एभरेष्ट बैंकको डेढ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन, ३ कित्ता हुनेले १ कित्ता पाउने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुँजी बृद्धि गर्न एकैपटक डेढ अर्ब रुपैयाँ बराबरको डेढ करोड कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैैंकले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । बैैंकले ३ कित्ता हुनेले १ कित्ता (३ः१)को अनुपातमा लिन पाउने गरी हकप्रद निष्कासन गरेको हो । हाल बैंककाे चुक्ता पुँजी ४ अर्ब ५२ करोड रूपैयाँ छ । १ अर्ब ५० करोड रुपैयाँ थप गर्ने यो हकप्रद निष्कासन गरेको यसको सेयर यही असार ६ गतेसम्म कारोबार भएका सेयरधनीले खरिद गर्न पाउने भएका छन् । यो बैैैंकको हकप्रद यही असार १८ गतेबाट साउन २२ गतेसम्म आवेदन दिन पाइन्छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेड हो ।
नेप्सेमा एकै दिन ९९ लाख कित्ता बोनस सेयर सूचिकृत, सबैभन्दा बढी ग्लोबल आईएमईको
काठमाडौं । बुधबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज ( नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमई बैंक र माउन्ट मकालु डेभलपमेन्ट बैंकको एकैदिन ९९ लाख ४ हजार ४२८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । दुई कम्पनी मध्ये ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमईको ९८ लाख ६२ हजार ८२८ कित्ता र माउन्ट मकालुको ४१ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
महाकाली विकास बैंकको एक लाख २० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं । बुधबार महाकाली विकास बैंक लिमिटेडको एक लाख २० हजार ५८६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १३ करोड १४ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ३०४ रुपैयाँमा कारोबार भइरहेको छ ।