पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने

काठमाडौं । सरकारले देशभरका पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ लागि बजेट सार्वजनिक गर्दै पेट्रोल पम्पमा इभी चार्जिङको व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।  

भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान हुने

काठमाडौं । सरकारले भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ लागि बजेट सार्वजनिक गर्दै भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान गर्ने घोषणा गरेका हुन् । सरकारले विमानस्थलको थप विकास गरी रात्रीकालीन उडानको व्यवस्था गर्ने भएको हो ।

हिल्सा नाकामा पशु क्वारेन्टाइन बनाइने

काठमाडौं । सरकारले हुम्लाको हिल्सा नाकामा पशु क्वारेन्टाइन बनाउने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को ‍बजेट प्रस्तुत गर्दै सार्वजनिक हिल्सा नाकामा पशु क्वारेन्टाइन बनाउने घोषणा गरेका हुन् ।