हिमालयन पावरको २१ लाख कित्ता साधारण सेयर निष्कासन, असार १ देखि आवेदन खुला
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले २१ लाख ३० हजार ८३४ कित्ता साधारण सेयर निष्कासन गरेको छ । प्रति कित्ता १ सय रुपैयाँ अंकित यसको साधारण सेयरमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । जम्मा ५ प्रतिशत सेयर अर्थात १ लाख ६ हजार ५४२ कित्ता सामूहिक लगानी कोषको लागि राखेर बाँकी सेयर सर्वसाधारणको लागि निष्कासन गरेको यो कम्पनीले जानकारी दिएको छ । न्युनतम ५० कित्ता सेयरको आवेदन दिन पाउने र अधिकतम १० हजार कित्ताको आवेदन दिन पाइने यसको सेयर यही आगामी असार १ गतेबाट खुला हुने छ । सेयरको आवदेन दिन असार १ देखि छिटोमा ५ गते र ढिलोमा १५ गते भित्र आवेदन दिइसक्नु पर्ने छ । यसको सेयरको आवेदन दिन ग्लोवल आइएमई क्यापिटल जमल, हिमालयन पावर लिमिटेड पानीपोखरी, ग्लोवल आइएमई बैंकको कठमाडौं बाहिरका ८ शाखाबाट दिन सकिने छ । काठमाडौं क्यापिटल लिमिटेड काठमाडौं प्लाजासहिको काठमाडौंका ९ वटा क्यापिटल लिमेटेड र नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त आश्वा प्रणलीमा आवेदन दिन सक्ने बैंकबाट यसको सेयरको आवेदन दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड हो ।
एशियन लाईफ ईन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल नियुक्त
काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद साधारण सेयर निष्कासन गर्न आफ्नो बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एनआईबिएल क्यापिटल मार्केट्सका महाप्रबन्धक मेखबहादुर थापाबीच बुधबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कम्पनीको मिति २०७३/१२/१७ गते सम्पन्न आठौँ तथा नवौं बार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय भए बमोजिम कम्पनीले प्रतिसेयर एक सय रुपैयाँका दरले ४०,२७,९६६ कित्ता हकप्रद सेयर छिट्टै निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासन पश्चात यस कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । यस हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७३ चैत्र मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष ९४२ करोड रुपैयाँ, लगानी ९०६ करोड रुपैयाँ तथा चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
शेरबहादुरलाई पत्याएन सेयर बजारले, परिसूचक दोहोरो अंकले ओरालो
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहण गरेको दिन सेयर बजार ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले उकालो लागेको परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक १४ दशमलब २४ अंकले घटेर १६२३ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ७६ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १५ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन (मंगलबार) बजारमा ९१ करोड रुपैयाँमाथिको सेयर किनबेच भएको थियो । सो दिन १४९ कम्पनीको १२ लाख ७९ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार भएका प्राय सबैसमूहको परिसूचक राताप्मे भएका छन् । सो दिन उत्पादनमूलक समूहको परिसूचक ९ अंकले उकालो लागेको छ भने बाँकी समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ओरालो लागेको छ ।