अफ ग्रिड उर्जा प्रवद्र्धनका लागि एनसेलको सहकार्य, स्थानियलाई ऊर्जा, मोबाइल सेवाको सुनिश्चितता

काठमाडौं, ११ साउन । देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका निमित्त नविन सहकार्यको शुरुवात गरको छ । यो सहकार्यले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ् र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यामबाट त्यहाँका स्थानियबासीलाई उर्जा र संचारका लागि मोबाइल सेवा सुनिश्चित गरेकोे छ । यो सहकार्यका लागि, एनसेलले घाम पावर प्रा. लि.सँग एक सम्झौता गरेको छ । यो सम्झौता अनुसार, घाम पावरद्वारा ओखलढुङ्गा र खोटाङ्मा स्थापना गरिएको तीन सौर्य लघु ग्रिडहरुबाट उत्पादित सौर्य उर्जाको एङ्कर लोड लिन एनसेल प्रतिबद्ध छ । जसले गर्दा घाम पावरको यो अफ ग्रिड सिस्टमलाई लागु गर्न र दिगोपना दिन व्यावसायिक रुपमा संभव भएको हुनेछ । यी लघु ग्रिडहरुसंग सौर्य उर्जा आपुर्तिको थप क्षमता पनि भएको हुनाले यो सहकार्यले स्थानिय समुदायहरुको विद्युतीकरणमा योगदान बाहेक नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको पनि सिर्जना गर्दछ । सरकारको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा घाम पावरले एसियाली विकास बैंकको ईनर्जी फर अल प्रोग्राम अन्र्तगत अनुदान सहगोय प्राप्तगरी यो सौर्य लघु ग्रिडको निर्माण गरको हो । डिओइएन फाउन्डेशन र एनएमबि बैंकले पनि यो परियोजनामा सहयोग गरेका छन् । मोबाइल कम्पनीहरुको विश्वव्यापी संगठन जिएसएमएले पनि घाम पावरलाई मोबाइल टावर, स्थानिय समुदाय र व्यवसायीक गतिविधीहरुका लागि उर्जा आपुर्ति गर्न सहगोग गर्ने हेतुले सौर्य लघु ग्रिड स्थापनार्थ गत वर्ष ‘मोबाइल फर डेभलपमेन्ट युटिलिटिज् इनोभेसन्स् ग्रान्ट’ अर्थात बीउ पुँजी प्रदान गरेको थियो । यही सहकार्य अन्र्तगत, एनसेलले खोटाङ्को च्यास्मिटार गाविसको बनपालामा र उदयपुरको लेखानि गाविसको घुर्मिमा गरी दुईवटा सौर्य उर्जाबाट संचालन हुने मोबाइल टावर स्थापना गरिसकेको छ । यी टावरहरुले खोटाङ् र उदयपुर जिल्लाका ३१ गाविसहरुमा बसोबास गर्ने मानिसहरुलाई मोबाइल सेवाको पहुँच दिएको छ । “अग्रणी सेवा प्रदायक र जिम्मेवार कर्पोरेट नागरिक भएका नाताले, हामीले यसमा सबैलाई फाइदा हुने वातावरणको सिर्जना गर्दै विकट ग्रामीण समुदायको लाभका लागि यो अफ ग्रिड पावर सोलुसन्स्को प्रयास थालेको छौ,” एनसेलका आईसीटी निर्देशक आन्द्रास पालीले बताए । “हामीले एङ्कर लोड लिने सुनिश्चित गरेका छौ । बाँकी उर्जा घाम पावरले समुदायलाई घरेलु प्रयोजनका लागि तथा अन्य लाभदायी आर्थिक गतिविधिहरुका निमित्त वितरण गर्न सक्छ ।” घाम पावरसंगको यो सहकार्य एकदमै नौलो शुरुवात हो । एनसेलले अहिले सम्म राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका ठाँउहरुमा दुरसंचार सेवामा पहुँच पुर्याउनका लागि आफै सौर्य उर्जामा लगानी गर्दै आईरहेको छ । हाल सम्म, कम्पनीको नेटवर्कमा ५.७७ प्रतिशत पूर्णरुपमा सौर्य उर्जामा संचालन हुने टावर रहेको छ भने थप ८.५ प्रतिशतमा सोलार व्याकअफ सहितको हाइब्रिड पावर सोलुसन्स्बाट चल्ने टावर छ । “अर्को तर्फ, यो सहकार्यले समाजलाई लाभको साथ साथै, एनसेल र अफ ग्रिड पावर सेवा प्रदायक दुवैलाई फाइदा दिन्छ, ” पालीले भने । एनसेलले ग्रिड पावर पुग्न नसकेका भौगोलिक रुपमा गाह्रो क्षेत्रहरुमा यस्तै सहकार्य गर्दै टावरहरुको संख्यामा वृद्धि गर्न थप सम्भावनाहरू खोजि गर्ने छ । अहिले घाम पावरले आफ्नो तीन लघु ग्रिडहरुबाट ३५ किलोवाट सौर्य उर्जा उत्पादन गरिरहेको छ । एनसेलका दुई टावर र स्थानिय समुदायलार्ई आपुर्ति पश्चात पनि, घाम पावरले अझै दुई दर्जन भन्दा बढी आर्थिक गतिविधीका लागि सौर्य ऊर्जा आपूर्ति गर्न सक्छ । “एनसेलले एङ्कर लोड लिएको कारणले गर्दा, हाम्रो व्यापार संरचना आर्थिक रुपमा संभव भएको छ,” घाम पावरका महा प्रबन्धक अन्जल निरौलाले भने । “हामी यो साझेदारीको लागि एनसेललाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र यही व्यापार संरचना देशका अन्य ठाँउहरुमा जहाँ राष्ट्रिय ग्रिडको पहुँच कम्तिमा पाँच वर्ष भित्र पुग्दैन त्यस्तो क्षेत्रमा लागु गर्ने आशामा छौ ।” गत वर्ष, जिएसएमएले विकासका लागि मोवाइल उपयोगिता कार्यक्रम (मोबाइल फर डेभलपमेन्ट युटिलिटिज् प्रोग्राम) अन्तर्गत गरेको एक अध्ययनले पनि एनसेलले उर्जा सेवा प्रदायकसंग बिजुली आपूर्ति आउटसोर्सका लागि सम्झौता गरी आफ्नो नेटवर्क अपटाइम बढाउन, नेटवर्कको लागत कम गर्न र विजुली र मोबाइल सेवाका पहुँच बाहिर हरेका मानिसहरुलाई सेवा पुर्याउन सक्ने सुभाव दिएको थियो ।

