३५ प्रतिशत हकप्रद पछि सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ३५ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सो मात्राको सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५२.५९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०२३.८० रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।
नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको बोनस पछिको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंकको ८.६१ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकिता १३५.३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८१.६७ रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ६३ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँ रहेको छ ।
वोमी माइक्रोफाइनान्सको ३० प्रतिशत हकप्रद सेयर जेठ १६ देखि खुला, कँहाबाट भर्ने ?
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लि.को ३० प्रतिशत हकप्रद सेयर आगामी जेठ १६ गतेदेखि आउने भएको छ । संस्थाले १० कित्ता बराबर ३ कित्ताको अनुपातमा अंकित मूल्य एक सय रुपैंयाँको २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । आगामी जेठ ३ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताहरुले सो मात्राको हकप्रद भर्न सक्नेछन् । संस्थाले असार १९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । हाल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदको लागि वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड लगायत तथा यसका सम्पूर्ण शाखा कार्यालयहरु र काठमाडौंको नक्साल, नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटल लि. बाट आवेदन दिन सकिने व्यवस्था गरेको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिन आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।