होङ्गसी शिवम् सिमेण्ट खानीसम्म ४० किलोमिटर सडक निर्माण गर्दै
काठमाडौं । सडक विभागले नपलपरासीको दुम्कीबासदेखि पाल्पाको भुटुकेसम्म होङ्गसी शिवम सिमेण्टको चुनढुङा खानीसम्म पुग्न सडक निर्माण गर्ने भएको छ । यस सडकको लम्बाई ४० किलोमीटर हुने भु–वातावरण तथा सामाजीक शाखाले जनाएको छ । सडक नवलपरासीको विनयी त्रिवेणी गाउँपालीकाको दुम्कीबासबाट शुरु भई पाल्पाको निस्दी गाउँपालीकाको भुटुकेसम्म जोडिने छ । कम्पनीलाई सिमेन्टको कच्चापदार्थ क्लिङकर उत्पादनका लागि चुनढुङा खानी आवश्यक परेको हो । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने उद्योगमा चीनबाट ३७ अर्ब रुपैयाँ वैदेशिक लगानी आएको छ । लगानी बोर्ड र होङसीबीच आयोजना लगानी सम्झौता भइसकेको छ । होङसीले कारखाना निर्माणको काम थालेको छ । आउदो २ वर्षभित्र सिमेन्ट उत्पादन थाल्ने लक्ष्य लिएको छ । यस आयोजनाबाट प्रभाव पर्न सक्ने क्षेत्र नपलपरासीको विनयी त्रिवेणी गाउँपलीकाको वडा नं. १, २, ३ र ४(साविक वेणीमणिपुर गाविस) तथा पाल्पाको निस्दि गाउँपलीकाको वडा नं. ७ (साविक ज्यामिरे गाविस) रहेको छ ।
बैदेशिक व्यापार घाटा कम गर्न स्वदेशी निर्माण सामाग्रीको प्रयोगमा जोड
काठमाडौ । व्यापार घाटा कम गर्न स्वदेशी निर्माण सामाग्रीको प्रयोगमा विशेष जोड दिइएको छ । भूकम्पपछिको पुननिर्माणका लागि आवश्यक निर्माण सामाग्री विदेशबाट आयात गर्नु परे व्यापार घाटा अझै वढ्ने चिन्ता व्यक्त गर्दै सरोकारवालाहरुले स्वदेशी निर्माण सामाग्रीलाई प्राथमिकता दिनुपर्ने बताए । गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि भक्तपुरको समुदघाटन तथा गोर्खा इको प्लानको तेश्रो वार्षिक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले निर्माण सामाग्री स्वास्थ्य अनुकुल पनि हुनुपर्ने बताए । उनले विदेशी सामान नभित्राई नयाँं प्रविधिको विकास गर्दै स्वदेशी उत्पादन वढाउँदै लैजानुपर्ने बताए । उनले इटाभटा व्यवसायीहरुलाई चीनमा दशकौ अगाडि प्रयोगमा आइसकेको उर्जा किफायती र वातावरणमैत्री प्रविधिमा आधारित रहेर इटा उत्पादन गर्न टनेल क्लिनमा जान सुझाव दिए । गोर्खा इको प्यानलले निर्माणको छोटो समयमै गोर्खा विण्डोर, गोर्खा प्रिकाष्ट र गोर्खा बाउण्डरी वाल ल्याएकोमा खुशी व्यक्त गर्दै उनले व्यवसायीहरुलाई इनोभेटिभ उत्पादनहरुमा जान हौसला दिए । भक्तपुर इटाभटा व्यवसायी संघका अध्यक्ष नातिभाई ह्योंवाले वातावरणमैत्री प्रविधिलाई आत्मसाथ गरी आफूहरु अगाडि वढ्न तयार रहेको बताए । गोर्खा इको प्यानलका अध्यक्ष विश्वराम कवांले युवाहरुलाई स्वदेशमै रोजगारी उत्पादन गरी स्वदेशी उद्योगलाई प्राथमिकताका साथ कारखाना सञ्चालनमा ल्याएको जनाए । उनले १५ जना इन्जिनियर, १५ जना ओभरसियर तथा एक सय ५० जना जनशक्तिलाई रोजगारी प्रदान गर्दै गरेको जानकारी दिए । गोर्खा इको प्यानलका कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालर्ले आफूहरुको निर्माण सामाग्री वातावरणमैत्री र उर्जा किफायती रहेको जानकारी दिए । उनले गोर्खा इको प्यानललाई एउटा कारखानाको रुपमा मात्रै नभई अध्ययन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्दै गरेको बताए । उनले आफूहरुको सामाग्री स्वास्थ्यको हिसावले कुनै पनि प्रतिकुल असर नपर्ने स्पष्ट पारे । गोर्खा इको प्यानल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ क्याल्सियम सिल्केट वोर्ड ननअस्वेष्टस रहेको र त्यसमा प्रयोग हुने थर्मकोल खानेकुरा प्याकेज गर्ने ग्रेडको रहेकोले स्वास्थ्यका हिसावले हानिकारकरहित रहेको प्रष्ट्याए । गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर राजन दुवालले मुलुकको तीव्र विकास निर्माणका लागि प्रिकाष्ट निर्विकल्प रहेको बताए । उनले भूकम्पपछिको पुननिर्माणमा सकेसम्म प्राकृतिक श्रोतसाधन प्रयोग नहुने निर्माण सामाग्रीको खोजीमा जाँंदा यूपीभीसीको झयाल ढोकाहरु ब्नाउने बताए । गोर्खा इको प्यानलका कृष्ण राम देउपालाले कारखानाका विविध पक्षबारे बोल्नुभयो । एभरेष्ट इगलिश स्कुलका रामगोपाल कर्माचार्यले यो प्रविधिमा निर्मित कक्षाकोठामा विद्यार्थीले सहज महशुन गरेको अनुभब सुनाए ।
गोरखा दरबारको पुननिर्माण गर्न ठेकेदार छनौट
काठमाडौं । भुकम्प गएको ३ वर्षपछि एतिहासिक गोरखा दरबारको पुनः निर्माण कार्य शुरु हुन लागेको छ । पुरातत्व विभागले दरवारको पुनः निमार्णको जिम्मा पचलि भैरव–शिभको जेभी कम्पनीलाई दिएको छ । निर्माण व्यवसायी छनौट भएकाले दरबार निर्माणले गति पाउने भएको हो । पचली भैरवले ३ करोड ८२ लाख ५६ हजार रुपैयाँमा दरवारको जिम्मेबारी पाएको हो ।