गरिमा विकास बैंकले ७० प्रतिशत हकप्रद निष्कासन गर्दै, चैत ३० गते बुक क्लोज

काठमाडौं । गरिमा विकास बैंकले सर्वसाधारणकोलागि ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी चैत ३० गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २९ करोड ६६ लाख रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी २ अर्ब २० करोड ४२ लाख रुपैयाँ नाघ्ने छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ४६५ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

नेपाल बै‌कको १ करोड ५४ लाख कित्ता हकप्रद निष्कासन, वैशाख ७ गतेबाट आवेदन खुला

काठमाडाै‌ । नेपाल बैंक लिमिटेडले १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैैंकले प्रति साधारण सेयर १ सय रुपैयाँ अंकित यो हकप्रद सेयर एक सय वटा सेयर बराबर २३ दशमलव ७४ ( १००ः २३.७४) कित्ता दिने भएको छ । यसको हकप्रद सेयरको आवेदन आगामी बैशाख ७ गतेबाट जेठ १० गतेसम्म दिन पाइने उल्लेख छ । बैंकले हालयको ६ अर्ब ४९ करोड ९४ लाख ७८ हजार २०० रुपैयाँको चुक्ता पुँजीमा २३ दशमलव ७४ प्रतिशतका दरले हकप्रद जारी गरेर पुँजी वृद्धि गर्न लागेको हो । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड हो । यसको हकप्रद सेयरको लागि सिभिल क्यापिटल सुन्धारा र बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने उल्लेख छ । यो बैंकको हाल बजारमा प्रति कित्ता सेयरको ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेप्सेमा ५ करोड ३६ लाख कित्ता सेयर थपियो, सबैभन्दा बढी बोनस सेयर

काठमाडौं । सोमबार मात्रै नेपाल स्टक एस्चेञ्ज(नेप्से)मा ५ करोड ३६ लाख १४ हजार ९९५ कित्ता सेयर थपिएको छ । सो दिन ७ वटा कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर थपिएका हुन् । बजारमा सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएको छ । सो दिन बोनस सेयर मात्रै ३ करोड ४२ लाख ९२ हजार २९५ कित्ता सेयर सूचिकृत भएको छ । साथै, १ करोड ९३ लाख २२ हजार ७०० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।                                         सोमबार सूचिकृत ७ कम्पनीको सेयर