यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू:- नेपाल-चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लाहरूमा क्षति पुगेका व्यक्ति तथा व्यवसायीक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज (बिजनेस रिकभरी प्याकेज) तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने । भारत सरकारसँग जीटूजी खरिद माध्यमबाट २५ हजार मेट्रिकटन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने । २०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्रिपरिषदका सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने ।
बाढीपीडितका लागि ‘बिजनेस रिकभरी प्याकेज’ ल्याउने सरकारको घोषणा
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज ल्याउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थालाई लक्षित गरी ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बाढी प्रभावितको व्यवसाय तथा आर्थिक गतिविधि पुनः सञ्चालनमा सहयोग पुग्ने गरी प्याकेज तयार गरिने जानकारी दिए ।
सरकारले बाढी प्रभावित तीन जिल्लामा अढाइ करोड पठायो
काठमाडौं । सरकारले बाढी प्रभावित तीन जिल्लामा २ करोड ५० लाख रुपैयाँ पठाएको छ । रसुवामा १ करोड, धादिङमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ पठाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणले ४ सय ७७ जनाको शव फेला परेको जनाएको छ । प्राधीकरणका अनुसार राहतका १० ट्रक सामग्री पठाएको छ । प्रभावित क्षेत्रका लागि सञ्चार सामग्री पठाइएको छ । हेलिकोप्टरबाट खाद्य सामग्री र अखाद्य सामग्री पठाइएको छ । २० ट्रक खाद्य र अखाद्य सामग्री पठाइसकिएको छ । प्राधिकरणका अनुसार हालसम्म सम्पर्कविहिन ९७७ जना भएका छन् । घाइते ७३ जना रहेका छन् । रसुवामा ७३,धादिङ ३ र नुवाकोटमा २७ जना उपचाररत छन् । १५ हजार १०८ जना सुरक्षाकर्मी परिचालन रहेको प्राधीकरणले जनाएको छ । नेपाल प्रहरी ७ हजार २५०, नेपाली सेना ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपाल ३ हजार ६५८ जना परिचालन रहेका छन् । ३ हजार २५३ जनालाई उद्धार गरिएको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको छ ।