१२ बैंकको वितरणयोग्य नाफा १७ अर्ब ऋणात्मक

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्म वितरणयोग्य नाफा १२ वाणिज्य बैंकको ऋणात्मक छ भने ७ बैंकको घटेको छ । पुस मसान्तसम्म १२ वाणिज्य बैंकको वितरणयोग्य नाफा करिब १७ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्म वितरणयोग्य नाफा १२ वाणिज्य बैंकको ऋणात्मक छ भने ७ बैंकको घटेको छ ।

पुस मसान्तसम्म १२ वाणिज्य बैंकको वितरणयोग्य नाफा करिब १७ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा १२ वाणिज्य बैंकको १६ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यस अवधिमा हिमालयनको ४ अर्ब ५२ करोड रुपैयाँ, कुमारीको ३ अर्ब ७७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब ८६ करोड रुपैयाँ, एनएमबि बैंकको ९९ करोड ४८ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

यस्तै, लक्ष्मी सनराइज बैंकको ८१ करोड १८ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५९ करोड २२ लाख रुपैयाँ, नेपाल बैंकको ५६ करोड ९० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २४ करोड ६९ लाख रुपैयाँ, सिटिजन्स बैंकको २१ करोड ३० लाख रुपैयाँ र सिद्धार्थ बैंकको ५ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा प्राइम बैंकको १ हजार ४६२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको ६ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

यस अवधिमा राष्ट्रिय वाणिज्य, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र नबिल बैंकको वितरणयोग्य नाफा धनात्मक भएपनि गत वर्षको तुलनामा ४३.६१ प्रतिशत घटेको छ । यी बैंकहरूको पुस मसान्तसम्म ६ अर्ब ९९ करोड रुपैयाँ वितरणयोग्या नाफा रहेको छ । गत वर्षको सोही अवधिमा १२ अर्ब ४० करोड रुपैयाँ वितरणयोग्य नाफा थियो ।

राष्ट्रिय वाणिज्य बैंकको ७८.३७ प्रतिशत घटेर ४० करोड ६२ लाख रुपैयाँ, कृषि विकास बैंकको ७१.१८ प्रतिशत घटेर ७५ करोड २१ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ५९.१६ प्रतिशत घटेर ४९ करोड ५५ लाख रुपैयाँ, सानिमा बैंकको ३२.४० प्रतिशत घटेर ६५ करोड १४ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३१.०५ प्रतिशत घटेर १ अर्ब १३ करोड १७ लाख रुपैयाँ, एभरेष्टको १५.५२ प्रतिशत घटेर २ अर्ब ४० करोड ४९ लाख रुपैयाँ र नबिलको १२.६२ प्रतिशत घटेर १ अर्ब ८ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

Share News