सानिमा बैंकको १ करोड ५९ लाख कित्ता हकप्रद निष्कासन, १० कित्ता हुनेले ३ कित्ता हकप्रद पाउने
काठमाडौं । सानिमा बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अंकित १ करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैैंकले १० कित्ता सेयर बराबार ३ कित्ता (१०:३ को अनुपातमामा) सेयर दिने गरी हकप्रद निष्कासन गरेको हो । यो बैैंकले ५ अर्ब ३० करोड ५८ लाख ७२ हजार ३ सय रुपैयाँको चुक्ता पुँजीमा १ अर्ब ५९ करोड रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । यो बैैंकको सेयर आवेदन आगामी बैशाख १७ गतेबाट जेठ २१ गतेसम्म खुला हुने भएको छ । यसको धितोपत्र निष्सकाशन तथा विक्री प्रवन्त्रक सीबीआईएल क्यापिटल लिमिटेड हो । यसको सेयर लागि सीबीआईएल क्यापिटल लिमिटेड डिल्लीबजार, सानिमा क्यापिटल लिमिटेड र सानिमा बैंकका शाखाबाट आवेदन दिन सकिने पनि उल्लेख छ । यो बैंकको प्रतिकित्ता सेयर ४९३ रुपैयाँमा कारोबार भइरहेको छ ।
सेयर बजारमा सामान्य गिरावट, १ अर्ब ४१ करोडको सेयर कारोबार
काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढाव भएको बजारमा नेप्से परिसूचक ५ दशमलब ९८ अंकले ओरालो लागेर १६५१ अंकमा झरेको छ । सो दिन एक अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनसीसी बैंकको १२ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको छ । बजारमा कुल १४३ कम्पनीको २३ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको हो । बजारमा बीमा, अन्य र उत्पादनमूलक समूहको परिसूचक बाहेक कारोबार भएका सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ५१ अंकले ओरालो लागेको छ । बीमा समूहको परिसूचक १५ अंकले उकालो लागेको छ भने अन्य र उत्पादनमूलक समूह स्थिर रहेका छन् ।
नेपाल ग्रामीण विकास बैंकको ९ लाख ७५ हजार कित्ता एफपीओ आउँदै
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले वैशाखभित्र ९ लाख ७५ हजार कित्ता साधारण शेयर अर्थात फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकका रुपमा एनआईर्बील नियुक्त गरेको बैंकका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । एफपीओ निष्कासन तथा बिक्री प्रबन्धका लागि नेपाल ग्रामीण विकास बैंक र एनआएबीएल क्यापिटल मार्केटबीच सम्झौता भएको छ । बैंकले आफ्नो चुक्त पूँजी बढाउन एक सय दरको एफपीओ जारी गर्न लागेको हो । हाल बैंकको ५५ करोड ७५ लाख चुक्ता पुँजी राखेका छ । एफपीओले बैंकको साढे ६५ करोड पुँजी बृद्धि गर्ने छ । चालु आवको अन्त्यसम्म बैंकले एक अर्ब चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ । बैंकमा हाल ४० हजार जनाको सेयर ५५ लाख ७५ हजार कित्ता सेयर रहेको छ । हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको जनाएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पाँच विकास क्षेत्रमा स्थापना भएका साविकका पाँच वटा ग्रामीण विकास बैंकहरु मर्ज भई उक्त बैंक बनेको हो । मर्जर पछि यस बैंकले २०७१ साउन ३० गते देखि आफ्नो एकिकृत कारोबार शुरु गरेको हो ।