देशभरका १६ वटा पाँचतारे होटेलले गरे नवीकरण, डिलक्स पाँचतारे एउटा मात्रै

<p>काठमाडौं । नेपालमा देशभरी सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटलले नवीकरण गरेका छन् । पर्यटन विभागका अनुसार पुस २६ गतेसम्म एउटा पाँचतारे डिलक्स र १६ वटा पाँचतारे होटेलले विवरण अद्यावधिक गरेका छन् । पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका डिलक्स पाँचतारे होटेलहरुमा काठमाडौंका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बारामा १/१ वटा [&hellip;]</p>

काठमाडौं । नेपालमा देशभरी सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटलले नवीकरण गरेका छन् । पर्यटन विभागका अनुसार पुस २६ गतेसम्म एउटा पाँचतारे डिलक्स र १६ वटा पाँचतारे होटेलले विवरण अद्यावधिक गरेका छन् ।

पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका डिलक्स पाँचतारे होटेलहरुमा काठमाडौंका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बारामा १/१ वटा पाँचतारे होटेल रहेका छन् । जसमध्ये झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि पाँचतारा डिलक्स होटेलको स्तरमा सञ्चालनमा रहेको विभागले जनाएको छ । नवीकरण भएका डिलक्स सहित १६ वटा पाँचतारे होटेलहरुमा दुई हजार तीन सय ४६ वटा कोठाहरु रहेका छन् ।

नेपालमा पछिल्लो समयमा पर्यटक आउने संख्यामा वृद्धि हुँदै गएको छ । सन् २०२३ मा विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा १० लाख भन्दा धेरै पर्यटक आएका थिए । पर्यटन क्षेत्रको सम्भावनालाई हेरेर दर्जनौ नयाँ पाँचतारे होटेलहरुको निर्माणमा पनि लगानीकर्ताहरुले लगानी गरिरहेका छन् ।

[pdf id=459205]

Share News