सिद्धार्थ बैंकको १ करोड ५७ लाख कित्ता हकप्रद निष्कासन, जेठ २५ देखि आवेदन खुला
काठमाडौं । सिद्धार्थ बैंकले १ करोड ५७ लाख ५२ हजार ५७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अंकित उक्त हकप्रद सेयरको निष्कासन गरेको हो । बैैंकले हालको ५ अर्ब २५ करोड ८ लाख ५८ हजार ३७५ रुपैयाँको चुक्ता पुँजी बढाउन १० सेयर बराबर ३ अर्थात १०: ३ को अनुपातमा हकप्रद निष्कासन गरेको हो । यसले यही जेठ १५ गतेसम्म कारोबार गरेका सेयरधनीले मात्रै हकप्रद खरिद गर्न पाउने गरी सूचना जारी गरेको छ । यसको हकप्रद सेयकारे आवेदन यही जेठ २५ गतेदेखि असार २८ गतेभित्र दिनुपर्ने पनि उल्लेख छ । यसको हकप्रदको आवे्दन दिन सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड हो ।
नागवेली लघुवित्तको २१ हजार कित्ता सेयर लिलामीमा, राधी विद्युतको सेयर बाँडफाँड
काठमाडौं । नागबेली लघुवित्त विकास बैंक लिमिटेडको संस्थापक समूहतर्फको २१ हजार ८८९ कित्ता सेयर लिलामीमा राखिएको छ । यो बैैकले संस्थापक समूहको उक्त हकप्रद सेयर विक्री नभएपछि लिलामी गर्न लागेको हो । यो बैंकले यही जेठ १९ गतेबाट २६ गतेसम्म न्युतमत मूल्य एक सय रुपैयाँ कबोल गरेर सेयर आवेदन दिन सक्नेछन् । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो । यस्तै राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकीत ४ लाख १० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको थियो । प्रभावित क्षेत्रका लागि केन्द्रित भएको यो कम्पनीको सेयर बाँडफाँड भएको छ ।
हरेक आवेदकलाई कम्तिमा १० कित्ता सेयर अनिवार्य, अब आवेदकलाई खाली हात नहुने
काठमाडौं । सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको छ। हरेक आवेदकले अनिवार्य रूपमा १० कित्ता सेयर पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले साउनदेखि हरेक आवेदकले कम्तिमा १० कित्ता सेयर पाउने व्यवस्था गर्न लागेको हो। बोर्डले सेयर व्यवहारिक रूपमा वितरण गर्न नसकिएको भन्दै त्यसलाई परिमार्जन गरेर कम्तिमा हरेक व्यक्तिलाई १० कित्ता दिनुपुर्ने व्यवस्था गर्न लागेको हो। आवेदकलाई हात खाली नपठाउने नीति अनुसार यस्तो व्यवस्था गर्न लागिएको बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। नागरिक दैनिकबाट ।