वाइस सेवामा बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३.६ प्रतिशत पुगेको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए ।