नेरुडे लघुवित्तले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, फागुन ३० गते बुक क्लोज
काठमाडौं । नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले एक सय अंकित मूल्य बराबरको ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । सो प्रयोजनको लागि आगामी फागुन ३० गते कम्पनीको बुक क्लोज हुने छ । बैंकले सो मात्राको हकप्रद निष्कासन गर्न कमलपोखरीमा रहेको एनसिएम मर्चेन्ट बैंकिङ्लाई जिम्मा दिएको छ ।
डिप्रोक्स लघुवित्तको २५ लाख कित्ता हकप्रद सेयर निष्कासन, चैत ७ गतेबाट आवदेन दिन पाइने
काठमाडौं । चितवनमा केन्द्रिय कार्यालय रहेको डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले एक सय रुपैयाँ अंकित यो सेयर बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख २३ हजार ८४५ को सत् प्रतिशत रहेको उल्लेख छ । यो बैंकले एक सेयर बराबर नयाँ अर्को एक अर्थात सत् प्रतिशतको हकप्रद जारी गरेको छ । यो बैंकले आगामी चैत्र ७ गतेबाट आवेदन दिन पाइने व्यवस्था गरेको हकप्रद सेयरको वैशाख १० गतेसम्म आवेदन दिन पाइने जानकारी दिएको छ । यो बैैंकको यही फागनु २ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार भएका सेयरधनिले मात्रै हकप्रदको लागि आवेदन दिन पाइने उल्लेख छ । यसको धितोपत्र निष्कास तथा बिक्री प्रवन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ हो । यसको हकप्रद सेयर खरिदको लागि नबील बैंकको नक्साल र सम्बन्धित बैंकको जुनसुकै शाखाबाट पनि आवेदन दिन सकिने उल्लेख छ ।
सेयर बजार राताम्मे, नेप्से परिसूचक २४ अंकले ओरालो, २५ करोडको सेयर कारोबार
काठमाडौं । आइतबारको सेयर बजार पनि राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक २४ अंकले ओरालो लागेर १३१३ अंकमा झरेकोे छ । परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन बजारमा जम्मा २५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा करोबार भएका सबै परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६८ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य र होटल समूहको परिसूचक क्रमशः ४१ र २९ अंकले ओरालो लागेका छन् ।