भारतीय विदेश सचिव आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।

विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिलामा हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल-भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ ।

दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम छ ।

भारतीय विदेश सचिव मिश्री भोलि नै काठमाडौं भ्रमण सकेर नयाँदिल्ली फर्किने कार्यक्रम छ ।

Share News