नेप्सेमा सूचिकृत दुई कम्पनीको नाम परिर्वतन, हेरौँ कुन कुनको भयो?
काठमाडौं । नेप्सेमा सूचिकृत भएका दुई कम्पनीको नाम परिर्वत भएको छ । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था र एनसीएम मर्चेन्ट बैंकिङको नाम परिवर्तन भएको छ । आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएर सिभिल लघुवित्त वित्तीय संस्था रहेको छ । जसको छोटो रुप सिएलबीएस्एल रहेको छ । उक्त कम्पनीले जेठ १७ गतेबाट नै सिभिल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने भएको छ । त्यस्तै, एनसीएम मर्चेन्ट बैंकको पनि नाम परिवर्तन भएको छ । जसको नयाँ नाम सनराइज क्यापिटल लिमिटेड रहेको छ । अब यस कम्पनीले पनि सनराइज क्यापिटल लिमिटेडको नामबाट सेयर कारोबार गर्ने भएको छ ।
नेप्सेमा एकैदिन २ करोड ५९ लाख कित्ता सेयर सूचिकृत, बोनस मात्रै २ करोड २७ लाख
काठमाडौं । नेप्सेमा एकैदिन २ करोड ५९ लाख २४ हजार ४७१ कित्ता सेयर सूचिकृत भएको छ । बुधबार मात्रै ४ कम्पनीको बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । बुधबार कैलाश विकास बैंकको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ भने बाँकी तीन कम्पनीको बोनस सेयर मात्रै सूचिकृत भएको छ । सो दिन कैलाश विकास बैंकको ३९ लाख ५० हजार ८४० कित्ता बोनस र ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, सबैभन्दा बढी हिमालयन बैंकको एक करोड ३४ लाख ९७ हजार ४३५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्थाको ५० हजार कित्ता र सोल्टी होटलको ५२ लाख ६५ हजार ५२४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
हिमालयन पावरले २१ करोड रुपैयाँको आइपीओ निष्कासन गर्न पायो बोर्डको अनुमति
काठमाडौं । मंगलबार हिमालयन पावर पार्टनरले २१ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले २१ करोड ३० लाख ८३ हजार ४०० रुपैयाँको आइपीओ निष्काशन गर्न गर्ने भएको छ । साथै, कम्पनीले सो मात्राको आइपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।