विद्यार्थी-कम्पनी एउटै छानामुनि : आइएसएमटी जब फेयरमा रोजगारीको अवसर
काठमाडौं । सिराहका युवराज भण्डारीलाई मंगलबार दिनभरि भ्याइनभ्याइ थियो । हातमा बायोडाटा बोक्दै विभिन्न आइटी कम्पनीका प्रतिनिधिसँग उनी अन्तरवार्ता दिइरहेका थिए । आवश्यक जनशक्ति खोज्न काठमाडौंको तीनकुनेमा रहेको आइएसएमटी कलेजमा पुगेका विभिन्न कम्पनीमा उनी आफ्नो लागि काम खोज्दै थिए। कलेजको वातावरण सामान्य दिनभन्दा फरक थियो । परिसरमा प्रवेश गर्नेबित्तिकै विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास मिसिएको पाइन्थ्यो । हातहातमा बायोडाटा, अनुहारमा अपेक्षाको चमक र मनमा भविष्यका थुप्रै कल्पनाहरू सबै एकै ठाउँमा भेटिन्थ्यो । युवराज भण्डारी ब्याचलर्स तेस्रो वर्षमा अध्ययनरत भण्डारी एक पछि अर्को गर्दै कम्पनी चहारिरहेका थिए । आइटीमा भविष्य बनाउने सपनासहित उनी कलेज आएका हुन् । ठूलो आइटी कम्पनीमा काम गरिरहेको देख्ने इच्छा भण्डारीको मनमै थियो । कलेजले उही चाहना पूरा गरिदिने अवसर जुराइदियो । तीनवटा कम्पनीमा अन्तरवार्ता दिइसकेपछि उनले भने, ‘रोजीरोजी कम्पनीसँग अन्तवार्ता दिँन पाइयो । जागिर पाइन्छ कि जस्तो पनि छ । धेरै कुरा सिक्न पनि पाइयो ।’ तीनमध्ये दुईवटा कम्पनीले भण्डारीलाई दोस्रो चरणका लागि कम्पनीमै बोलाएको छ। दाङकी प्रियन्सा गिरीका लागि पनि विशेष दिन थियो । होटल रेस्टुरेन्टमा आवश्यक जनशक्ति खोज्दै मक्र्योर होटेल र गोकर्ण रिसोर्टका प्रतिनिधिहरूसँग उनले आफ्नो क्षमता योग्यता र आफूले गर्नसक्ने कामका विषयमा भनिरहेकी थिइन् । आवश्यक कर्मचारीका जनशक्तिका लागि आइएसएमटी पुगेका गोकर्ण रिसोर्ट, मक्र्योर होटेलका प्रतिनिधले उनको अन्तरवार्ता लिए । आइएसएमटी कलेजमा बीएचएममा अध्ययनरत उनी कलेजले यस्ता कार्यक्रम गरिदिँदा विद्यार्थीलाई सहज हुने बताउँछिन्। काठमाडौंकी स्नेहा डंगोल आइएसएमटीमै बीबीए छैटौं समेस्टरमा अध्ययनरत छिन् । उनलाई बैंकिङ क्षेत्रमा काम गर्ने रुचि छ । कामको खोजी कसरी गर्ने होला भन्ने चिन्तामा थिइन् उनी । तर उनलाई लामो समयसम्म दोधारमा बस्न परेन । किनकि आइएसएमटीले कलेजमै बैंकिङ लगायतका विभिन्न कम्पनीसँग कामको लागि भेट्ने अवसर मिलाइदियो । स्नेहा डंगोल डंगोलले नेपाल एसबीआई बैंक, फोनपे, फोनपे एफवान सौर्य ग्रुपमा गएर उनीहरूलाई आवश्यक कामदार र आफूले खोजेको कामबारे कुराकानी गर्ने अवसर पाइन् । कलेजले एकैचोटी धेरै कम्पनीसँग भेट्ने बुझने अवसर दिएको भन्दै खुसी व्यक्ति गरिन् । बुढानीलकण्ठका आभास कार्की बीएचएम पढ्दै छन् । उनलाई फरक मान्छेहरूसँग भेटेर कुरा गर्न मन पर्छ । धेरै व्यक्तिसँग भेटेर कुरा हुने क्षेत्र होटल लाग्यो अनि उनले यही विषय राजे । स्नातक तहको अन्तिम सेमेष्टरमा अध्यनरत उनलाई अब आफै काम गर्दै पढ्न मन छ । पढाइ सकिएपछि कामको खोजीमा कता पुग्नुपर्ने हो भन्ने चिन्ता उनलाई कहिल्यै लागेन । किनकि उनलाई यो अवसर कलेजले नै उपलब्ध गराउँदै आएको