आशा लघुवित्तको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर निष्कासन तथा कम्पनीको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । आइतबार सम्पन्न नियुक्ति सम्बन्धी सम्झौतामा आशा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल तथा शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका तर्फबाट महा-प्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात प्रभु क्यापिटलमार्फत कम्पनीले ३ लाख कित्ता कित्ता ३ लाख कित्ता कित्ता शेयर निष्काशन गर्ने भएको छ । सो मात्राको आइपीओ पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ ।

नेप्से परिसूचक २४ अंकले ओरालो, होटल बाहेक सबै सूचक राताम्मे

काठमाडौं । आइतबारको नेप्से परिसूचक २४ अंकल ओरालो लागेर १३९०.५८ अंकमा अडेको छ । कारोबार खुलेको करिब २ घण्टामा करिब ३० अंकले घटेको बजार त्यसपछिको कारोबारमा भने परिसूचकलाई केही टेवा पुगेको हो । दोहोरो अंकले घटेको बजारमा ५८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १५८ कम्पनीको १८ लाख २५ हजार कित्ता सेयर किनबेच भएका छन् । आइतबार होटल समूह बाहेक अन्य समूहका परिसूचक राताम्मे भएका छन् । सो दिन बीमा समूहको ८३, अन्य समूहको ५५, माइक्रोफाइनान्सको ३७, विकास बैंक र बैंकिङको १६/१६ अंकले र हाइड्रोको १२ अंकले परिसूचक ओरालो लागेका हुन् । होटल समूहको भने सामान्य ४ अंकले बजार उकालो लागेको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी पोखरा फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् ।

ग्रीन डेभलपमेन्ट बैंकको ४ सय प्रतिशत हकप्रद सेयर माघ २ देखि

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले माघ २ गतेदेखि फागुन ८ गतेसम्म एक सय रुपैंयाँ मूल्यका १ः ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । पुस १६ गतेअघि सेयर खरिद गरेका लगानीकर्ताहरुले हकप्रद सेयर पाउनेछन् । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।