काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जेनजी आन्दोलनका क्रममा घाइते भएका सन्तोष बोहोरालाई वीरेन्द्रनगरस्थित उनकै निवासमा पुगेर भेट गरेकी छन् ।
भेटका क्रममा मन्त्री बादीले बोहोराको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएकी थिइन् ।
उनले बोहोराकी छोरीको शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने, श्रीमतीका लागि रोजगारीको अवसर जुटाउन पहल गर्ने तथा परिवारलाई आवश्यक अन्य सहयोग र सेवा सुविधाका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने बताइन् ।
मन्त्री बादीले घाइते तथा प्रभावित परिवारको पुनस्र्थापना, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाका विषयमा आवश्यक सहयोगका लागि पहल गरिन् ।