असार १ गते कञ्चन डेभलपमेन्ट बैंकको बुक क्लोज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको आगामी असार १ गते बुक क्लोज हुने भएको छ । बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि सो दिन कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको हो । उक्त निर्णय कम्पनीको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

गुडविल फाइनान्सको असार २ गते बुक क्लोज, ६० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । गुडविल फाइनान्सले आगामी असार २ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । कम्पनीले सेयरधनीहरुलाई ६० प्रतिशत (१० बराबर ६ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्नको लागि सो दिन बुक क्लोज गर्ने निणर्य गरेको हो । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड ३७ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धक एनआईसी एसिया

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले ९.५ मेगावाट क्षमताको डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको निर्माणार्थ प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३४ लाख ३० हजार कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको छ । कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न आफ्नो बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धी सम्झौतामा सोमबार रिभर फल्स पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यस रिभर फल्स पावर लिमिटेडको जारी पूँजी मध्ये ४९ प्रतिशत अर्थात ३४,३०,००० कित्ता साधारण शेयर उद्योग प्रभावित संखुवासभा जिल्लाका स्थानीय बासिन्दा लगायत सर्वसाधारणहरु र कर्मचारीमा एनआईसी एसिया क्यापिटल मार्फत निष्काशन गरिने छ । ९.५ मे.वा. क्षमताको डाउन पिलुवाखोला साना जलविद्युत आयोजनामा सेञ्चुरी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको सहवित्तीयकरण कर्जा लगानी हुने सम्झौता सम्पन्न भइसकेकोे कम्पनीले जनाएको छ । निष्काशन तथा विक्री प्रबन्धक संगै एन आई सी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।