ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद निष्कासन गर्न माग्यो बोर्डको अनुमति
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १ः४ को अनुपातमा ४० लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले लक्ष्मी क्यापिटल मार्केट मार्फत ४० करोड रुपैयाँको हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।
गुँरास लाइफले ८ प्रतिशत बोनस पश्चात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाइ ८ प्रतिशत बोनस सेयर पश्चात सो मात्राको हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त निर्णय जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले पारित गरेपछि मात्र सो मात्राको सेयर निष्काशन हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ११९९ रुपैयाँमा कारोबार भइरहेको छ ।
एनबी इन्सुरेन्सको २७ लाख कित्ता हकप्रद सेयर निष्कासन, जेठ ५ गतेबाट आवेदन खुला
काठमाडौ । एनबी इन्सुरेन्स कम्पनी लिमिटेडले २७ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बीमा कम्पनीले प्रति सेयर एक सय रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने गरी निकालेको हकप्रद एक सेयर बराबार एक अर्थात १ः१ कै अनुपातमा हकप्रद निष्कासन गरेको छ । यो बीमा कम्पनीको २७ करोड रुपैयाँको चुक्तापुँजीमा सोही रकम नै बढाउँन हकप्रद निष्कासन गरेको हो । यसको सेयर खरिद गर्न यही जेठ ३ गतेसम्म कारोबार गरेका सेयरधानीले मात्रै पाउने उल्लेख छ । यसको सेयर खरिद गर्न यही असार ५ गतेदेखि साउन ९ गतेम्म आवेदन दिन पाइने कम्पनीले उल्लेख गरेको छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड हो ।