लुम्बिनी फाइनान्सको ५ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । शुक्रबार लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको ५ लाख एक हजार १९८ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४१ करोड २५ लाख रुपैयाँ रहेको छ ।

नेप्सेमा तीन कम्पनीको एक करोड ९३ लाख कित्ता बोनस सेयर सूचिकृत, हेरौँ क-कसको ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन तीन कम्पनीको एक करोड ९३ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन तीन कम्पनीको बोनस र हकप्रद सेयर गरि जम्मा एक करोड ६८ लाख ८६ हजार ३५१ कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार कृषि विकास बैंक सहित दुई कम्पनीको बोनस सेयर मात्रै र एक कम्पनीको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ । कृषि विकास बैंकको एक करोड १८ लाख १२ हजार ८०० कित्ता र डिप्रोक्स लघुवित्त विकास बैंकको ९ लाख २ हजार ७३३ कित्ता बोनस सेयर बजारमा थपिएको हो । साथै, सगरमाथा फाइनान्सको १२ लाख १६ हजार ४६९ कित्ता बोनस र २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

सिद्धार्थ बैंकले फेरी १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले फेरी १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आजै (बिहीबार)बाट ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको बैंकले थप १० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सो निर्णय पारित गर्नको लागि बैंठकले आगामी असार १८ गते कम्पनीको विशेष साधारण सभा बोलाएको छ । बैंकले हालै जारी गरेको ३० प्रतिशत पश्चात बन्ने पूँजीमा थप १० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । जसमा फेरि १० प्रतिशत हकप्रद जारी गरे पश्चात बैंकको पूँजी ७ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ ।