अल्पाइन डेभलपमेन्ट बैंकले ६९.३३ प्रतिशत हकप्रद निष्काशन गर्ने, जेठ २१ गते बुक क्लोज
काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ६९.३३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो मात्राको सेयर निष्काशनको लागि आगामी जेठ २१ गते कम्पनीको बुक क्लोज हुने भएको छ ।
९१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत, दुई कम्पनीको प्रमोटर सेयर साधारणमा परिणत
काठमाडौं । शुक्रबार मात्र ९१ लाख ४४ हजार ४९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । एकैदिन मिथिला लघुवित्त विकास बैंक, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, कुमारी बैंक, कामना विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको गरी पाँच कम्पनीको सो मात्राको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । मिथिला लघुवित्त विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ६४ हजार ५०१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ४२ हजार ६५५ कित्ता र कुमारी बैंकको ५६ लाख ८० हजार ३९१ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै कामना विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको त्रमशः १४ लाख २८ हजार ७४३ कित्ता र ६ लाख २९ हजार २०० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोही दिन दुई कम्पनीको प्रवद्र्धक(प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ । यूनाईटेड फाइनान्सको ६ लाख ३ हजार ४२४ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै, काँक्रेविहार विकास बैंकको ६५ हजार २१६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत गरिएको छ । अब यी दुबै कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।
देवः विकास बैंकको साढे ३ लाख कित्ता सेयर लिलामीमा, जेठ २८ देखि साउन १ भित्र वोलपत्र पेश गर्नुपर्ने
काठमाडौं । देवः विकास बैंक लिमिटेडले ३ लाख ५६ हजार २९७ कित्ता संस्थापक सेयरको लिलामी विक्री गर्ने भएको छ । यो बैंकले गत माघ ९ देखि फागुन २७ गतेसम्म खुला गरेको हकप्रद सेयर विक्रीमा आवेदन नपरेका संस्थापक सेयर शिलबन्दी वोलपत्रबाट विक्री गर्ने भएको छ । यो बैंकले आगामी असार १ गतेभित्रै यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्समार्फत इच्छाएको सेयरको आवेदन दिन आग्रह पनि गरेको छ । प्रति सेयर कम्तिमा १ सय रुपैयाँका दरले यसको न्युनतम १ सय कित्तादेखि सबै सेयरको लागि पनि आवेदन दिन सकिने उल्लेख छ ।