सनराइज बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ४३० रुपैयाँ मात्र

काठमाडौं । सोमबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ रहने छ ।

सिद्धार्थ बैंकले पनि निःशुल्क आस्वा सेवा दिने, जेठ १ गतेदेखि लागू

काठमाडौं । सिद्धार्थ बैंकले निःशुल्क आस्वा सेवा प्रदान गर्ने भएको छ । धितोपत्रको सार्वजनिक निस्काशनमा आवेदन दिँदा ग्राहकहरुले सिद्धार्थ बैंकमा रहेको आफ्नो चल्ती, बचत तथा कल खाताबाट आश्बा प्रणाली मार्फत सहज, सरल र सुरक्षित तरीकाले लगानी गर्न सक्ने बैंकले जनाएको छ । यस निःशुल्क सेवाबाट आस्बा प्रणाली मार्फत शेयरमा लगानी गर्न ग्राहकहरु थप अभिप्रेरित हुने बैंकको विश्वास रहेको छ । २०७४ जेठ १ गतेदेखि बैकले देशभर रहेका आफ्ना ७२ शाखाहरुबाट ग्राहकहरुलाई यो सेवा प्रदान गर्नेछ ।

नेप्सेमा २ करोड ४० लाख कित्ता सेयर सूचिकृत, हेरौँ क-कसको कति ?

काठमाडौं । यस साता मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ६ कम्पनीको २ करोड ४० लाख २२ हजार ७१४ कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा नेप्सेमा ९५ लाख २९ हजार १७० कित्ता बोनस, ५४ लाख ९३ हजार ५४४ कित्ता हकप्रद र ९० लाख कित्ता साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । साताभर ४ कम्पनीको बोनस र हकप्रद गरि कुल १ करोड ५० लाख २२ हजार ७१४ कित्ता सेयर नेप्सेमा थपिएको छ । सेवा विकास र मेगा बैंकको बोनस र हकप्रद दुबै सेयर थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको बोनस सेयर मात्रै थपिएको छ । त्यस्तै, सेवा विकास बैंकको ८ लाख ८ हजार ५५४ कित्ता बोनस र ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । मेगा बैंक नेपालको पनि ५३ लाख १५ हजार ९४० बोनस र ३ लाख ८६ हजार ८८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३० लाख ७४ हजार ६२१ कित्ता बोनर र मनास्लु विकास बैंकको ३ लाख ३० हजार ३५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको गरि ९० लाख कित्ता साधारण सेयर सूचिकृत भएको हो । सिनर्जी पावरको मात्रै ७० लाख कित्ता र बाँकी २० लाख फर्वाड कम्युनिटीको गरि सो मात्राको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ ।