चितवनकाे प्रदर्शनी केन्द्र निर्माणकाे अन्तिम चरणमा, ४२ कराेड बढी लागत लाग्ने अनुमान 

काठमाडौं । प्रदेश नं. ३ काे सबै भन्दा ठूलाे  प्रदर्शनी केन्द्र चितवनमा निर्माण भइरहेको  छ । निर्माणाधिन उक्त प्रदर्शनी केन्द्र अन्तिम चरणमा पुगे छ । नेपाल सरकारको रु १५ करोड र निजी क्षेत्रको रु १५ करोड जुटाएर प्रदर्शनी केन्द्र निर्माण शुरू गरिएता पनि  निर्माण सम्पन्न गर्दा सम्म रु ४२ करोडभन्दा बढी खर्च हुने चितवन उद्योग सङ्घका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिएका छन् । उक्त प्रदेश सांसदले प्रदर्शनी केन्द्रले पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा टेवा पुर्याउने भएकाले प्रदेशका लागि गौरवको योजना भएको जनाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नु पर्ने बताएका छन् । प्रदेश नं. ३ को प्रदेशसभाको प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले आयोजना गरेको कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको प्रदर्शनी केन्द्रलाई सहयोग रहने जनाएका छन् । प्रदर्शनी केन्द्रका लागि बजेट विनियोजनको पहल गर्ने जानकारी दिँदै सम्भव नभए आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्ने भएकाे छ। प्रदेश सरकारले कार्यविधि निर्माण अन्तिम चरणमा रहेको भन्दै मन्त्री लामाले तीव्र रुपमा विकास निर्माणका काम हुने साथै दर्शनी केन्द्र सञ्चालनको विधिलाई वैज्ञानिक बनाउन समेत सुझाब दिएका छन् । प्रदर्शनी केन्द्र निर्माणमा बजेट अपुग भएपछि उद्योग सङ्घले प्रदेशबाट बजेट विनियोजनका लागि पहल गर्न छलफल गरिएको चितवन उद्योग सङ्घका अध्यक्ष दुवाडीले बताएका छन् । करीब दुई बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो केन्द्रको जग्गा सरकारले २९ वर्षका लागि भाडमा उपलब्ध गराएको छ ।  निर्माणाधीन उक्त केन्द्र आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको आयोजकले जानकारी दिएको छ । रासस

पाँच महिनामा ५२ आयोजनासँग विद्युत् खरीद सम्झौता, १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो दिन अर्थात् गत साउन १ गते आरती पावर कम्पनीले भोजपुरमा निर्माण गर्न लागेको १४ दशमलब ५० मेगावाट क्षमताको माथिल्लो इरखुवा जलविद्युत् आयोजनासँग सम्झौता गरेको थियो । वित्तीय व्यवस्थापन भई निर्माणका विभिन्न चरणमा रहेका आयोजनाको क्षमता दुई हजार ५०१ मेगावाट रहेको छन् । यस्तै वित्तीय व्यवस्थापन नभएका आयोजनाको क्षमता दुई हजार ५८१ मेगावाट रहेका छन् । हाल कूल ७६ आयोजनाबाट ५२० मेगावाट विद्युत् उत्पादन भएका छन् । प्राधिकरणको केन्द्रीय प्रणालीमा एक मेगावाटभन्दा माथिका ७४ आयोजनाबाट एक हजार तीन मेगावाट विद्युत् जोडिएको छ । यस्तै संखुवासभामा आयोजनास्थल रहेको १२ मेगावाट क्षमताको दूधकुण्ड खोला, एक दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो गडीगाड गरी कूल १६ आयोजनासँग सम्झौता गरेको छ । आर्थिक वर्ष २०८४/८५ सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २५० मेगावाटसम्म नदी प्रवाही प्रकृतिका आयोजनासँग सोही आधारमा सम्झौता हुनेछ । यस्तै चार हजार ५ सय मेगावाटसम्मका अर्धजलाशययुक्त प्रकृतिका आयोजनाको विद्युत खरीद सम्झौता समेत ‘टेक अर पे’ गरिने प्राधिकरणले जनाएको छ । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । प्राधिकरणका अनुसार गत असोजमा ११ जलविद्युत् आयोजनाको प्रवद्र्धकसँग सम्झौता हुँदा कात्तिकमा तीन आयोजनाको प्रवद्र्धकसँग मात्र त्यस्तो सम्झौता भएको थियो । पछिल्लो समयमा प्राधिकरणले विद्युत् खरीद सम्झौतामा पुनरावलोकनमा पाँच हजार २५० मेगावाट क्षमतासम्म नदी प्रवाही आयोजनाको सम्झौता हुने भएको छ । यस्तै थप ७० मेगावाट क्षमताका १२ आयोजनासँग निकट भविस्यमा नै सम्झौता गर्ने तयारी गरिएको छ । प्राधिकरणले पछिल्लो दिनमा अर्धजलाशय प्रकृतिका आयोजनासँग सम्झौता गर्ने तयारी गरेको छ । गत मङ्सिर २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् खरीद सम्झौता ‘टेक अर पे’ मा गर्ने निर्णय गरेको छ । यस्तै एक मेगावाट क्षमताभन्दा कमका १५ आयोजनाबाट ११ दशमलब २४ मेगावाट विद्युत् जोडिएका छन् । प्राधिकरणको प्रणालीमा प्राधिकरण आफ्नै पाँच हजार ५४५ मेगावाट घण्टा, निजी क्षेत्रको चार हजार ९६७ मेगावाट घण्टा र भारतबाट आठ हजार ८४३ मेगावाट घण्टा विद्युत् उपलब्ध हुँदै आएको छ । कूल माग भने १९ हजार ३५५ मेगावाट घण्टा रहेको छ ।  रासस

२ कराेडमा मध्यपुरथिमी र सूर्यविनायक जोड्ने हनुमन्ते खोलामा पुल बन्दै

काठमाडौं । मध्यपुरथिमी नगरपालिका थिमी र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्दै एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भइरहेको बताएका छन् । दुई करोड एक लाखको लागतमा निर्माण भइरहेको पुलको हाल ढलान भइरहेको र ढलानको मजबुद, निर्माण कार्यको अवस्था लगायतका कुरामा चासो व्यक्त गरेका जनाएका छन्र । मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमी नगरपालिका–४ का वडा अध्यक्ष कुमार श्रेष्ठ रहेका छन्र । कार्यक्रममा सभापति एवं सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापा लगायतको सहभागिता रहेको थियो । अध्यक्ष वचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट लगायतले पुलको अवलोकन गरेका हुन् । डिभिजन सडक कार्यालय भक्तपुरको रु छ करोड १० लाखको लागतमा निर्माण शुरु भएको हो । जनप्रतिनिधिले मध्यपुरथिमी नगरपालिकाको–४ र सूर्यविनायक नगरपालिकाका–३ बालकोट नयाँबस्ती जोड्न हनुमन्ते खोला निर्माण भइरहेको पुलको अनुगमन एवं अवलोकन गरेकाे छ । रासस