नेपाल बैंकको हकप्रद निश्काशन गर्न बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त

काठमाडौं, ५ माघ । नेपाल बैंकले २३ दशमलब ७४ प्रतिशत हकप्रद सेयर निश्काशन गर्न लागेको छ । उक्त सेयर निष्काशनका लागि बैंकले निश्काशनकर्ता तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । बुधबार सम्पन्न सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार सिभिल क्यापिटलले बैंकको हाल कायम चुक्ता पूँजीको २३ दशमलव ७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम प्रति एक सय कित्ता बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रहेको छ । सो मात्राको हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैंया पुग्नेछ ।

प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रदको लागि माग्यो धितोपत्र बोर्डसँग अनुमति

काठमाडौं, ४ माघ । प्रभु इन्स्योरेन्सले ५० प्रतिशत (अर्थात २ बराबर १ को अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत पुस २९ गते नै बोर्डसँग शेयर निष्काशनको लागि अनुमति मागेको हो । इन्स्योरेन्सले १९ करोड २५ लाख ७ हजार रूपैयाँको १९ लाख २५ हजार कित्ता हकप्रद शेयर ल्याउन लागेको हो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३८ करोड ५० लाख १५ हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर १०७३ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार मात्र एनएमबि हाईब्रिड फण्ड एल-१ को १० करोड इकाइ नेप्सेमा सूचीकृत

काठमाडौं, ३ माघ । एनएमबि हाईब्रिड फण्ड एल-१ को १० करोड इकाइ नेप्सेमा सूचिकृत भएको छ । सोमबार मात्र यो फण्डको १० करोड इकाइ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको हो । एनएमबि हाइब्रिड फण्ड एल-१ को अब एक सातापछि मात्र दोस्रो बजारमा कारोबार शुरु हुनेछ । यसको फण्ड व्यवस्थापनको काम एनएमबी क्यापिटल लिमिटेडले गर्दै आएको कम्पनीले जनाएको छ ।