सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्काशन गर्दै, फागुन २६ गते बुक क्लोज

काठमाडौं । सिटिजन्स बैंकल इन्टरनेशनलले सेयरधनीलाई २५ प्रतिशत(१० बराबर २.५ अनुपातमा) हकप्रद निष्काशन गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन २६ गते बैंकको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त निर्णय कम्पनीको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

स्ट्याण्डर्ड चार्टड बैंकको एफपीओ चैत १ गतेदेखि खुला, प्रतिकित्ता मूल्य १२९० रुपैयाँ

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको थप नयाँ साधारण सेयर(एफपीओ) चैत १ गतेदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले ३ अर्ब ३० करोड ६ सय रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो । प्रिमियम सहित कम्पनीको एफपीओको मूल्य प्रतिकित्ता १२९० रुपैयाँ तोकिएको छ । उक्त सेयरका लागि सर्वसाधारणले चैत ४ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको बैंकले जनाएको छ ।

मिसन डेभलपमेन्ट बैंकको १९ लाख कित्ता हकप्रद सेयर बिहिबारदेखि

काठमाडौं । मिसनल डेभलपमेन्ट बैंककको शतप्रतिशत हकप्रद सेयरको आवेदन खुल्ला भएको छ । बैंकले बिहिबारदेखि एक बराबर एक कित्ताको हकप्रद सेयरको निष्काशन शुरु गरेको हो । बैंकले १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । मिसनको हकप्रद सेयर बैशाख ६ गतेसम्म भर्न पाइनेछ । बैंकले बिभोर क्यापिटल कृष्णगल्ली ललितपुर र बिभोर डेभलपमेन्ट बैंकको डिल्ली बजार कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।