फर्वाड माइक्रोफाइनान्सले पायो ६ करोड रुपैयाँको आइपिओ निष्कासन गर्ने अनुमति

काठमाडौं, २० पुस । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्सले सर्वसाधारणका लागि ६ करोड रुपैयाँ बराबरको साधारण शेयर अर्थात आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई १०० रुपैयाँ बराबरको ६ लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो । सो मात्राको आइपिओ जारी पश्चात कम्पनीमा साधारण सेयरधनीको सेयर स्वामित्व ३० प्रतिशत र संस्थापकको ७० प्रतिशत कायम हुनेछ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्लाई बिक्री प्रबन्धक तोकेको छ । हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको आइपिओ पश्चात बैंकको पूँजी २० करोड रुपैयाँ पुग्ने छ ।

गरिमा विकास बैंकले २० प्रतिशत बोनस दिने, चुक्ता पूँजी एक अर्ब २९ करोड रुपैयाँ नाघ्ने

काठमाडौं, २० पुस । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले सो मात्राको बोनस पोउने छन् । हाल बैंकको चुक्ता पूँजी एक अर्ब आठ करोड रूपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी एक अर्ब २९ करोड रुपैयाँ नाघ्नेछ ।

प्राइम कमर्सियल बैंकको वार्षिक साधारणसभा माघ १२ गते, पुस २८ गतेदेखि बुक क्लोज

काठमाडौं, १९ पुस । प्राइम कमर्सियल बैंकले आफ्नो ९औं वार्षिक साधारणसभा आगामी माघ १२ गते बोलाएको छ । सो प्रयोजनको लागि पुस २८ गतेदेखि माघ १२ गतेसम्म बैंकको बुक क्लोज रहने बैंकले जनाएको छ ।