थाह थियो । अहिले यो अवसर पाउँदा उनी निकै खुसी छन् । ‘सके जागिर पाइएला नभए अनुभव लिन पाइन्छ कलेजले यस्तो अवसर दिलाई दिनु नै ठूलो कुरा हो,’ उनले भने । आभास कार्की कम्पनीसँग भेट्नु अघि कसरी तयार गर्छ ? आइएसएमटीले हरेक वर्ष विद्यार्थीका लागि जबफेयरका कार्यक्रम गर्दै आएको छ । एक पटक गर्ने जवफेयरमा २ सय २५ जना विद्यार्थीले कम्पनीको बारेमा बुझ्न, मान्छे चिन्ने अवसर पाउँछन् । त्यसमध्ये करिब २० प्रतिशित विद्यार्थीले रोजगारको अवसर पाउने गरेका छन् । कलेजले विद्यार्थीलाई कम्पनीसँग अन्तरवार्ताका लागि त्यत्तिकै पठाउँदैन । त्योभन्दा अगाडि विद्यार्थीलाई बोल्न सक्ने बनाउँछ । कसरी बोल्ने, कसरी बस्ने, उठ्ने, शारीरिक हाउभाउ कसरी गर्ने भन्नेदेखि आफ्नो बायोडाटा कसरी बनाउने भन्ने विषयमा सिकाउने गरेको कलेजले जनाएको छ । यति कुरा सिकाइसकेपछि बल्ल कलेजले कम्पनीसँग जोडिदिन्छ । विद्यार्थीको रुचि, सीप दक्षता अनुसार कुन विद्यार्थी कस्तो संस्थमा फिट हुन्छ भन्ने कुरा कलेज र शिक्षकले तयार गरिदिन्छ । ब्याचलर्समा हरेक विद्यार्थी अलमलमा पर्छन् । कहाँ जाने के गर्ने, कसरी काम खोज्ने भन्ने पीर हरेक विद्यार्थीलाई हुन्छ । यस्तो बेला कलेज नै अभिभावकको रूपमा उभिनुपर्ने विद्यार्थीहरू बताउँछन् । ‘म पनि यही कुरामा अलमल थिएँ, तर सरले सहयोग गर्नुभयो, मलाई अहिले सहज भयो । यस्तै भविष्यको योजनाका लागि विद्यार्थीलाई कलेज शिक्षकको आवश्यकता हुन्छ, जुन कलेजले पुरा गर्नुपर्छ,’ स्नेहाले भनिन् । उनी अन्य कलेजहरूले पनि यसको सिको गर्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘अहिलेको जेनजी पुस्ता हामी निकै दोधारमा छौं, तर हामीसँग आत्मविश्वास पनि छ, त्यो अनुसारको सीप, क्षमता छ । कतिपय साथीभाइहरूमा यस्तो आत्म विश्वास छैन, यो बेला अभिभावकिय भूमिकाकलेज हुनुपर्छ ।’ के भन्छन् कम्पनीहरू ? आइएसएमटी कलेजले आयोजना गरेको जवफेयर कार्यक्रममा नाम चलेका १८ वटा कम्पनी कलेज पुगेका थिए । उनीहरू आफ्नो कम्पनीलाई आवश्यक जनशक्ति कलेजमै खोज्ने अवसर पाए । यो कम्पनीलाई लागि पनि ठूलो अवसर रहेको उनीहरूको भनाइ छ । मर्क्योर होटेल जुन नेपालमा भर्खरैमात्र सुरु भएको छ । सुकेधारामा पाँचतारे होटेलका रूपमा सेवा दिइरहेको मक्र्योरलाई विभिन्न विधामा कर्मचारी आवश्यक परेको छ । कलेजले दिएको अवसरमा कम्पनीलाई आवश्यक विद्यार्थी छानेर लिने अवसर पाएको होटलले जनाएको छ । ‘हामीलाई इन्टर्नदेखि विभिन्न विभाग प्रमुखसम्मको कर्मचारी आवश्यक छ,’ मर्क्योरको मानव संसाधन विभागका प्रमुख संघर्ष खड्का भन्छन्, ‘यसरी कलेजमा आएर धेरै विद्यार्थीसँग कुरा गर्न पाउँदा कामदार छनोट गर्न सहज हुन्छ ।’ संघर्ष खड्का कामदार खोज्न प्रत्यक्ष आफै आएर धेरैजनासँग कुराकानी गर्न पाउँदा निकै सहज भएको उनले बताए । शौरभ ग्रुपको कर्पोरेट इञ्चार्ज हेमन्त पाण्डे आफ्नो कम्पनीका लागि आवश्यक कर्मचारी आइएसएमटीमै भेटिने सम्भावना रहेको बताउँछन् । ग्रुपलाई सेल्स, एकाउन्ट, कस्टुमर सर्भेस डिपार्टमेन्ट लगायत विभिन्न विद्यामा कर्मचारी आवश्यक परेकाले धेरै विद्यार्थी सोचेभन्दा राम्रो पाएको बताए । हेमन्त पाण्डे उनी भन्छन्, ‘सबै विद्यार्थी उत्तिकै क्षमतावान छन्, कुनैमा केही कमी छैन, यस्ता व्यक्ति लिँदा विद्यार्थीलाई मात्र नभइ कम्पनीलाई पनि राम्रो भएको छ ।’ उनी सूचना जारी गरी कर्मचारी छनोट गर्ने प्रक्रिया लामो हुने भएकाले कलेजको विशेष जवफेयरले सजिलो भएको बताए । गोकर्ण रिसोर्टलाई सर्भिस सेवामा कामदार आवश्यक परेको छ । रिसोर्टकी पुष्पा कोजु आइएसएमटीमा आइन् । उनले सोचेजस्तो विद्यार्थी पाइएको जानकारी दिइन् । एकै ठाउँमा कर्मचारी पाइने अवसर दिएकोमा उनले कलेजलाई धन्यवाद पनि दिइन्। पुष्पा कोजु कम्पनी र कामदारको दूरी घट्ने डिसहोमको ट्यालेन्ट एकुजेशन एण्ड डेभलपमेन्ट हेड मेघना श्रेष्ठ यस्ता कार्यक्रमले रोजगादाता र रोजगार खोजिरहेको जमातबीच सम्बन्ध नजिक हुने बताउँछिन् । मेघना श्रेष्ठ ‘नेपालमा काम पाइएन, बेरोजगारको संख्या बढी भयो भनिन्छ तर यहाँ बेरोजगार र अवसरको कमी भन्दा पनि सही व्यक्तिलाई सही ठाउँ पाउन ठूलो खाडल रहेको छ,’ उनी भन्छिन्,‘ कतिपय ठाउँमा यस्तै कार्यक्रम हुँदा यो खाडल पुर्ने प्रयास भइरहेको भएपनि सही मान्छे सही ठाउँ पाउन सकेका छैनन् ।’ नेपालमा धेरै कलेजले विद्यार्थीलाई पढाएर सर्टिफिकेट दिएर छोडिदिन्छ । शौरभ ग्रुपका कर्पोरेट इञ्चार्ज हेमन्त पाण्डे भन्छन्, ‘हामीले पढ्दा यस्तो सुविधा थिएन । बल्ल बल्ल आफै भौतारिएर खोजी गर्दा म कर्पोरट क्षेत्रमा आएको हुँ, तर यस्ता कार्यक्रम सबै कलेजले गरिदिनेहो भने हामीले जस्तो अहिलेका विद्यार्थीले दुःख गर्न पर्दैन ।’ उनी यस्ता गतिविधिले विद्यार्थीले तत्काल जागिर नपाएपनि नेटर्वक विकास हुने बताउँछन् । ‘नेपालमा केके कम्पनी छन्, कुन कम्पनीले के काम गछन्, त्यहाँ कस्ता कामदार आवश्यक पर्दा रहेछन् भन्ने विषयमा थाहा हुन्छ त्यसपछि बल्ल विद्यार्थीले जबमार्केट राम्रोसँग बुझ्न सक्छन्,’ उनले भने । जवफेयर गर्नुको तीन कारण आइसएमटीले हरेक वर्ष दुई पटक जवफेयर कार्यक्रम गर्दै आएको छ । आइएसएमटीका एकेडेमिक कोर्डिनेटर गिरिश दाहाल कलेजले जवफेयर कार्यक्रम गर्नुको तीनवटा कारण रहेको बताउँछन् । गिरिश दाहाल उनका अनुसार पहिलो विद्यार्थीको भविष्यका लागि सहजता, दोस्रो नेपालका कम्पनीलाई पनि दक्ष जनशक्तिको सुविधा र तेस्रो शैक्षिक उद्योग र अन्य उद्योगबीचको दुरी कम गर्न । उनी यस्ता कार्यक्रमले देशलाईं नै फाइदा हुने बताउँछन् । कलेजले अभिभावकको भूमिका निभाएको उनी दावी गर्छन् । उनी विद्यार्थीलाई यस्ता धेरै कार्यक्रम कलेजले सिकाइरहेको बताउँछन् । उनी कलेजले पढाउनेकाम मात्र नभइ पढाएर कुन ठाउँमा जागिर लगाइदिने जिम्मेवारी भएकाले सैद्धान्तिक र प्रयोगात्मक कार्यक्रम गर्दै आइरहेको पनि बताउँछन्।
नेपालबाट १० चिकित्सक सहभागी भएको लिभर ट्रान्सप्लान्टेशन सोसाइटीको सम्मेलन सम्पन्न
काठमाडौं । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । यो सम्मेलन नोभेम्बर २० देखि २३ सम्म नयाँ दिल्लीको एअरसिटीस्थित होटल पुलम्यानमा आयोजना गरिएको थियो । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नवनिर्वाचित अध्यक्ष डा. अभिदिप चौधरीको विशेष निमन्त्रणामा नेपालसहित विभिन्न देशका विशेषज्ञहरू दिल्लीमा सहभागी भएका छन् । उक्त सम्मेलनमा नेपालबाट डा. दिलिप शर्मा, डा. एकानन्द सिंह, डा. सागर पौडेल, डा. रामबाबु साह, डा. सञ्जय यादव ,पुकार चन्द्र श्रेष्ठ, डा. पुकार थापा ,डा. कर्ण राजवंशी लगायतका सहभागी भएका थिए । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नव निर्वाचित अध्यक्ष डा. अभिदिप उनले भने, 'यहाँ प्रत्येक सफल प्रत्यारोपण कडा प्रोटोकल, पारदर्शी डोनर मूल्यांकन प्रणाली र बहुविषयक चिकित्सक टोलीको निरन्तर प्रतिबद्धताको परिणाम हो । भारतलाई विशेष बनाउने कुरा केवल प्रत्यारोपणको संख्या होइन, प्रक्रियालाई मार्गदर्शन गर्ने हाम्रो मूल्य र अनुशासन हो ।' उनले प्रत्यारोपण सेवा विस्तारमा नैतिकता र मानव–केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । डा. चौधरीका अनुसार भारतमा कलेजो प्रत्यारोपण सेवा तीव्र रूपमा विकसित हुँदै गएको छ । नियमित अनुसन्धान, उच्चस्तरीय तालिम, र चिकित्सकबीचको सहकार्यका कारण प्रत्यारोपणको सफलता दर विश्वकै उत्कृष्टमा गणना हुन्छ । उनले थपे, 'हामीले विकास गरेको संरचना केवल प्राविधिक उपलब्धिभन्दा धेरै माथि छ । दानकर्ताको सम्मान, पारदर्शिता, र उपचार प्रक्रियामा परिवारहरूको सक्रिय सहभागिता नै हाम्रो प्रणालीको बलियो आधार हो ।' अन्त्यमा डा. चौधरीले भारत दक्षिण एसियामा प्रत्यारोपण सेवाको नेतृत्व गर्दै आएको र नेपालजस्ता छिमेकी मुलुकहरूलाई प्राविधिक सहयोग, विशेषज्ञ तालिम र अनुभव साझेदारीमार्फत अझ सुदृढ बनाउन तत्पर रहेको बताए । उनका अनुसार क्षेत्रीय सहकार्यले कलेजो प्रत्यारोपण सेवालाई अझ सुरक्षित, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
डा. शेखर राजभण्डारीको परिवारबाट बागलुङमा आश्रम निर्माणमा १० लाख सहयोग
काठमाडौं । नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शेखर राजभण्डारी तथा उनका दाजु–दिदीहरूले स्वर्गीय आमा विद्या लक्ष्मी राजभण्डारीको सम्झनामा बागलुङमा निर्माण हुन लागेको मानव सेवा आश्रमका लागि दश लाख रुपैयाँको सहयोग प्रदान गरेका छन् । उपलब्ध गराइएको सहयोग समाजसेवामा योगदान पुर्याउने प्रेरणादायी उदाहरणका रूपमा रहेको समाजका अगुवाहरूले बताएका छन् । यस सहयोगले स्थानीयस्तरमै मात्र नभई समग्र समाजमा मानव सेवा र करुणाको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ । डा. राजभण्डारीको यस योगदानले परोपकार र सामाजिक उत्तरदायित्वमा आम नागरिकलाई अगाडि बढ्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ ।