सिभिल बैंककोे छैठौं वार्षिक साधारण सभा सम्पन्न, युनिक र हामा मर्चेन्टलाई प्राप्ति गर्ने

काठमाडौं । सिभिल बैंक लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिहीबार सम्पन्न कम्पनीको साधारण सभाले आ.व.२०७२/७३ को नाफाबाट शेयरधनीहरुलाई २.८८% बोनस शेयर तथा कर प्रयोजनको लागि ०.१५१६% नगद लाभांश बितरण गर्ने निर्णय पारित गरेको छ । साथै, सभाले युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई सिभिल बैंकले प्राप्ति गर्ने निणर्य गरेको छ । बोनश शेयर जारी तथा युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको ३० प्रतिशत प्रस्ताव गरेकामा सभाले सो लाई संसोधन गरी ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । साथै हकप्रद शेयर निष्काशन तथा बाँडफाँड गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण काम कारवाही गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सोहि सभाले संस्थापक लगानीकर्ताहरुको समुहको तर्फबाट संचालक समितिमा सृजना शाक्य तामाङ्गलाई बाँकी अवधिको लागी गरेको नियूक्तिलाई अनुमोदन गरेको छ । सभाले पारित गरेको बोनस शेयर प्राप्ति र हकप्रद शेयर पछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूरा हुने बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ३३ अर्ब ८१ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सान्जेन जलविद्युत् आयोजनाको सेयर निष्काशन गर्न सम्झौता

काठमाडौँ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयर बिक्री गर्नका लागि नागरिक लगानी कोष र सह-निष्काशन तथा बिक्री प्रबन्धक कम्पनीबीच सम्झौता भएको छ । यसका लागि नागरिक लगानी कोष र सह-निष्काशन कम्पनी एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभू क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमइ क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सान्जेनले पहिलो चरणको सेयर निस्कासनका लािग छुट्टयाइएको समूह ‘ग’ बमोजिमको ऋण दाता संस्थाका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, समूह ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीका लागि ८७ लाख ६० हजार कित्ता सेयरको लागि सह-निष्काशन कम्पनीबीच सम्झौता भएको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए । रासस

छ्याङ्दी हाइड्रो पावरको ५ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन, ५० देखि २७ सय कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको छ । यो जलविद्युत् कम्पनीको प्रति साधारण सेयर १ सय रुपैयाँ अंकित उक्त सेयरको १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । १३ हजार पाँच सय कित्ता बाहेक ५ लाख २६ हजार ५ सय कित्ताभने सर्वसाधारणको लागि निष्कासन गरेको छ । यसको सेयर आवेदन दिन कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म पाइने उल्लेख छ । यो कम्पनीको सेयर आवेदन आगामी जेठ १४ गतेबाट विक्री खुला हुने भएको छ । सेयरको आवेदन बन्द छिटोमा जेठ १८ गते र ढिलोमा २८ गतेसम्म पुग्ने पनि छ्याङ्दीले जानकारी दिएको छ । यो कम्पनीको सेयर आवेदन गर्न ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसएमसी मर्चेन्ट बैंक, क्यापिटल लिमिटेडहरु एनआई, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो ।