स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक कृष्णप्रसाद पौडेल

काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको  जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले पाएका छन् । 

स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।

डा. पौडेल वरिष्ठ बालरोग विशेषज्ञ हुन् । उनी यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए । यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए ।

डा. पौडेलले अब स्वास्थ्य सेवा विभागअन्तर्गतका विभिन्न स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह तथा विभागीय प्रशासनको नेतृत्व गर्नेछन् ।

Share News