म्याग्दीको दग्नाम–चिमखोला सडक निर्माणका लागि दुई करोड बजेट विनियोजन
काठमाडौं । म्याग्दीको दग्नाम देखि चिमखोला जोड्ने सडकखण्ड निर्माणका लागि रु दुई करोड बजेट विनियोजन भएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम देखि दरमिजा हुँदै वडा नं ७ चिमखोला सडकको ट्र्याक निर्माणका लागि दुई खण्डमा गरी सो बजेट विनियोजन भएको छ । अहिले दग्नामको अजिङ्गर भिरसम्म पुगेको सडक चट्टाने पहाडमा रोकिएको छ । अजिङ्गर भिरसम्म पुगेको सडकबाट दरमिजा पु¥याउनका लागि मात्रै करीब एक किलोमिटर बढी चट्टाने पहाड फोर्नु पर्ने छ । रघुगङ्गाको वडा नं ४ दरमिजा, वडा नं ७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेवासीका लागि अत्यावश्यक रहेको सो सडक निर्माणमा रघुगङ्गा गाउँपालिकालेसमेत प्राथमिकता दिएको छ । बजेट अभावले सडक निर्माण कार्य रोकिएपछि मन्त्री थापाको पहलमा भौतिक तथा यातायात मन्त्रालयबाट दुई खण्डमा रु एक÷एक करोड बजेट विनियोजन भएको मन्त्री थापाका सचिवालयका सदस्य गमबहादुर पुनले जानकारी दिएका छन् । उक्त सडकको ट्र्याक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनमा मन्त्री थापासँगै म्याग्दीका प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापा लागिपरेका छन् । सडक निर्माणमा म्याग्दीका गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा रु ५० लाख बजेट विनियोजन भएको छ । मन्त्री र सांसद थापाद्वयको पहलमा भौतिक तथा यातायात मन्त्रालय मार्फत बेनी–दरबाङ–ताकम–लुलाङ–जलजला हुँदै रुकुम पश्चिम जोड्ने सडकलाई रु एक करोड र रत्नेचौर–ज्यामरुकोट, भकिम्ली हुँदै बरङ्जा जोड्ने सडकलाई रु एक करोड बजेट विनियोजन भएको मन्त्री थापाका स्वकीय सचिवालय सदस्य पुनले जानकारी दिएका छन् ।रासस
सिँचाइ आयोजनाको निरीक्षणमा मन्त्री पुन बारा जिल्लामा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गरेका छन् । मन्त्री पुनले कोतवालीको ददरङ्गवा नजिकै रहेको जमुनी सिँचाइ आयोजना र साविक कचोर्वा गाविसमा रहेको अढुवा सिँचाइ आयोजनाको समेत अनुगमन निरीक्षण गरेका छन् । निरीक्षण पछि चाँडो भन्दा चाँडो आयोजना सम्पन्न गरी किसानलाई सिँचाइको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अनुगमन टोलीमा नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सभासदस्य मोहम्मद समीर, नेता अनिल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । यसैबीच मन्त्री पुनले यहाँस्थित प्रसिद्ध गढीमाई मन्दिरको पनि अवलोकन गरेका छन् । रासस
नेपालकाे जलविद्युत क्षेत्रमा अविछिन्न रुपले लाग्न प्रतिवद्ध : एण्ड्रीजका प्रमुख उम्मर
काठमाडौं । अन्तराष्ट्रिय टेक्नोलोजी समुह एण्ड्रीजले तेस्रो सेवाग्राही दिवस काठमाडौं स्थित होटल हयात रिजेन्सीमा मनाएको छ । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र नेपाल भारतका लागि आँस्ट्रियाको राजदुत महामान्यबिगेट ओपिगर ,वोल्चशोफरबाट संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा पुर्याएको योगदान र देखाएको प्रतिबद्धताकाे खुलेर प्रशंसा गरेका थिए । उक्त संस्थाका भारत, दक्षिण पूर्वी एसिया, आँस्ट्रेलिया तथा न्यूजिलेँड प्रान्तीय प्रमुख जोसेफ उम्मरले नेपालको जलविद्युत क्षेत्रको विकासमा अविछिन्न रुपले योगदान पुराउन पाएकोमा गौरवान्वित भएको बताउँदै आगामी दिनमा सोही बमोजिम निरन्तरता दिने बताएका थिए । सन् २०१७ देखि बिक्रि सेवामा योग्य समुह रहेको उक्त एण्ड्रीजले निर्माण गरेको मध्य मस्यौदी, कुलेखानी, चिलिमे जलविद्युत आयोजनाहरु एक दसक भन्दा लामो समय देखि निरन्तर रुपमा संचालन भईरहेका छन् । हाल संस्थाद्धारा जडान १४४ मेगावाट जलविद्युत यस अगाडी नै उत्पादन गरेको थियाे । हाल निर्माणाधिन २०० मेगावाट जलविद्युत मध्ये ७५ मेगावाटको आयोजना रहेको जानकारी दिएका छन् । गौरवका आयोजना माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमता, मध्य भोटेकोशी १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।