देशभरका १६ वटा पाँचतारे होटेलले गरे नवीकरण, डिलक्स पाँचतारे एउटा मात्रै
काठमाडौं । नेपालमा देशभरी सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटलले नवीकरण गरेका छन् । पर्यटन विभागका अनुसार पुस २६ गतेसम्म एउटा पाँचतारे डिलक्स र १६ वटा पाँचतारे होटेलले विवरण अद्यावधिक गरेका छन् । पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका डिलक्स पाँचतारे होटेलहरुमा काठमाडौंका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बारामा १/१ वटा पाँचतारे होटेल रहेका छन् । जसमध्ये झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि पाँचतारा डिलक्स होटेलको स्तरमा सञ्चालनमा रहेको विभागले जनाएको छ । नवीकरण भएका डिलक्स सहित १६ वटा पाँचतारे होटेलहरुमा दुई हजार तीन सय ४६ वटा कोठाहरु रहेका छन् । नेपालमा पछिल्लो समयमा पर्यटक आउने संख्यामा वृद्धि हुँदै गएको छ । सन् २०२३ मा विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा १० लाख भन्दा धेरै पर्यटक आएका थिए । पर्यटन क्षेत्रको सम्भावनालाई हेरेर दर्जनौ नयाँ पाँचतारे होटेलहरुको निर्माणमा पनि लगानीकर्ताहरुले लगानी गरिरहेका छन् । [pdf id=459205]
कुनै दिन बस चढ्ने पैसा नभएका अमित बने ३२ अर्बको कम्पनीका मालिक
काठमाडौं । धेरै मानिस असफलताको डरले नयाँ काम सुरु गर्दैनन् । कतिपय मानिस यस्ता हुन्छन् जो धेरैपटक असफल भएर पनि हार मान्दैनन् र सफलता नपाउन्जेल प्रयासरत रहन्छन् । यस्तै एक व्यवसायी अमित कुमात हुन्, स्न्याक्स उत्पादन गर्ने कम्पनी प्रताप स्न्याक्सका मालिक। जोसँग कुनै दिन १८ करोड रुपैयाँ ऋण थियो र बसमा यात्रा गर्ने पैसासमेत थिएन । यस्तो अवस्थामा पनि उनले हार मानेनन् र आज उनी ३२ अर्बको कम्पनीका मालिक छन् । प्रताप स्न्याक्सले चिप्स, नमकिनजस्ता खाजाहरू बनाउँछ । यसको प्रबन्ध निर्देशक (एमडी) र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित हुन् । अर्को विशाल कम्पनी हल्दिरामले पनि उनको कम्पनीको अधिकांश सेयर किन्न इच्छा देखाएको छ । इन्दोरको व्यापारिक परिवारमा जन्मेका अमित सन् १९९० को दशकमा अध्ययनका लागि अमेरिका गएका थिए । उनको दाल र भातसँग पापड खाने बानी थियो । तर, अमेरिकामा पापड नपाएपछि उनले चिप्स खान थाले । उनलाई चिप्स बनाउने आइडिया त्यहाँबाट नै फुरेको हो । पढाइ सकेर केही नयाँ र फरक गर्ने लक्ष्य लिएर उनी भारत फर्किए । सुरुमा अमितले जागिर खोजे, पाएनन् । जागिर नपाएपछि उनी बुबाको कपडाको व्यवसायमा लागे । जब उनको बुबाको व्यापार राम्रो हुन थाल्यो, उनले अर्को काम सुरु गर्ने योजना बनाए । सन् १९९६ देखि १९९९ सम्म उनले केमिकल डाई र एसएपी प्रशिक्षण संस्थान सुरु गरे। अमितको सबै व्यवसाय राम्रै चल्न थाले पनि केही व्यवसाय घाटामा जान थाल्यो । व्यवसाय सञ्चालन गर्न उनले ऋण लिएका थिए । क्रमशः कर्जाको रकम १८ करोडभन्दा बढी पुग्यो । एक समय उनीसँग बसमा