यूनियन लाइफ इन्स्योरेन्सको पनि भोलिदेखि सेयर कारोबार हुने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सोमबार (साउन १८ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘यूएलआई’ दिइएको छ । नेप्सेले इन्स्योरेन्सको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११५.१३ रुपैयाँ र अधिकतम ३४५.३९ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सूचीकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १२ लाख ११ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर साउन १७ गते आइतबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सोमबार (साउन १८ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘एमकेएलबी’ दिइएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११०.८४ रुपैयाँ र अधिकतम ३३२.५२ रुपैयाँ तोकेको छ । यससँगै भोलिको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको नक्सालस्थित एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । हाल जारी भईरहेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । सेयरमा माग बमोजिमको आवेदन नपरेकोले सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आवेदन दिने म्याद थपेको हो । उक्त सेयरको निष्काशन बिक्री छिटोमा आज(साउन १७ गते) भित्र बन्द गरिने व्यवस्था रहेको थियो । तर माग बमोजिम आवेदन नपरेकोले अब आगामी साउन ३१ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन पाइने छ । कम्पनीले स्थानीय समूहको लागि कूल ६० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिरहेकाे छ । जसमा स्थानीयले न्यूनतम ५० र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जनाएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सक्नेछन् । यसका अलावा ईसेवा, आईएमई पेको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट आवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स र साविक मानेश्वरा गा.वि.स) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि सेयर निष्काशन गरेकाे हाे ।