हिमालय एअरलाइन्सको ग्लोबल डिस्ट्रिव्यूटर पार्टनरमा अमेडियस

काठमाडौं, ११ साउन । हिमालय एअरलाइन्सले स्तरीय बुकिंङ सेवा प्रदान गर्नको लागि अमेडियससँग टिकट वितरण सम्बन्धि सम्झैता गरेको छ । अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यमद्धारा सेवा प्रदान गर्ने एक अग्रणी सेवा प्रदायक सँस्था हो । ट्राभल एजेन्टहरुको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धता बारे जानकारी दिनको लागि एअरलाइन्स्ले पहिलो पटक ग्लोबल डिस्ट्रिव्यूसन सिस्टम साझेदारको रुपमा अमेडियसलाई छनौट गरेको हो । नेपाल–चीनको सँयुक्त लगानीमा सञ्चालित एअरलाइन्सले २०७३ जेठ १८ देखि कतारको दोहामा आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । निकट भविष्यमा दिल्ली, ल्हासा, चेंगदू, बेइजिङ, कोलम्बो, बैंकक, हंगकंग र दामाममा पनि उडान गर्ने एयरलाइन्सको योजना रहेको छ । हिमालय एअरलाइन्स र अमेडियस बिच टिकट वितरण सम्झौता हुनु भनेको अमेडियस सम्बद्ध विश्वका कुनै पनि ट्राभल एजेन्सिजहरुमा एअरलाइन्स्को टिकट भाडादर, सिट र समय तालिका लगायतको पूर्ण विवरण जानकारी उपलब्ध गराउनु हो । सम्झौता बारे टिप्पणी गर्दै एअरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ, भन्छन्,“ हिमालय एअरलाइन्स भर्खरै मात्र आफ्नो यात्रा शुरु गर्दैछ र यसको उज्वल भविश्यलाई लिएर हामी सकारात्मक छौँ । हामी आफ्नो उडान र नेटवर्क विस्तार गर्दै एअरलाइन्सको विकास गर्ने योजनाको साथ अगाडि बढिरहेका छौँ । विश्वभरीका यात्रुहरुलाई हाम्रो सेवाहरुको बारेमा सूचना प्रवाह गर्नको लागि ट्राभल एजेन्सी च्यानल अपरीहार्य छ । हामी विश्वस्त छौँ कि अमेडियसलाई ग्लोबल डिस्ट्रिव्यूसन सिस्टम पार्टनरको रुपमा चयन गरेर हामीले राम्रो विकल्प रोजेका छौँ । अमेडियसले विविध किसिमको आवश्यकता तथा विशेषता बोकेको ट्राभल एजेन्सीहरुलाई एउटै मञ्चमा ल्याएर काम गर्ने हुँदा हामी उनीहरु सँग काम गर्न निकै उत्साहित छौँ । ” अमेडियस एअरलाइन्स् एशिया प्यासिफिकका व्यवसायिक कार्यकारी उपाध्यक्ष हाजिम हुसेन, भन्छन् “ यस क्षेत्रमा एक नयाँ एअरलाइन्स्लाई आफ्नो पार्टनर बनाउन पउँदा हामी निकै उत्साहित छौ र यसको प्रगतिको कामना गर्दै हामी उनीहरुको सेवा लाई विश्वका यात्रुहरुमा पु¥याएर उनीहरु सँग कार्य गर्न निकै उत्साहित छौँ ।” अमेडियस सिस्टमद्धारा बुक गर्न मिल्ने ४७४ भन्दा बढि एअरलाइन्सको सूचिमा हिमालय एअरलाइन्स् पनि सामेल भएको छ ।

भेरिजोनले किन्यो इन्टरनेट जाइन्ट याहु ४.८३ विलियन डलरमा

काठमाडौं। अमेरिकी इन्टरनेट जाइन्ट कम्पनी याहु विक्रि भएको छ। अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार अमेरिकी ब्रोडव्याण्ड इन्टरनेट सेवा दिने कम्पनी भेरिजोनले याहुलाई  ४.८३ बिलियन अमेरिकी डलरमा किनेको जनाएको छ। भेरिजोननले आफूले लिलाम बढाबढमा याहु किनेको पुष्टि गरेको छ।   सोमवार घोषणा गरिएको एक कार्यक्रममा किनवेचका लागि दुई कम्पनीविच गत हप्तादेखि छलफल भएको जनाइएको छ। अमेरिकी कम्पनी याहुले गत फेब्रुअरीमा आफूहरु स्ट्राटेजिक विकल्पको खोजीमा  रहेको बताएको थियो। केही वर्षदेखि याहुलाई समसामायिक हिसाबमा अघि बढ्न नसकेको आरोप लाग्दै आएको थियो । गत हप्ता एक रिसर्च रिपोर्टले याहु ४ सय ४० मिलियन डलर घाटामा रहेको देखाएको थियो भने यहि स्थितिमा रहे कम्पनी डुब्ने खतरामा रहेको चेतावनी विभिन्न रिसर्चले देखाएको थियो।