यात्रा गर्ने पैसासमेत नभएकाे अमित बताउँछन् । कमजोर आर्थिक अवस्थाका कारण अमितले आफ्नो जेठो भाइ अपूर्व र साथी अरविन्द मेहतालाई आफ्नो स्न्याक्स बिजनेस आइडियामा लगानी गर्न राजी गरे । अरविन्द घरजग्गा कारोबार गर्थे र अमितको पार्टनर बन्न राजी भए । तीनै जना मिलेर सुरुमा चिजबल बनाएर इन्दोर र अन्य सहरमा बेच्न थाले । त्यसपछि तीनैजनाले इन्दोरमा चिप्स बनाउनका लागि ठूलो इकाइ स्थापना गरे र ठूलो मात्रामा चिप्स बनाउन थाले । छोटो समयमा उनीहरूले फ्रिटो लेजसँग प्रतिस्पर्धा गर्न थाले । कुरकुरेसँग प्रतिस्पर्धा गर्न उनको कम्पनीले बबली बनाउन र बेच्न थाल्यो । ग्लोबल भेन्चर कम्पनी सेकोइया क्यापिटलले कम्पनीमा लगानी गर्न हात बढाएको छ । तर, तीनै साझेदारले उनलाई तीन महिना पर्खन भने । १८ महिनापछि सेकोइया क्यापिटलले उनको कम्पनीमा ३ करोड लगानी गर्यो । त्यसपछि कम्पनीले पोटेटो रिंग्स, चिप्स र धेरै प्रकारका खाजा बेच्न थाल्यो । आज यो कम्पनीको मूल्य ३२ अर्ब ७२ करोड २२ लाख रुपैयाँबराबर छ । जसले आफ्नो उत्पादन स्वदेश तथा विदेशमा बिक्री गर्छ । एजेन्सी
विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार
काठमाडौं । मान्छे राजनीतिमा किन लाग्छ ? मेयर, सांसद, मन्त्री बन्न वा प्रधानमन्त्री बन्न ? झट्ट बुझ्दा सबैलाई त्यस्तै लाग्छ । किनकी जुनसुकै पार्टीमा लागेको भएपनि धेरै मानिसहरूको प्रतिस्पर्धा तिनै पदहरूको पछि हुन्छ । तर, साढे चार दशकदेखि अनवरतरूपमा राजनीतिमा सक्रिय भएर पनि अपवाद जस्तै पहिचान बनाउन सफल राजनीतिज्ञ हुन् विष्णु रिमाल । उनले त्यो पद चाहेका भए नपाउने पनि होइनन् । तर, उनले पदभन्दा परिश्रमलाई सर्वोपरि ठाने । अहिले नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवको भूमिकामा रहेका रिमाल एउटा सफल योजनाकार, सल्लाहकार र ‘किङ मेकर’को भूमिकामा छन् भन्दा अत्युक्ति नहोला । त्योभन्दा बढी उनी पार्टीभित्रका एक अब्बल व्यवस्थापक हुन् । किनकी उनले विशाल संगठनात्मक अभ्यास गर्दै आएको पार्टी एमालेमा रहेर ०४६ सालदेखि व्यवस्थापक, सृजनशील सल्लाहकार र योजनाकारको भूमिका नर्वाह गर्दै आए । तर, यो अवधिमा उनी संविधान लेख्ने प्रकृयामा एकपटक संविधान सभाको सदस्य बाहेक सांसद/मन्त्रीको जिम्मेवारी लिएनन् । तर, पार्टीभित्र एक बलियो संरचना निर्माण गर्न उनी हरबखत लागिरहे । आफ्नै सुझबुझबाट वि.सं २०३५ सालदेखि तत्कालीन मालेमा जोडिएका नेता रिमाल वि.सं २०४५ सालदेखि एमालेको शिर्ष नेतृत्व स्व.मदन भण्डारी, माधवकुमार नेपाल हुँदै केपी शर्मा ओलीसम्म नजिक रहेर काम गरे । वि.सं २०४४ सालदेखि मदन भण्डारीसँग काम गरेपनि २०४६ सालपछि मात्रै अलि बाक्लो र विशेषरूपमा जाोडिएर काम गर्ने अवसर पाएको उनी सुनाउँछन् । ‘मेरो डेरामा उहाँ (मदन भण्डारी) आइरहनुहुन्थ्यो, म पनि उहाँको घरमा गइरहन्थें, त्यसपछि पार्टीको नेतृत्व गरेका माधव नेपाल, झलनाथ खनाल र अहिले नेतृत्व गरिरहेका केपी शर्मा ओलीसँग पनि नजिकसँग रहेर काम गरेँ,’ उनी भन्छन्, ‘मैले नेतृत्वले विश्वास गर्ने किसिमले काम गर्छु, जे गर्छु, सतप्रतिशत परिणाम दिन्छु ।’ पार्टी नेतृत्वको नजिक मात्रै नभएर संगठित रूपमा तल्लो समितिदेखि निरन्तर रूपमा पार्टीको केन्द्रीय समितिको महत्वपूर्ण जिम्मेवारीमा रहेर उनले काम गरिरहेका छन् । उनका अनुसार जिफन्टको नेतृत्व बाहेक पार्टीको सामाजिक विभागमा मात्रै उनले १० वर्ष र विदेश विभागमा १० वर्ष काम गरे । उनले आफूले पाएको जिम्मेवारी बढी सृजनशील भएर पुरा गर्ने बताउँछन् । केपी ओली प्रधानमन्त्री हुँदा रिमाल राजनीतिक सल्लाहकार थिए । ओलीले पार्टीमा सबैभन्दा बढी विश्वास गरेकै कारण उनी सल्लाहकार बन्न सफल भए । त्यसलाई उनी आफ्नो सफलताको रूपमा लिन्छन् । पार्टीका हजारौं नेता र लाखौं कार्यकर्ताकाबीच ओलीले रिमाललाई छनोट गर्नुमा उनको खुबी र क्षमताको कारण नै हो । प्रधानमन्त्रीको सल्लाहकार बनेपछि आफूलाई थप परिस्कुत र निखारता ल्याउन मद्दत पुगेको रिमाल बताउँछन् । ‘मन्त्रिपरिषदमा के एजेन्डा जाँदैछ भन्ने विषय मलाई थाहा हुन्थ्यो, मैले कुन विषयलाई लिने र कुनलाई नलिने भन्ने सल्लाह पनि दिन्थेँ, सल्लाह बमोजिम उहाँले बैठकमा प्रस्तुत गर्नुहन्थ्यो,’ उनी भन्छन्, ‘मैले ओलीलाई आलोचित बनाउने काम गरिनँ, बरू मेरो कामले पार्टी र देशलाई धेरै सहयोग पुगेको मेरो विश्वास छ ।’ ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री र मन्त्रीबीचमा र मन्त्री र सचिव बीचमा कार्यसम्पादन मूल्यांकन सुरु गरिएको थियो । त्यो विषयको उठान उनै रिमालले गरेका हुन् । ‘एउटा सानो कम्पनीमा त तपाईंले टीओआर दिनुहुन्छ, आवधिक मूल्यांकन गर्नु हुन्छ, परिणाम आएपछि तलब बढाउने कि निकाल्ने भन्ने विषय आउँछ, प्रधानमन्त्री पनि राज्यको सीईओ हो, मन्त्री भनेको सीईओ मातहतका कार्यकारी हुन्, ती कार्यकारीको काम भाषण गर्ने र रिबन काट्ने मात्रै काम भयो भने देश बन्दैन,’ उनी भन्छन्, ‘त्यसैले पनि टीओआर आवश्यक थियो ।’ हेडक्वाटरका प्यारा नेकपा एमाले पार्टीभित्रको व्यवस्थापन र पार्टीको प्रचारप्रसारमा सधैं पर्दा पछाडि रहेर परिश्रम गर्न विष्णु रुचाउँछन् । प्रदेश र संसदीय निर्वाचनताका भएको चुनावी प्रचारप्रसारमा उनको भुमिका महत्वपूर्ण रह्यो । त्यो अभियानको नेतृत्व उनै रिमालले गरेका थिए । प्रचारप्रसारको समयमा नयाँ रूप र नयाँपन दिन उनले धेरै मिहिनेत गर्नु प¥यो । त्यसले पनि पार्टीलाई एक किसिमको सफलता मिलेको उनको बुझाइ छ । उनी हेडक्वाटरको विश्वासिलो पात्रका रूपमा रहनुमा उनको सिर्जनशीलता पनि हो । पार्टी सामूहिक संस्कार र अभ्यासबाट अगाडि बढ्ने भएपनि पार्टीको केन्द्रीय व्यवस्थापन र प्रचारमा उनको विशेष भूमिका देखिन्छ । नेतृत्व सफल बनाउन र चुनावमा पार्टीलाई थप स्थापित गर्न उनले प्रशंसनीय काम गर्दै आएका छन् । ‘मैले पाएको जिम्मेवारी सकेसम्म सृर्जनशील बनाउने प्रयास गर्छु, धेरै समय त्यो विषयमा अध्ययन गर्छु, आफूले काम गर्ने तौरतरिका बताउँदै उनी भन्छन्, ‘आफ्नो तर्फबाट सतप्रतिशत दिएपछि नेतृत्व पनि सफल, पार्टीले पनि एउटा उचाइ प्राप्त गर्छ ।’ ‘काम गर्दा अरुभन्दा फरक हुनुपर्छ, मालेमा हुँदा पनि धेरै सृजनात्मक काम भएका छन्, त्यतिखेरका प्रकाशनको लेआउट र अक्षरहरू अहिले पनि आकर्षक देखिन्छन्, अहिले पनि पार्टीको प्रचारप्रसार सामग्री तयार गर्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेको छु, चुनावी पोस्टर हेर्नुभयो भने अरूको भन्दा पृथक हुन्छ, सबैले मन पराउनु हुन्छ,’ उनले भने । पार्टीले दिएको जिम्मेवारी सृर्जनात्मक ढंगले पूरा गर्ने क्षमता प्रदर्शन गरेकाले पनि निरन्तर हेडक्वाटरको विश्वासमा रहन पुगेको उनी बताउँछन् । ‘मदन भण्डारी महासचिव हुँदा सिराहामा गरेको चौथो महाधिवेशनमा म फुच्चे केटो थिएँ, त्यतिखेर पनि मलाई व्यवस्थापनको जिम्मेवारी दिइएको थियो, त्यो महाधिवेशनदेखि दशौं महाधिवेशनको व्यवस्थापनमा म जोडिँदै आएको छु, मेरो ट्रयाक त्यो हिसाबले विकास हुँदै गयो, नेतृत्वले प्रश्न उठाउने काम मैले अहिलेसम्म गरेको छैन,’ उनी भन्छन् । उनी आफूले नेतृत्वलाई विश्वास दिलाउन सक्दा सधैं नेतृत्वसँगै जोडिएको बताउँछन् । उनले पार्टीलाई पनि धेरै समय दिन्छन् । देखेका खराबी सुधार गर्दै लैजाँदा आफू पनि नेता बनेको उनको अनुभव छ । एक दशकसम्म पार्टीको सदस्यता समेत नलिइकन काम गरेका रिमालले वि.सं २०४४ सालमा मात्रै पार्टीको सदस्यता लिएका हुन् । रिमाल पढेलेखेको मान्छे । पत्रपत्रिकामा आएका विभिन्न अंग्रेजी कन्टेन्टहरूलाई उनले नेपालीकरण गरेर नेताहरूलाई बुझाउने काम पनि गरे । ‘अहिले पो इन्टरनेट छ, त्यो बेला पत्रिका नै पढ्ने हो, पत्रिका पनि किन्न सक्ने अवस्था थिएन, ब्रिटिस पुस्तकालय र अमेरिकन पुस्तकालयमा पढ्न जानुपथ्र्याे’, उनी विगत स्मरण गर्दै भन्छन्, ‘त्यहाँ अंग्रेजीमा पढेको कुरा नेताहरूलाई नेपालीमा बुझाउनु पथ्र्यो ।’ त्यसले पनि नेतृत्वसँग उनको सम्बन्ध थप प्रगाढ बन्दै गएको उनी सुनाउँछन् । उनको राजनीतिक जीवनको सुुरुवात भने २०३५ सालबाट भएको हो । उनी आफ्नो सामूहिक विचार शैलीका कारण कम्युनिष्ट पार्टीमा लागेको र जोडिँदै जाँदा नेता बन्ने स्थितिमा आइपुगेको बताउँछन् । उनी एउटा व्यवस्थापकले व्यक्तिगत स्वार्थ त्यागेर संस्था र संगठनको हितमा काम गर्नु पर्ने बताउँछन् । ‘जब व्यवस्थापकले व्यक्तिगत स्वार्थ हेर्छ, उसलाई नेतृत्वले पनि विश्वास गर्दैन, ऊ असफल हुन्छ, त्यसले गर्दा उनको भविश्य नै डामाडोल हुन्छ । तर, जब संस्थालाई सर्वोपरि ठानेर काम गरिन्छ, उप्रतिको विश्वास संगठनको सबैले गर्छन्,’ उनी भन्छन्, ‘त्यसपछि व्यवस्थापकले एक किसिमको उचाइ प्राप्त गर्छ ।’ विष्णुको रूम नेताको ‘सेल्टर’ नेता रिमाल एक अब्बल व्यवस्थापक मात्रै होइनन्, एक विश्वासिला क्याडर पनि हुन् । नेताहरूको उनीप्रतिको विश्वास उनले पार्टीमा लागेदेखि निराश हुन दिएका छैनन् । काठमाडौंमा रहेर इन्जिनियरिङ पढ्दै गर्दा सुरुमा उनको कोठालाई माक्र्सवादी पार्टीका नेताहरूले सुरक्षित ‘सेल्टर’को रूपमा प्रयोग गरे । त्यतिबेला उनलाई अर्धभूमिगत भूमिका निर्वाह गर्न नेतृत्वले आग्रह ग¥यो । वि.सं २०३५ सालदेखि ०४६ सालसम्म रिमालका कोठा पार्टीको नेतृत्वको लागि सेल्टरको रुपमा प्रयोग भए । ‘मलाई धेरै खुला नहुन र मेरो कोठालाई सेल्टरको रूपमा प्रयोग गर्न थालियो, नेताहरूको लागि मेरो कोठा सुरक्षित भयो, त्यो बेला मैले जहाँ–जहाँ कोठा सारेँ, त्यो कोठा पार्टीका नेताहरूको सेल्टर बन्यो,’ उनले विगत सम्झिँदै भने । इन्जिनियरिङ पढेको र प्राविधिकरूपमा पनि क्षमतावान भएकाले सूचना आदान प्रदान र विश्लेषणको लागि पनि नेतृत्वले रिमाललाई रोज्न थाल्यो । अंग्रेजी पत्रिकाहरू पढ्ने र त्यसको विश्लेषण गर्ने काम उनले त्यतिबेला पनि गर्थे । त्यसैले पनि नेताहरूको पहिलो रोजाइ उनी नै बने । पञ्चायतमा कम्युनिष्ट वा काँग्रेसमा जोडिएका धेरै राजनीतिकर्मी भूमिगत हुने चलन थियो । तर, रिमाल भने बाबुआमाको एक्लो छोरा भएकाले भूमिगत हुन तयार भएनन् । ‘म घरको एक्लो छोरा, बुबाआमा स्वस्थ हुनुहुन्थेन, त्यसैले पनि अर्धभूमिगत रहेर काम गरेँ, नेताहरूबीचको कुरा आदान प्रदान गर्ने काम पनि गरेँ,’ उनले भने । ट्रेड युनियनमा काम गर्ने विषय पनि तत्कालीन समयमा जोखिमपूर्ण नै हुन्थ्यो । किनकी राज्यले राजनीतिक संगठनका भातृसंगठनमाथि पनि नियाल्ने काम गरिरहन्थ्यो । तर, उनले एउटा जोखिम उठाएर काम गरेको सुनाउँछन् । उचाइमा पुग्यो जिफन्ट नेकपा एमालेले वि.सं २०४६ सालको साउन ५ गते मजदुरहरूको ट्रेड युनियन ‘जिफन्ट’ बनायो । जसको संस्थापक महासचिवको जिम्मेवारी उनै रिमालले पाए । हेटौंडाको साबुन उद्योगमा काम गर्ने ललित बस्नेत अध्यक्ष बने । पार्टीको मजदुर संगठन निर्माणदेखि नै सिर्जनात्मक विचार कार्यान्वयन गर्ने प्रयास रिमालले गरिरहे । संगठनलाई स्थापित गर्न विभिन्न सिर्जनशील औजारहरू प्रयोग गरे । ‘हामीले आन्दोलनमा पनि केही नवीनता दिने कोसिस ग¥यौं, ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि प्रस्ताव ग¥यौं, एक रुपैयाँ बढे पनि तलब बढ्नु प¥यो भन्नेजस्ता मागहरू राख्यौं,’ उनी थप्छन्, ‘त्यसपछि त्यो आन्दोलनले एउटा उचाइ लियो ।’ पार्टीकै नेता तथा कार्यकर्ताहरूको परम्परागत बुझाइसँग समेत लड्दै ट्रेड युनियनमा मजदुरहरूको आकर्षण बढाउन सफल भएको उनको धारणा छ । ‘बहुदल आइसकेपछि काठमाडौंको टुँँडिखेलमा भव्य समारोह गरेर ‘मे दिवस’ मनायौं, एक लाख बढी मजदुर जम्मा भए, दिवसमा सबै मजदुरले ‘टाई’ लगाउने नयाँ अभ्यासको सुरुवात ग¥यौं,’ उनी आफ्नो सृर्जनशिलतालाई थप प्रस्तुत गर्दै भन्छन्, ‘समाजवाद भनेको आज नाङ्गो जिउ हिँड्नु परेको छ भने भोलि सुट लगाएर हिड्न सक्ने बनाउने हो ।’ जनसंगठनको क्षेत्रमा सबै राजनीतिक दलले भन्दा पहिला घर किनेर जिफन्ट व्यवस्थित भएको उनको अनुभव छ । जिफन्टले अपनाएको कार्यशैली र लिएको कार्यक्रमले दक्षिण एसियामा नै मजदुर आन्दोलनको परिभाषामा बद्लाव ल्याइदिएको उनको भनाइ छ । आफ्नै सक्रियतामा संगठनमा ‘एकेडेमिक नलेज’को सुभारम्भ भएको उनले बताएका छन् । जिफन्टले संगठन सञ्चालन गर्ने, आम्दानी गर्ने र प्रचार गर्ने शैली पार्टीको लागि समेत सिक्न लायक बनेको उनको दाबी छ । रिमालका अनुसार दक्षिण कोरियामा सबैभन्दा पहिले प्रवासी नेपालीहरुलाई समेट्ने काम जिफन्टले सुरु ग¥यो । कतारमा वल्र्डकप भएको बेलामा जिफन्टले अल्टरनेट मेडल समेत प्राप्त गरेको थियो । औद्योगिक उत्पादनहरूजस्तै राजनीतिको प्रभाव जनतासम्म विस्तार गर्नका लागि प्रचार सामग्री र प्रचार शैली अवश्य पनि आकर्षक र जनताको रुचिसँग जोडिएको हुनुपर्छ । पार्टीले उत्पादन गर्ने प्रकाशन र चुनाव सामग्रीलाई आकर्षक डिजाइन दिन आफूले भूमिका खेलेको उनको भनाइ छ । ती सामग्रीहरू कसरी आकर्षक बनाउन सकिन्छ भन्नेमा रिमालले धेरै समय लगाएर मिहिनेत गर्ने गर्छन् । ‘इग्नोर’ प्रवास, जेलमा बास वि.सं २०१९ सालमा नुवाकोटको विदुर नगरपालिकामा जन्मिएका रिमालले एसएलसी सम्मको पढाइ गाउँमै पुरा गरे । थप पढाइका लागि उनी काठमाडौं आए । उनले इन्जिनियरिङ पढे । इन्जिनियरिङ अध्ययन कै लागि रसिया जाने अवसर उनले प्राप्त गरेका थिए । तर, आफू नेपालमै पढेको उनी सुनाउँछन् । ‘त्यखिेर छात्रवृत्तिमा रसियामा पढ्नका लागि मलाई अवसर आएको थियो । तर, मैले स्वदेशमै पढ्ने निर्णय गरेँ, सँगैका साथीहरू पढ्न गए, कतिपय नेपाल फर्किए, केही उतै सेटल पनि भए,’ उनी भन्छन्, ‘यदि म पनि छात्रवृत्तिमै पढ्न गएको भए राजनीतिमा हुन्थिनकी ।’ उनले नेपालमै इन्जिनियर पढे । इन्जिनियरिङ पास गरेपछि शंकरदेव कलेजमा एमबीएमा भर्ना गरे । शंकरदेव कलेजको राजनीतिक माहोलले उनलाई राजनीतिमा थप आकर्षित बनायो । पेसागत रुपमा पञ्चायत कालमा स्थानीय विकास मन्त्रालय अन्तर्गतको धादिङ जिल्लामा खोनपानी र सिचाइँ क्षेत्रमा काम गरे । उनले ६ वर्षसम्म अर्थात् २०४० देखि ०४६ सम्म पुल्चोक क्याम्पसमा सर्वे र स्टिमेट विषय पढाए । उनी एउटा अब्बल लेक्चरर पनि हुन् । उनी त्यसअघि तत्कालीन माक्सवादी पार्टीमा आंशिकरूपमा मात्रै जोडिएका थिए । ०४६ सालको आन्दोलनमा उनी अग्रमोर्चामा परे । सोही समयमा उनी पक्राउ परेर जेल परे । जेलबाट छुटेपछि जागिर छोडेर पूर्णरूपमा राजनीतिमा लागेको रिमाल सुनाउँछन् । उनले राजनीतिक संगठनमै हुँदा विवाह गरे । अहिले उनका एक छोरा र एक छोरी छिन् । छोरा बेलायतको लिड्स ब्याकेट विश्व विद्यालयबाट स्नातकोत्तर गरिरहेका छन् भने छोरीले स्नातक तहमा क्लिनिकल साइकोलोजी पढ्दैछिन् । उनको श्रीमती नेपाल टेलिकममा अधिकृतको रूपमा कार्यरत छिन् । उनीहरू अहिले काठमाडौंको शान्तिनगरमा बस्छन् । (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’ शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’