डिप्रोक्स लघुवित्तलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति, बिक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाडौं, १२ माघ । डिप्रोक्स लघुवित्त विकास बैंकलाई शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले २५ करोड ७९ लाख २३ हजार ८४५ रुपैयाँको २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले उक्त सेयर निष्कासनको लागि नविल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं, १२ माघ । स्ट्याण्डर्ड चाटर्ड बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । बैंकले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले एनएमबी क्यापिटल मार्फत एफपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

नबिल इक्विटी फण्डको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत

काठमाडौं, १० माघ । नबिल इक्विटी फण्डको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचिकृत भएको छ । सोमबार मात्र यो फण्डको सो मात्राको इकाइ नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको छ ।