बर्डफ्लुबाट सतर्क हुन भारतीय सरकारको आह्वान
नयाँ दिल्ली, १० कात्तिक । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ । मरेका र बिरामी पंक्षीको व्यवस्थापन गर्दा निकै सतर्कता अपनाउन पनि सन्देशमा विषेश जोड दिइएको छ । गतहप्ता मात्रै नयाँ दिल्ली र मध्यप्रदेशको चिडियाखानामा बर्ड फ्ल्युबाट केही चराहरु मरेका थिए । रासस/सिन्ह्वा
चन्द्रागिरि केबलकार भाई टीकाको दिन बन्द, अन्य दिन संचालनमा आउने
काठमाडौं, १२ कात्तिक । चन्द्रागिरि केबलकार भाई टीकाको एक दिन मात्र बन्द हुनेछ । अन्य विदाका दिनमा विहान ७ बजे देखि सांझा ५ः३० बजेसम्म केबलकार यथावत संचालनमा आउने कम्पनीले जनाएको छ । चन्द्रागिरि हिल्स लिमिटेड अन्तर्गत रहेका अन्य सेवाहरु समेत सोहि अनुरुप संचालनमा आउने छन् । चन्द्रागिरि हिल्सका अनुसार चन्द्रागिरि केबलकार सेवा संचालनमा आए देखि २०७३ साल कार्तिक ११ गते सम्म केबलकार चढ्नेको संख्या एक लाख ३२ हजार ९०४ पुगिसकेको छ । सार्वजनिक छुट्टी र विदाका दिनमा चन्द्रागिरि केबलकार चढ्नेको संख्या दैनिक आठ हजार सम्म पुग्ने गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकको बढ्दो आकर्षणले चन्द्रागिरि हिल्स नेपालको नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।
क्यासिनोमा भटाभट विदेशी लगानी भित्रँदै, अन्नपूर्णमा भित्रियो ९० प्रतिशतको भारतीय लगानीकर्ता इम्पेरियल
काठमाडौं १२, कात्तिक। नेपाली लगानीकर्ताले सरकारलाई तिर्नुपर्ने रोयल्टी नै नतिरेपछि सरकराले कानुन कसेरै बन्द गराएको क्यासिनोमा भटाभट विदेशी लगानीकर्ता भित्रिएका छन् । राजधानी ८ वटा पाँचतारे होटलमध्ये चारवटा होटलमा विदेशी लगानीको क्यासिनो भित्रिसकेको छ । दुईवटा नेपाली लगानीले अदालतको आदेशबाट पुरानै नियममा क्यासिनो चलाईरहेको छ भने एउटा पाँचतारे होटल एभरेष्ट बन्द अवस्थामा रहेकोले त्यहाँ क्यासिनो नै संचालन छैन । यो साता मात्रै पाँचतारे होटल अन्नपूर्णमा विदेशी लगानीकर्ता भित्रिएको पर्यटन विभागका होटल शाखाका अधिकृत ओम देवकोटाले बताए । उनका अनुसार अन्नपूर्णमा भारतीय लगानीकर्ता भित्रिएको छ । क्यासिनो इम्पेरियलको नामले क्यासनो संचालको पूर्व स्वीकृति लिएर गएको हो क्यासिनोले होटलको कुमारी हल नामक होटलकै सबैभन्दा ठूलो व्याक्वेटमा क्यासिनो संचाल प्रक्रिया गाडि बढाइसकेको छ । मन्त्रालयका पूर्व स्वीकृति लिएको यो क्यासिनोमा १० प्रतिशत नेपाली लगानीकर्ता धिरेन मोक्तानको छ भने बाँकी ९० प्रतिशत लगानी भारतीय लगानीकर्ता इम्पेरियलकै छ । लामो समयको प्रयासपछि पनि दरबारमार्गमा रहेको याकएण्ड यतिमा क्यासिनो संचालन विवाद नमिलेपछि भारतीय लगानीको इम्पेरियल क्यासिनो अन्नपूर्ण भित्रिएको पनि विभागको भनाइ छ । अघिल्लो वर्ष बैशाखमा गएको भूकम्पका कारण पूरानो भवन भत्किएपछि अन्नपूर्णको क्यासिनोको कुमारी हलको व्याक्वेटमा संचालनको तयारी भएको छ । इम्पेरियलले अहिले पूर्व स्वीकृति पाएर होटलमा क्यासिनोको पूर्वाधार तय गरिरहेकोे छ । अब तिहारपछि नै क्यासिनो पूर्ण रुपमा संचलनको जानकारीसहित आउने र मन्त्रालयबाट अनुमित पनि पाउने विभागको भनाइ छ । देवकोटाका उनका अनुसार सरकारले तोकेको मापदण्ड पूरा गरेर आउने तथा क्यासिनो नियमावली २०७० को पालना गरेको अवस्थामा अनुमति पाउन सक्छ । हाल क्यासिनो मिलेनियर्स क्लव सांग्रीला होटलमा, क्यासिनो माजोङ सोल्टी होटलमा, क्यासिनो प्राइड ह्यात रिजेन्सीमा संचालनमा रहेको छ । क्यासिनो भेन मल्ल होटल र र्र्याडिसनमा क्यासिनो र्याड र याकएण्ड यतिको क्यासिनो रोयल भने अदालतको आदेशले संचालमा आएका क्यासिनो हुन । सरकाले विदेशीलाई प्राथमिकता राखेर ल्याउको मापदण्डर नियमावलीका नेपाली लगानीकर्ता डुबाएको क्यासिनो संघ नेपलाका अध्यक्ष किशोर सिलवलको भनाइ छ । उनका अनुसार सरकालाइ नेपालीको ५१ प्रतिशत शेयर रहने गरी क्यासिनो नियमावली संसोधन गर्न सरकारसँग माग गरिएको छ । नेपालका क्यासिनो तथा व्यवसायमा नेपालीकै बर्चश्व हुनुपर्ने बुझाई सिलवालको छ । विदेशीले संचालन गरेका क्यासिनोले नेपालीलाई लाभ नहुने र विदेशी मुद्रा बाहिर जाने भन्दै सिलवालले नेपालीलाई नै प्राथमिकता दिनुपर्ने बताएका छन्् ।